काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह केहिदिन पछि पूजाअर्चनाका लागि गोरखा जाँदै छन् ।
उनका सम्वाद सचिव डा. फणिराज पाठकका अनुसार शाह यसै हप्ता गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा पूजा गर्न जान लागेका हुन् ।
गोरखनाथको शाहवंशीय राजाहरूको राजपाठ सञ्चालनमा विशेष सम्बन्ध रहेको पाइन्छ । उनकै आशिर्वादले तत्कालीन राजाहरुले युद्ध जितेको बताइन्छ ।
प्रतिकृया लेख्नुहोस्: