बागलुङ । पश्चिम बागलुङको निसीखोला गाउँपालिका –५ मा पर्ने निसेल ढोर प्राकृतिकरुपमा जति मनमोहक छ त्यहाँको जनजीवन भने कष्टकर छ । निसीखोलाको मध्य भाग हुँदै पुष्पलाल मध्यपहाडी लोकमार्ग विस्तार हुँदा सडक आसपासमा बजारीकरणको लहर चलेको छ । तर गामीण जनजीवन अत्यासलाग्दो छ ।
निसी भल्कोटबाट करिब ८–९ घण्टाको पैदलयात्रापछि मात्र पुग्न सकिने निसेल ढोर सडक सञ्जालसँग अझै जोडिएको छैन । विद्यालय भवन जिर्ण छन्, निमावि तहको अध्ययन गर्न बेसीको बोबाङ झर्नुपर्छ । प्रशस्त खानेपानीका मुहान छन्, पर्याप्त धारा छैनन् । बालविवाह बढ्दो छ, चेतना छैन । सामाजिक स्वास्थ्य इकाई छ, जनशक्ति नरहेको स्थानीयको गुनासो छ ।
निसेल ढोरमा गतवर्ष मात्र फोन सेवा सञ्चालनमा आएको छ । नेपाल टेलिकमले दुर्गम र पर्यटकीय क्षेत्रमा फोरजी चलाउने अभियान चलाएपछि निसेल ढोर सञ्चार सुविधासँग जोडिएको छ । जसोतसो सञ्चार सुविधा प्राप्त गरेका निसेल ढोरबासी विधुतीकरण नहुँदा अहिले पनि उज्यालोका लागि दियालोको सहारा लिन विवश छन् । त्यहाँ विद्युत विस्तार गर्न पोल गाडेको झण्डै तीन वर्ष बितिसक्यो । विद्युत आपूर्ति हुने आशमा त्यहाँका घर–घरमा वाइन्डिङ समेत गरिएको छ । पोल गाडेको लामो समय बितिसक्दा पनि विद्युत विस्तार नहुँदा दियालोको उज्यालोमा रात गुजार्नु परेको स्थानीय खुमा विश्वकर्माले गुनासो गरिन ।
निसेल ढोरका ५५ घरपरिवारमध्ये केहीले सोलारबत्ति प्रयोग गरे पनि अधिकांशले उज्यालोका लागि लेकाली सल्लाको रुखबाट प्राप्त हुने दियालोको सहारा लिनुपरेको छ । विद्युत नहुँदा गाउँमा जंगली जनवारदेखि चोरीसम्मको डर हुनेगरेको विश्वकर्माको भनाइ छ । ‘घर–घरमा वाइरिङ गर्दा र पोलहरु गाड्दा गाउँमा छिट्टै विद्युत आउने विश्वास थियो, विश्वकर्माले भनिन्, ‘वाइरिङ गरेको बिग्रन थालिसक्यो बिजुली आउने पत्तो छैन ।’
निसेल ढोरमा विद्युत विस्तारका लागि गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ मा विनियोजन गरेको ३१ लाख रुपियाँ बजेटबाट पोल गाड्ने काम भएपनि ट्रान्सफर्मर लगायतका सामाग्री खरिद गर्न नसक्दा बजेट फ्रिज भएको थियो । निसेल ढोरमा विद्युतीकरणका लागि गाउँपालिकाले निरन्तर प्रयास गरेपनि सफल भने हुन सकेको छैन् ।
‘ढोरपाटन भुजी लघु जलविद्युत आयोजनाको विद्युत जोड्नेगरी केही पोल गाड्ने काम भए पनि बजेट फ्रिज हुँदा कामै अघि बढ्न सकेन’ निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्ति मगरले भने । विद्युत नपुगेको ठाउँमा सोलार जोड्ने योजना पनि सफल हुन नसकेको घर्ति मगरले सुनाए । गण्डकी प्रदेश सरकारसँग छलफल चलिरहेकाले निसेल ढोरमा छिट्टै विद्युतीकरण हुनेमा उनले विश्वास व्यक्त गरे ।
नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख पवन पौडेलले प्रदेश सरकारले गाडेका पोलहरु प्राधिकरणलाई हस्तान्तरण गरे निसेल ढोरमा छिट्टै विद्युत विस्तार हुने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: