सोलुखुम्बु । सोलुखुम्बुको थामेका बाढी पीडितहरूलाई अस्थायी आवास निर्माणका लागि फ्रान्सेली राजदूतावासबाट अनुदान रकम प्राप्त भएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामेमा गत साउन ३२ गतेको हिम पहिरोका कारण क्षति भएको बस्तीमा अस्थायी आवास निर्माणका लागि फ्रान्सेली राजदूतावासबाट अनुदान रकम प्राप्त भएको हो ।
५० घर परिवारलाई अस्थायी आवास निर्माणका लागि फ्रान्सेली राजदूतावासबाट २९ लाख २१ हजार दुई सय ६२ रुपियाँ अनुदान रकम प्राप्त भएपछि अस्थायी आवास निर्माणमा स्थानीय जुटेकाे सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले जानकारी दिए ।
फ्रान्सेली राजदूतावासबाट प्राप्त २९ लाख २१ हजार दुई सय ६२ रुपियाँमध्ये पहिलो किस्ता बापतको १२ लाख २५ हजार रुपियाँ अनुदान रकम चैत्र ३ गते आइतबार खुम्बु पासाङल्हामु गाउँपालिकाको खातामा पठाइसकिएको प्रजिअ घिमिरेले बताए । उनका अनुसार ५० घरधुरीलाई २५ हजार रुपियाँको दरले अनुदान रकम गाउँपालिकाको खातामा पठाइएको हो ।
पहिला किस्ता बापतको रकम गाउँपालिकाको खातामा आएको र अब तत्कालै पीडितलाई हस्तान्तरण गर्ने गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले जानकारी दिए । हिम पहिरो पश्चात् तत्कालै जिल्ला प्रशासन कार्यालयबाट १३ घर परिवारलाई १५ हजार रुपियाँको दरले राहत रकम प्रदान गरिएको थियो । यस्तै खुम्बु पासाङल्हामु गाउँपालिकाले १८ घर परिवारलाई ५० हजार दरले र ४५ घर परिवारलाई १० हजार रुपैयाँको दरले प्रदान गरेको थियो ।
गृह मन्त्रालयबाट ५० थान त्रिपाल र ३० थान टेन्ट उपलब्ध गराएको प्रजिअ घिमिरेको भनाइ छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश विराटनगरले ५० थान फाइबर सिरक, ५० थान फाइबर सिरानी, ५० थान म्याट्रेस र ५० थान तन्ना वितरण गरेको थियो ।
सोलुदुधकुण्ड नगरपालिकाले २३ घरले परिवारलाई ५५ हजार रुपियाँको दरले १८ घर परिवारलाई ३५ हजारको दरले र १६ घर परिवारलाई १५ हजारको दरले रकम प्रदान गरेको थियो ।
बाढीका कारण पूर्ण रूपमा क्षति भएको थामे आधारभूत विद्यालय पुनः निर्माणका लागि फागुन ३० गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरी पुनः निर्माणका लागि सामाजिक विकास मन्त्रालय कोशी प्रदेश विराटनगरमा सिफारी गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।
गत साउन ३२ गते खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामेमा हिम पहिरोका कारण ५४ घर क्षति भएको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले जानकारी दिए । जसमा ४ घर थामेमा विभिन्न पेसा व्यवसाय गरी अस्थायी रूपमा बसोबास गर्ने रहेको जनाइएको छ ।
बाढीका कारण थामे आधारभूत विद्यालय, थामे आधारभूत विद्यालयको होस्टेल, थामे स्वास्थ्य चौकी, खुम्बु बिजुली कम्पनीको विद्युत सवस्टेसन र इन्टेकमा पूर्ण रूपमा क्षति भएको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पासाङ ग्याल्जेन शेर्पाले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: