उदयपुर । गएको दुई दिनमा जिल्ला प्रहरी कार्यालय उदयपुरले लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानबाट लागुऔषधसहित पक्राउ गरेर कानुनी दायरामा ल्याएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङले बताए ।
उनका अनुसार जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरेर आवश्यक अनुसन्धान जारी राखिएको छ । इलाका प्रहरी कार्यालय कटारीले कटारी नगरपालिका– ३ स्थित सिद्धिचरण लोकमार्गबाट मोटरसाइकलमा सवार धनुषाको धनुषाधाम नगरपालिका– ५ बस्ने वर्ष ३५ का शम्भुकुमार साह र महोत्तरी मनरा सिसुवा नगरपालिका– १ बस्ने वर्ष ४० का दिलीप भुजेललाई गएको सोमबार पक्राउ गरेको हो । उनीहरूको साथबाट ट्यापेन्टाडोल हाइड्रोक्लोराइड ट्याब्लेट २५१० वटा, स्पान्सिस ट्याब्लेट २४६०, काफ डी ट्याब ट्याब्लेट ३२० वटा गरी जम्मा ५२९० वटा ट्याब्लेट बरामद गरिएको छ । तीनै प्रकारका ट्याब्लेटहरू लागुऔषधभित्र पर्ने दोङको भनाइ छ ।
यता त्रियुगा नगरपालिका– ६ लालपत्ताबाट ३० एम्पुल प्रतिबन्धित लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका– १२ का वर्ष २६ को ललित चौधरी र १३ का वर्ष २५ को विदायक राई रहेका छन् । डिएसपी दोङले लाहानबाट गाईघाटतर्फ आउँदै गरेको प्र.१–०५–००२प १५२८ नम्बरको स्कुटरमा सवार भइरहेको साथबाट डाइजेपाम–१० एम्पुल, फेनार्गन–१० एम्पुल, बुप्रिनोर्फिन–१० एम्पुल गरी जम्मा ३० एम्पुल र पाँच थान सिरिन्ज बरामद गरेको छ ।
यसैगरी, बेलका नगरपालिका– ३ मा रामपुरमा रहेको होटेल एकान्त एन्ड लजबाट ३.६० मिलिग्राम चरेससहित बेलका नगरपालिका– ५ बस्ने वर्ष ३० का विशप खतिवडा पक्राउ परेका छन् । गएको मंगलबार साढे दुई किलो गाँजासहित त्रियुगा नगरपालिका– ३ बगरटोल बस्ने वर्ष ५० की सितेम्मा राई पक्राउ परेकी छिन् । गाँजा लुकाइछिपाई बेचबिखन गरिरहेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको डिएसपी दोङले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: