पोखरा । त्रिभुवन विश्वविद्यालय अन्तरर्गत पोखराका ४ वटा क्याम्पसमध्ये २ वटा क्याम्पसमा सौहार्द वातावरणमा निर्वाचन भइरहेको छ।
अन्य दुइटा क्याम्पसमा भने प्राविधिक कारणले निर्वाचन अवरुद्ध हुन पुगेको निर्वाचन समितिले जनाएको छ।
पोखरा नर्सिङ क्याम्पस र बन विज्ञान अध्यन संस्थान अन्तर्गत पोखरा क्याम्पसमा स्ववियुको निर्वाचन सौहार्द भइरहेको छ । यी दुई क्याम्पसमा विद्यार्थीले मतदान गरिरहेको निर्वाचन समितिले जनाएको छ।
नेपालकै सबैभन्दा ठूलो क्याम्पस पृथ्वीनारायण (पिएन) क्याम्पस, इञ्जिनियरिङ अध्यन संस्थानअन्तर्गत पश्चिमाञ्चल क्याम्पसमा भने निर्वाचन अवरुद्ध भएको छ। पिएन क्याम्पसमा स्ववियु निर्वाचनको मतपत्रमा अखिल छैठौंका उम्मेदवारलाई मतदान गर्ने कोष्ठक छुटेकाले निर्वाचन अवरुद्ध हुन पुगेको हो।
निर्वाचन अधिकृत प्रा.डा. रामचन्द्र पोखरेलका अनुसार अखिल छैठौंका उम्मेदवारलाई मतदान गर्ने कोष्ठक छुटेपछि नयाँ मतपत्र छपाइ गरेर निर्वाचन सुचारु गर्न तयारी भइरहेको छ।
‘निर्वाचन समितिले प्रत्यक्ष तर्फको नयाँ मतपत्र छपाई गरेर त्रुटि सच्याइसकेको छ । यसमा हामी आत्मआलोचित छौं,’ उनले ‘विज्ञप्ती निकालेर भनेका छन्, ‘सम्पूर्ण संघसंगठन र उम्मेदवारको सहमतिमा निर्वाचन अघि बढाउन अनुरोध गर्दछौं।’
पिएन क्याम्पसमा निर्वाचन प्रक्रिया सुरू गर्न माग राख्दै नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले नाराबाजी गरेका छन् । इञ्जिनियरिङ अध्यन संस्थान पश्चिमाञ्चल क्याम्पसका निर्वाचन अधिकृत प्रा.डा. दीपक थापाले क्याम्पसमा निर्वाचन प्रक्रिया सुचारू गरेको बताए।
उनले विहानैदेखि निर्वाचन प्रक्रिया अघि बढाए पनि केही विद्यार्थीले गेटमा अवरोध गरेको बताए। ‘इञ्जिनियरिङ क्याम्पसमा निर्वाचन प्रक्रिया अघि बढेको छ। करिब ३ सय जति मत खसिसक्यो,’ उनले भने, ‘निर्वाचन प्रक्रियामा असहमति राखेर केही विद्यार्थीले गेटमा अवरोध गरिराखेका छन्।’
इञ्जिनियरिङ क्याम्पसमा नेपाल विद्यार्थी संघका विद्यार्थीले गेटमा धर्ना दिएर अवरोध गरेका छन्। उनीहरुले स्ववियु निर्वाचनमा सचिव पदमा आफुहरुको उम्मेदवारी नरहेको भन्दै धर्ना दिएका हुन् ।
सचिव पदमा उम्मेदवारी दर्ता गर्ने बेला आन्तरिक मनमुटावका कारण उक्त समस्या आएको निर्वाचन अधिकृत थापाले बताए।
सचिव पदमा उम्मेदवारी दर्ता गर्दा आपसी झैझगडाले मनोनयन पत्र च्यातेको र त्यही च्यातिएको मनोनयन पत्र बुझाएपछि निर्वाचन समितिले खारेज गरेको थियो।
निर्वाचन प्रक्रिया अघि बढाउन क्याम्पसले विद्यार्थीलाई आह्वान गरेको पनि निर्वाचन अधिकृत थापाले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १०:३७
चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...
मंसिर २९ गते, २०८२ - १०:३३
काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...
मंसिर २९ गते, २०८२ - १०:१८
ललितपुर । सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...
मंसिर २९ गते, २०८२ - ०८:४७
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...
मंसिर २९ गते, २०८२ - ०८:३४
काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छिन् । सं...
मंसिर २९ गते, २०८२ - ०८:३२
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...
मंसिर २९ गते, २०८२ - ०८:२१
बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...
मंसिर २९ गते, २०८२ - ०८:२०
मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...
मंसिर २९ गते, २०८२ - ०८:१५
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...
मंसिर २९ गते, २०८२ - ०८:११
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...




प्रतिकृया लेख्नुहोस्: