काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग कोरियाली लगानी मूल्याङ्कन टोलीले भेटघाट गरेको छ ।
भेटका क्रममा मन्त्री भण्डारीले नेपालमा लगानीको उपयुक्त वातावरण बनेकाले लगानी गरेर रोजगारको सृजनासहित मुनाफा आर्जन गर्न आग्रह गरेका थिए । उनले नेपाल र गणतन्त्र कोरियाबिचको सम्बन्ध पछिल्ला वर्षहरूमा थप प्रगाढ र सुमधुर बन्दै गएको बताए । “सन् १९७४ मा नेपाल र गणतन्त्र कोरियाबिच कूटनैतिक सम्बन्ध स्थापना भएयता दुई देशबिचको सम्बन्ध धेरै घनिष्ठ एवम् मैत्रीपूर्ण रूपमा अगाडि बढिरहेको छ । हाम्रा दुई देशबिच एवम् जनस्तरमा मित्रता, समझदारी र आपसी सहयोगको निरन्तर अभिवृद्धि भइरहेको छ,” उनले भने, “नेपालको सामाजिक तथा आर्थिक विकासका लागि कोरिया महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा रहेको छ । नेपालमा कृषि, उद्योग, पर्यटन, निर्यात प्रवद्र्धन र जलविद्युत विकासको लागि कोरियन अनुभव, ज्ञान, सीप र प्रविधिबाट लाभान्वित हुन चाहन्छौँ ।”
कोरियाली कम्पनीहरू स्यामसङ इलेकट्रोनिक्स र हुन्डाई मोटर्सले नेपालमा एसेम्बलिङ्ग प्लान्ट स्थापना गरी क्रमशः टिभी सेट र कार उत्पादन गरिरहेको स्मरण गरेका छन । उद्योग र व्यापारका क्षेत्रमा समेत नेपाल र कोरियाबिचको सम्बन्ध बढ्दै गएको उनको भनाइ थियो ।
मन्त्री भण्डारीले कोरिया नेपालमा वैदेशिक लगानीको एक प्रमुख स्रोत मुलुक रहेको बताए । “गत वर्षको व्यापार तथ्याङ्क हेर्दा कोरियाबाट नेपालमा करिब ८ अर्ब ७० करोडको वस्तु आयात भएको देखिन्छ भने नेपालबाट कोरियामा करिब ३३ करोड ५० लाखको मात्र निर्यात भएको छ । यसले कोरियासँग नेपालको व्यापार असन्तुलन रहेको देखाउनुका साथै आगामी समयमा दुई देशबिच थप सहकार्यको अवसर सृजना गरेको छ,” उनले भने ।
नेपाल र दक्षिण कोरियाबिच कूटनीतिक सम्बन्धको ५० औँ वार्षिकोत्सवको अवसरमा डिसेम्बर २०२४ मा द्विपक्षीय व्यापार तथा लगानीलाई अभिवृद्धि गर्न व्यापार तथा लगानी प्रवद्र्धन फ्रेम वर्क स्थापना गर्ने सम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर गरिएको छ, जुन एक ऐतिहासिक सम्झौता भएको मन्त्री भण्डारीको दावी रहेको छ ।
मन्त्री भण्डारीले वर्तमान सरकार विदेशी लगानीकर्ताहरूको लागि नीतिगत स्थिरता र सुरक्षा प्रदान गर्न समर्पित रहेको बताए । वैदेशिक व्यवसायको वृद्धिलाई समर्थन गर्ने स्थिर नीतिगत ढाँचा कायम राख्न प्रतिबद्ध रहेको उनको भनाइ छ । कोरियाली व्यवसायहरूलाई नेपालमा लगानी साझेदारी अन्वेषण गर्न आमन्त्रण गरे । उनले जलविद्युत, उत्पादन र पर्यटन जस्ता क्षेत्रहरूमा सहकार्यको अपार सम्भावना रहेको उनले बताए ।
कोरियाली प्रतिनिधिमण्डलले नेपालमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अहिलेलाई कोसी प्रदेशमा कृषि क्रान्तिबाट सुरु गरेर प्रविधिमा समेत निपुण बनाउने प्रतिबद्धता व्यक्त गरे । प्रतिनिधिमण्डलमा १ कोरियाका विभिन्न क्षेत्रका १ दर्जन बढी व्यक्तिहरू सहभागी थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - २०:१७
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...
मंसिर २९ गते, २०८२ - २०:१४
जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...
मंसिर २९ गते, २०८२ - २०:१०
काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...
मंसिर २९ गते, २०८२ - २०:०५
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...
मंसिर २९ गते, २०८२ - २०:०१
काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...
मंसिर २९ गते, २०८२ - १९:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...




प्रतिकृया लेख्नुहोस्: