लेखनाथ । गण्डकी प्रदेशका ११ जिल्लाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४५ हजार सातसय ९६ विद्यार्थी सहभागी हुनेभएका छन् । प्रदेशका एक हजार तीनसय ७४ विद्यालयका विद्यार्थीले दुईसय पाँच परीक्षा केन्द्रबाट परीक्षा दिने भएका छन् ।
गण्डकी प्रदेशबाट नियमिततर्फ ३७ हजार १५, प्राविधिकमा एक हजार तीनसय ९० र ग्रेडवृद्धितर्फ सात हजार तीनसय ९१ परीक्षार्थी सहभागी हुने शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशको परीक्षा शाखाका अधिकृत खेमराज पौडेलले जानकारी दिनुभयो ।
यसपालिको एसईईमा गोरखाबाट चार हजार चारसय ६२, मनाङबाट ४६, लमजुङबाट दुई हजार नौसय ४१ जनाले परीक्षा दिँदैछन् । यसैगरी, तनहुँबाट ६ हजार तीनसय दुई, स्याङ्जाबाट चार हजार नौसय ७६, मुस्ताङका एकसय ९९, म्याग्दीबाट दुई हजार दुईसय १६, बागुलङबाट चार हजार आठसय ६७, पर्वतबाट दुई हजार तीनसय पाँच र नवलपरासी ९बर्दघाट सुस्तापूर्व० बाट ६ हजार चारसय २२ एसईई परीक्षामा सहभागी हुने शाखा अधिकृत पौडेलले बताए।
बढी विद्यार्थी कास्कीमा
चैत ७ गतेबाट हुने परीक्षामा गण्डकी प्रदेशमा सबैभन्दा बढी कास्कीबाट ११ हजार ३७ परीक्षार्थी सहभागी हुँदैछन् । शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले बिहीबारबाट सुरु हुने परीक्षाको तयारी लगभग सकिएको जानकारी दिए।
उनले भने, “प्रश्नपत्र, उत्तरपुस्तिका कास्कीका ३६ वटै परीक्षा केन्द्रमा पुगिससेका छन् । यस वर्ष कास्कीमा एउटा परीक्षा केन्द्र थप भएको छ ।” यसपालिको एसईईमा कास्कीका दुईसय ८७ विद्यालयका विद्यार्थी सहभागी भएकोमा संस्थागत एकसय ६५ र समुदायिक विद्यालय एकसय २२ छन् ।
कास्कीमा नियमिततर्फ नौ हजार सातसय ९५, ग्रेडवृद्धितर्फ एक हजार ३४ गरी साधारणतर्फ १० हजार आठसय २९ जना सहभागी हुँदैछन् । प्राविधिकतर्फ नियमित एकसय ८४, गेड २४ गरी दुईसय आठ परीक्षार्थी छन् । यस वर्ष कास्कीबाट आठ दृष्टिविहीन, २० श्रवणशक्तिविहीन र १६ बाल सुधारगृहका विद्यार्थी सहभागी हुँदैछन् ।
गतवर्ष कास्कीमा ३६ परीक्षा केन्द्र रहेकोमा यसपाली बीरेढाँटी माविमा केन्द्र थप भएको छ । यो केन्द्रबाट यसपालि एकसय ४९ परीक्षार्थीले एसईई दिँदैछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: