पोखरा । त्रिभुवन विश्वविद्यालय अन्तरर्गत पोखराका ४ वटा क्याम्पसमध्ये २ वटा क्याम्पसमा सौहार्द वातावरणमा निर्वाचन भइरहेको छ।
अन्य दुइटा क्याम्पसमा भने प्राविधिक कारणले निर्वाचन अवरुद्ध हुन पुगेको निर्वाचन समितिले जनाएको छ।
पोखरा नर्सिङ क्याम्पस र बन विज्ञान अध्यन संस्थान अन्तर्गत पोखरा क्याम्पसमा स्ववियुको निर्वाचन सौहार्द भइरहेको छ । यी दुई क्याम्पसमा विद्यार्थीले मतदान गरिरहेको निर्वाचन समितिले जनाएको छ।
नेपालकै सबैभन्दा ठूलो क्याम्पस पृथ्वीनारायण (पिएन) क्याम्पस, इञ्जिनियरिङ अध्यन संस्थानअन्तर्गत पश्चिमाञ्चल क्याम्पसमा भने निर्वाचन अवरुद्ध भएको छ। पिएन क्याम्पसमा स्ववियु निर्वाचनको मतपत्रमा अखिल छैठौंका उम्मेदवारलाई मतदान गर्ने कोष्ठक छुटेकाले निर्वाचन अवरुद्ध हुन पुगेको हो।
निर्वाचन अधिकृत प्रा.डा. रामचन्द्र पोखरेलका अनुसार अखिल छैठौंका उम्मेदवारलाई मतदान गर्ने कोष्ठक छुटेपछि नयाँ मतपत्र छपाइ गरेर निर्वाचन सुचारु गर्न तयारी भइरहेको छ।
‘निर्वाचन समितिले प्रत्यक्ष तर्फको नयाँ मतपत्र छपाई गरेर त्रुटि सच्याइसकेको छ । यसमा हामी आत्मआलोचित छौं,’ उनले ‘विज्ञप्ती निकालेर भनेका छन्, ‘सम्पूर्ण संघसंगठन र उम्मेदवारको सहमतिमा निर्वाचन अघि बढाउन अनुरोध गर्दछौं।’
पिएन क्याम्पसमा निर्वाचन प्रक्रिया सुरू गर्न माग राख्दै नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले नाराबाजी गरेका छन् । इञ्जिनियरिङ अध्यन संस्थान पश्चिमाञ्चल क्याम्पसका निर्वाचन अधिकृत प्रा.डा. दीपक थापाले क्याम्पसमा निर्वाचन प्रक्रिया सुचारू गरेको बताए।
उनले विहानैदेखि निर्वाचन प्रक्रिया अघि बढाए पनि केही विद्यार्थीले गेटमा अवरोध गरेको बताए। ‘इञ्जिनियरिङ क्याम्पसमा निर्वाचन प्रक्रिया अघि बढेको छ। करिब ३ सय जति मत खसिसक्यो,’ उनले भने, ‘निर्वाचन प्रक्रियामा असहमति राखेर केही विद्यार्थीले गेटमा अवरोध गरिराखेका छन्।’
इञ्जिनियरिङ क्याम्पसमा नेपाल विद्यार्थी संघका विद्यार्थीले गेटमा धर्ना दिएर अवरोध गरेका छन्। उनीहरुले स्ववियु निर्वाचनमा सचिव पदमा आफुहरुको उम्मेदवारी नरहेको भन्दै धर्ना दिएका हुन् ।
सचिव पदमा उम्मेदवारी दर्ता गर्ने बेला आन्तरिक मनमुटावका कारण उक्त समस्या आएको निर्वाचन अधिकृत थापाले बताए।
सचिव पदमा उम्मेदवारी दर्ता गर्दा आपसी झैझगडाले मनोनयन पत्र च्यातेको र त्यही च्यातिएको मनोनयन पत्र बुझाएपछि निर्वाचन समितिले खारेज गरेको थियो।
निर्वाचन प्रक्रिया अघि बढाउन क्याम्पसले विद्यार्थीलाई आह्वान गरेको पनि निर्वाचन अधिकृत थापाले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १८ गते, २०८३ - २०:५७
महोत्तरी । सशस्त्र प्रहरी बलका असई थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरबाट दोषी ठहर भएका नेकपा (एमाले)का पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेक...
आषाढ़ १८ गते, २०८३ - २०:५३
सेवा छाडेका कर्मचारीका ४ हजारभन्दा बढी प्रवेश पास अझै सक्रिय
आषाढ़ १८ गते, २०८३ - २०:४९
काठमाडाैं । नेपाल प्रहरीले ८८१ थान भेप (इलेक्ट्रोनिक चुरोट) र नगदसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कागेश्वरी मन...
आषाढ़ १८ गते, २०८३ - २०:४७
विशेष परिस्थितिमा नागरिकलाई सैन्य तालिम दिने सरकारकाे तयारी
आषाढ़ १८ गते, २०८३ - २०:४४
रसुवा । रसुवागढी नाकास्थित मितेरी पुलबाट आजदेखि पुनः सवारीसाधन सञ्चालनमा आएका छन्। बेलीब्रिजको प्राविधिक परीक्षण सम्पन्न भएपछि चार दिनपछि केरुङतर्फ सव...
आषाढ़ १८ गते, २०८३ - २०:४१
काठमाडौँ । सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले बर्दियाबाट आजदेखि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण अभियान सुरु गरेकी छन्। बर्दियाको बढैयाता...
आषाढ़ १८ गते, २०८३ - ०९:१०
रुपन्देही । सर्वोच्च अदालतले बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम ...
आषाढ़ १८ गते, २०८३ - ०९:०४
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा गरेको महत्वपूर्ण संरचनात्मक सुधारमध्ये छुट्टै विज्ञान, प्रविधि तथा नवप्रवर्त...
आषाढ़ १८ गते, २०८३ - ०९:००
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्ने भएको छ। बैठकमा विभिन्न विधेयकमाथि छलफल तथा पारित गर्ने कार्यसूची तय...



प्रतिकृया लेख्नुहोस्: