लेखनाथ । गण्डकी प्रदेशका ११ जिल्लाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४५ हजार सातसय ९६ विद्यार्थी सहभागी हुनेभएका छन् । प्रदेशका एक हजार तीनसय ७४ विद्यालयका विद्यार्थीले दुईसय पाँच परीक्षा केन्द्रबाट परीक्षा दिने भएका छन् ।
गण्डकी प्रदेशबाट नियमिततर्फ ३७ हजार १५, प्राविधिकमा एक हजार तीनसय ९० र ग्रेडवृद्धितर्फ सात हजार तीनसय ९१ परीक्षार्थी सहभागी हुने शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशको परीक्षा शाखाका अधिकृत खेमराज पौडेलले जानकारी दिनुभयो ।
यसपालिको एसईईमा गोरखाबाट चार हजार चारसय ६२, मनाङबाट ४६, लमजुङबाट दुई हजार नौसय ४१ जनाले परीक्षा दिँदैछन् । यसैगरी, तनहुँबाट ६ हजार तीनसय दुई, स्याङ्जाबाट चार हजार नौसय ७६, मुस्ताङका एकसय ९९, म्याग्दीबाट दुई हजार दुईसय १६, बागुलङबाट चार हजार आठसय ६७, पर्वतबाट दुई हजार तीनसय पाँच र नवलपरासी ९बर्दघाट सुस्तापूर्व० बाट ६ हजार चारसय २२ एसईई परीक्षामा सहभागी हुने शाखा अधिकृत पौडेलले बताए।
बढी विद्यार्थी कास्कीमा
चैत ७ गतेबाट हुने परीक्षामा गण्डकी प्रदेशमा सबैभन्दा बढी कास्कीबाट ११ हजार ३७ परीक्षार्थी सहभागी हुँदैछन् । शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले बिहीबारबाट सुरु हुने परीक्षाको तयारी लगभग सकिएको जानकारी दिए।
उनले भने, “प्रश्नपत्र, उत्तरपुस्तिका कास्कीका ३६ वटै परीक्षा केन्द्रमा पुगिससेका छन् । यस वर्ष कास्कीमा एउटा परीक्षा केन्द्र थप भएको छ ।” यसपालिको एसईईमा कास्कीका दुईसय ८७ विद्यालयका विद्यार्थी सहभागी भएकोमा संस्थागत एकसय ६५ र समुदायिक विद्यालय एकसय २२ छन् ।
कास्कीमा नियमिततर्फ नौ हजार सातसय ९५, ग्रेडवृद्धितर्फ एक हजार ३४ गरी साधारणतर्फ १० हजार आठसय २९ जना सहभागी हुँदैछन् । प्राविधिकतर्फ नियमित एकसय ८४, गेड २४ गरी दुईसय आठ परीक्षार्थी छन् । यस वर्ष कास्कीबाट आठ दृष्टिविहीन, २० श्रवणशक्तिविहीन र १६ बाल सुधारगृहका विद्यार्थी सहभागी हुँदैछन् ।
गतवर्ष कास्कीमा ३६ परीक्षा केन्द्र रहेकोमा यसपाली बीरेढाँटी माविमा केन्द्र थप भएको छ । यो केन्द्रबाट यसपालि एकसय ४९ परीक्षार्थीले एसईई दिँदैछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - १६:५९
काठमाडौँ। वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढ...
फाल्गुन २९ गते, २०८२ - १६:४९
काठमाडौं । सर्वोच्च अदालत ले काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको चरम अभाव र आपूर्ति व्यवस्थापनको विषयमा सरकारसँग स्पष्टीकरण माग गरेको ...
फाल्गुन २९ गते, २०८२ - १६:३८
कालीकोट। नेपालमा विभिन्न समयमा सम्पन्न भएका सात वटा निर्वाचनमा म्यादी प्रहरीका रूपमा सेवा गरी घर फर्किएका कालीकोटका एक स्थानीय बासिन्दालाई गाउँमा भव्य...
फाल्गुन २९ गते, २०८२ - १६:२६
काठमाडौँ। सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई कडा कानुनी कारबाहीको माग गर्दै काठमाडौँमा ...
फाल्गुन २९ गते, २०८२ - १६:२२
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारहरूले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाउने क्रम बढेको छ । निर्वाचनमा पारदर्शिता का...
फाल्गुन २९ गते, २०८२ - १६:०७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चुनावको व्यस्तताका कारण स्वास्थ्य बिग्रिएर घरमै आराम गरिरहेका छन्। प्रमुख स्वकीय स...
फाल्गुन २९ गते, २०८२ - १५:५४
काठमाडौँ। श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली श्रमिकहरूलाई सरकारले तत्काल उद्धार गर्नुपर्नेम...
फाल्गुन २९ गते, २०८२ - १५:३१
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि समाको निर्वाचनमा समानुपातिक मतको आधारमा राजनीतिक दलले पाउने सांसदको सिट सङ्ख्या निर्धारण गरेको छ । समानुपातिक तर्फ...
फाल्गुन २९ गते, २०८२ - १४:५५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी )एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओल...
फाल्गुन २९ गते, २०८२ - १४:३७
तेहरान। तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारमा गिरावट आएको छ । इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इ...


प्रतिकृया लेख्नुहोस्: