धनकुटा । धनकुटामा रहेका जम्मा छ वटा क्याम्पसमध्ये चार वटा क्याम्पसमा विद्यार्थी संगठनले सर्वसम्मत रुपमा स्ववियुको नेतृत्व चयन गरेका छन् । मंगलबार सम्पन्न भएको धनकुटा बहुमुखी क्याम्पस, हिले क्याम्पस र जाल्पादेवि क्याम्पस पाख्रिवासमा अनेरास्ववियु र जितपुर क्याम्पस नेपाल विद्यार्थीको नेतृत्वमा सर्वसम्मत चयन भएको हो ।
धनकुटा बहुमुखी क्याम्पस युवा तिम्सिनाको सभापतिमा १९ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत निर्वाचित भएको छ । यस्तै उपसभापतिमा सुवास अनाल, सचिवमा मिलन बुढाथोकी, सहसचिवमा विपिन राज थापा र कोषध्यक्षमा रञ्जन कार्की छन् । यस्तै हिले क्याम्पसमा सभापतिमा विशाल तामाङ, उपसभापतिमा हेमबहादुर कार्की, सचिवमा विना विश्वकर्मा, सहसचिवमा सन्तोषीकुमारी श्रेष्ठ र कोषध्यक्ष कङन तामाङ निर्वाचित भएका छन् ।
यस्तै जाल्पादेवि क्याम्पसको पाख्रीवासको स्ववियु सभापतिमा चेतराज पौडेल, उपसभापतिमा दिपेश गौतम, सचिवमा निरुता कटुवाल, सहसचिवमा सुस्मिता राई र कोषाध्यक्षमा झर्ना राई सर्वसम्मत चयन भएका छन् ।
यस्तै महालक्ष्मी नगरपालिकाको जितपुर क्याम्पसको स्ववियु सभापतिमा निरुता खड्का, उपसभापतिमा यमुनापुलामी मगर, सचिव नविन बराल, सहसचिवमा सरिता श्रेष्ठ र कोषध्यक्षमा सन्जय बानियाँ निर्वाचित भएका छन् । यस्तै तल्लो गोकुण्डेश्वर मावि र भाषा माविमा भने आन्तरिक समस्याका कारण नेतृत्व चयन हुन बाँकी छ ।
प्रतिकृया लेख्नुहोस्: