बैतडी । जिल्लाका विभिन्न विद्यालयले होली खेलेर संकलन गरेको रकम निजी स्रोतका शिक्षकको तलबमा खर्च गर्ने भएका छन् ।
निजी स्रोतका शिक्षकहरूको तलबको जोहो गर्नकै लागि होली खेलिएको पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिए । चार दिनसम्म होली खेलेर तीन लाख १८ हजार ८५० रुपैयाँ संकलन भएको अध्यक्ष भाटले बताए ।
उनले भने, 'स्थानीय संस्कृतिको संरक्षण र विद्यालय सञ्चालनका लागि होली खेलेका छौंँ, संकलित रकम शिक्षकको तलब र शैक्षिक सामग्री खरिदमा खर्च गरिनेछ ।' कक्षा १० सम्मको पढाइ हुने सिद्धेश्वर माविमा निजी स्रोतका शिक्षक रहेकाले उनीहरूको तलब व्यवस्थापनका लागि हरेक वर्ष होली खेल्ने गरिएको छ ।
यस्तै पाटन नगरपालिका–१ स्थित सिद्धेश्वर मावि मेलचौराले होली खेलेर तीन लाख ३० हजार ६५७ रुपैयाँ संकलन गरेको छ । उक्त रकम विद्यालय सञ्चालनमा खर्च गरिने जनाइएको छ । पाटन नगरपालिका–१० को सरस्वती माध्यमिक विद्यालय सल्लेबासाले होली खेलेर दुई लाखभन्दा बढी संकलन गरेको छ । संकलित रकम विद्यालयमा शैक्षिक सामग्री किन्न खर्च गरिने प्रधानाध्यापक लोकराज भट्टले बताए ।
पाटन नगरपालिका– २ स्थित सिद्धनाथ मावि सिलङ्गाले ७९ हजार २३५ रुपैयाँ संकलन गरेको छ । जनता मावि आरुबाटा, सिगास मावि गुरुडा, केदार मावि कठमडालगायतले पनि यस वर्ष होली खेलेर रकम संकलन गरेका छन् । केदारनाथ होली कमिटि श्रीकोट, जगन्नाथ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन, दशरथचन्द नगरपालिका–१ स्थित सत्यं शिवं सुन्दरम् समाज, सैंपाल होली कमिटिलगायतका संघ संस्था, क्लब र समूहले होली खेलेर रकम संकलन गरेका छन् ।
होलीबाट संकलन गरिएको रकम सामाजिक क्षेत्रमा खर्च गरिने केदारनाथ होली कमिटी श्रीकोटका अध्यक्ष गणेश विष्टले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: