पाँचथर । नमो बुद्व फुटबल क्लब सप्तरी पाँचथर गोल्डकपको विजेता बनेको छ । प्रतिस्पर्धी मच्छिन्द्र फुटबल क्लब काठमाडौंलाई १–० गोल अन्तरले हराउँदै नमो बुद्वले पाँचौं संस्करणको पाँचथर गोल्डकपको उपाधि चुमेको हो ।
सप्तरीले नगद ११ लाख १ हजार १ सय ११ रुपियाँ नगद पुरस्कारसहित ट्रफी मेडल र प्रमाण पत्र पाएको छ । उपविजेता मच्छिन्द्रले पाँच लाख ५५ हजार ५ सय ५५ रुपियाँ नगदसहित ट्रफीमा चित्त बुझायो ।
शनिबार अपरान्ह फिदिम माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ७२ औँ मिनेटमा सप्तरीका तर्फबाट विदेशी खेलाडी एलेक्सले निर्णायक गोल गरेका हुन् ।
शनिबारको खेलमा सप्तरीका निर्मल छिरिङ म्यान अफ दि म्याच बने । उनले नगद ७ हजार पाँच सयसहित पुरस्कृत भए । यस्तै सप्तरीका दिपेश चाम्लिङ म्यान अफ दि टुनामेन्ट घोषित हुँदै नगद १५ हजार प्राप्त गर्न सफल भए ।
प्रतियोगितामा समान ३–३ गोल गरेका नमो बुद्वका एलेक्स र चर्च ब्वाइजका राज भुसाल सर्वाधिक गोलकर्ता, आयोजक पाँचथर क्लबका निरोश लिङदेन राइजिङ प्लेयर, नमो बुद्वका धनकुमार तामाङ वेष्ट कोच, नमोबुद्वकै विवेक राई वेष्ट मिड फिल्डर, मच्छिन्द्रका देवेन्द्र तामाङ वेष्ट डिफेन्डर, नमोबुद्वका जयरत्न सेख वेष्ट गोलकिपर घोषित हुँदै नगद १५ हजारसहित पुस्कृत भए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - २०:३५
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...
पौष १ गते, २०८२ - २०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...
पौष १ गते, २०८२ - २०:१२
खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...




प्रतिकृया लेख्नुहोस्: