Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८२ बुधबार | 23rd April, 2025 Wed
Investment bank

मकवानपुरगढीमा आगलागीबाट १० लाख बढीको क्षति

खबरडबली संवाददाता

मकवानपुर । मकवानपुरको मकवानपुगढी गाउँपालिका वडा नम्बर २ बाँसपानीमा स्थानीयको घरमा लागेको आगोबाट झण्डै १० लाख रुपैयाँ बढीको धनमाल क्षति भएको छ । मकवानपुर प्रहरीका अनुसार स्थानीय कृष्णबहादुर दर्लामी मगरको घरमा मंगलबार दिउँसो आगलागी भएको हो ।

आगलागीबाट १५ मुरी धान, एक बोरा चामल, चार बोरा आलु, सुनको तिलहरी, झुम्का, हातको बाला, बच्चाको कल्ली बालासमेत गरी पाँच तोला सुन, लत्ताकपडा र भाँडावर्तन गरी १० लाख बढीको क्षति भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

घरधनी दर्लामीका अनुसार घरमा खोले पकाउन बालेको आगोबाट आगलागी भएको प्रहरी प्रवक्ता अर्यालले बनाए । दर्लामीको जस्ताको छाना भएको ढुंगामाटोले बनेको दुईतल्ले कच्ची घरमा आगलागी भएको हो । आगलागीबाट उनको घर जलेर पूर्ण रुपमा क्षति भएको छ ।

आगलागीको खबर पाउनासाथ ईलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीको नेतृत्वमा गएको प्रहरी टोलीले स्थानीयको सहयोगमा आगो निभाए पनि घर पूर्ण रुपमा जलेको छ । आगलागीमा परी मानवीय र चौपाया क्षती भने नभएको प्रवक्ता अर्यालले जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिराहामा पूर्ववडाध्यक्ष किर्ते जालसाजीमा पक्राउ

सिराहा । विद्यालय भवन निर्माण नै नगरी मिलेमतोमा निर्माण सम्पन्न भएको किर्ते सिफारिसमा पालिकाबाट रकम भुक्तानी लिएको घटनामा भ्रष्टाचारी ठहर भई कैद सजाय ...

एनसेल डेटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सूचिकृत

काठमाडौं । एनसेल डेटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सूचिकृत हुने पहिलो नेपाली कम्पनी बनेको छ । सूचना प्रविधि विभागले आइतबार एनसेललाई डेटा सेन्ट...

चुनढुङ्गा बोक्ने टिप्परका लागि वैकल्पिक मार्ग निर्माण हुँदै

दाङ । दाङमा सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिप्पर सञ्चालनका लागि निर्माणाधीन वैकल्पिक मार्गको करिव ७५ प्रतिशत काम सकिएको छ । वैकल्पिक मार्ग नि...

२२५ बोतल लागुऔषधसहित सुमो चालक पक्राउ

मकवानपुरगढी । मकवानपुर प्रहरीले २२५ बोतल लागुऔषध अनरेक्ससहित सुमो र चालकलाई नियन्त्रणमा लिएको छ । मंगबार बिहान अन्दाजी ६:५ बजेको समयमा प्रहरी चौकी ...

कैलालीका किसानमा चैतेधानको आकर्षण बढ्दै

कैलाली । कैलालीको भजनी नगरपालिकाका कृष्ण चौधरी विगत पाँच वर्षदेखि चैते धानखेती गर्दै आएका छन् । पाँच कट्ठा क्षेत्रफलबाट सुरु गरेको चैतेधान अहिले तीन ब...

करेन्टबाट आगलागीमा परी मृत्यु भएकाको शव आफन्तलाई

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा सडक खण्डमा लत्रिएको विद्युतको तारका कारण करेन्ट प्रवाह भई सवारी साधनमा भएको आगलागी घटनामा परी मृत्यु भएका चार जनाको शव...

स्याङ्जाकाे आँधीखोला किनारमा पुरुष मृत फेला

स्याङ्जा । भीरकोट नगरपालका वडा नं.–१ मा आँधीखोला किनारमा  एक जना पुरुष मृत भेटिएका छन् ।  स्थनीय ६० वर्षीय तेजबहादुर भाट क्षेत्री आँधीखोला कनारमा म...

स्कार्पियोको ठक्करबाट एक जनाको मृत्यु

काभ्रे । काभ्रेको मण्डनदेउपुर-३ मा स्कार्पियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । स्कर्पियोको ठक्करबाट मण्डनदेउपुर–३ अदुवावारीमा गोथे विकको मृत्यु भएक...

स्तरवृद्धि गर्न राप्ती राजमार्ग दैनिक पाँच घण्टा बन्द हुने

सल्यान । स्तरोन्नति गर्न राप्ती राजमार्ग दैनिक पाँच घण्टा बन्द हुने भएको छ । राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडकखण्डको कपुरकोटदेखि राम्रीसम्म स्तर...

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग

काठमाडाैं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण सरोकारवाला र मतदातामा अनुरोध गरेको छ । त्यस कार्यक्रमका लागि अ...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending