Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

भोजपुरका किसानलाई तालिमसँगै कृषि सामग्री हस्तान्तरण

खबरडबली संवाददाता

भोजपुर । जिल्लाको लेखर्कका किसानलाई नवीनतम तरकारी खेती प्रणाली सम्वन्धि तालिमसँगै कृषि सामग्री हस्तान्तरण गरिएको छ । व्यावसायिकसँगै आर्थिक रुपमा सक्षम बनाउने ध्येयले २८ अगुवा किसानलाई नवीनतम तरकारी खेती प्रणालीको विषयमा जानकारीसँगै उपयुक्त प्रविधि हस्तान्तरण गरिएको हो । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) ले, गाउँपालिका तथा वडाको समन्वयमा किसानलाई तरकारी खेती प्रणाली सम्वन्धि ज्ञान दिइएको हो । 

तालिमका सहभागी किसानलाई उन्नत जातको  बीउ विजन, प्लाष्टिक टनेललगायतका कृषि सामग्रीसमेत वितरण गरिएको टेम्केमैयुङ ९ लखर्कका वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए । वडाका तरकारी खेती गरिरहेका किसानलाई नविनतम खेती प्रणालीको बारेमा ज्ञान प्रदान गर्न तालिम सञ्चालन गरिएको उनको भनाइ छ । किसानलाई अभ्यास गराएर नै खेती प्रणालीको विषयमा जानकारी दिइएको उनले बताए ।

‘यहाँका धेरै किसानले तरकारी खेती गरिरहेका छन्’ उनले भने, ‘किसानसँग तरकारी खेती प्रणाली सम्वन्धि जानकारी नहुँदा समस्या थियो । उनीहरुलाई तरकारी खेती प्रणालीको विषयमा ज्ञान दिएर व्यावसायिक बन्न थप प्रोत्साहन गर्न तालिम दिएका हौँ ।’ यहाँका अगुवा किसानलाई पाँच दिने कार्यक्रम सञ्चालन गरेर तरकारी खेती प्रणालीको विषयमा व्यवहारिक ज्ञान दिएको हो ।

किसानलाई तरकारी तथा नगदेबालीको माध्यमबाट आर्थिक रुपमा सक्षम बनाउन गाउँपालिकाले विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिइन् । टेम्केमैयुङ गाउँपालिकामा कृषिको राम्रो सम्भावना रहेकोले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर काम  भइरहेको उपाध्यक्ष राईको भनाइ छ ।

गाउँपालिकाले यहाँको भूगोल तथा माटो सुहाउँदो तरकारी तथा नगदेबालीको खेतीमा प्रोत्साहन कार्यक्रमसमेत सञ्चालन गरिरहेको उपाध्यक्ष राईले जानकारी दिइन् । ‘हामीले किसानलाई तरकारी तथा नगदेबालीको व्यावसायिक खेतीमा लाग्न प्रोत्साहन गरिरहेका छौँ’ उनले भनिन्, ‘गाउँपालिकाले प्राथमिकताका साथ कृषि र पर्यटनमा लगानी गरिरहेको छ । कृषकलाई व्यावसायिक बनाएर आयआर्जनसँग जोड्न विभिन्न सीपमूलक कार्यक्रमहरु सञ्चालन गरिरहेका छौँ ।’

किसानलाई नगदे तथा व्यावसायिक तरकारी खेतीसँगै बाख्रापालन, कुखुरापालन, बंगुरपालन, मौरीपालन, जडीबुटी खेती, सुन्तला, कागती खेती लाग्न आवश्यक सहयोगसँगै सीप प्रदान गरिरहेको उपाध्यक्ष राईले बताइन् । परम्परागत रुपमा तरकारी खेती गर्दै आएको भएपनि तालिमबाट आधुनिक खेती प्रणालीको विषयमा जानकारी पाएको किसानहरुको भनाइ छ ।

तालिमसँगै कृषि सामग्री पनि पाएकाले भावी दिनमा व्यावसायिक रुपमा तरकारी खेती गर्न सहजता थपिएको स्थानीय किसान सत्यदेवी राईले बताइन् । तालिमका क्रममा तरकारी खेती प्रविधिसँगै रोग, किरा तथा उपचार पद्धतिको विषयमासमेत जानकारी लिन पाएको उनले बताइन् ।

‘परम्परागत रुपमा तरकारी खेती गर्दै आएकी थिएँ’ उनले भने, ‘आधुनिक तरकारी खेती प्रविधिको जानकारी नहुँदा धेरै समस्या थियो । तालिममा सहभागी भएर खेती प्रविधिसँगै तरकारीमा लाग्ने रोक, कीरा तथा त्यसको उपचार पद्धतिको विषयमासमेत ज्ञान पाएँ । यहाँ सिकेको सीपलाई सदुयोग गर्दै अवका दिनमा तरकारी खेतीलाई थप विस्तार गर्ने सोच बनाएकी छु ।’ 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE