Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

युक्रेन युद्धविराम प्रस्तावबारे अमेरिकी सूचना पर्खिरहेको क्रेमलिनको भनाइ

खबरडबली संवाददाता

मस्को । रूसले साउदी अरबमा भएको वार्तापछि किएभ सहमत भएको युक्रेनमा प्रस्तावित युद्धविरामको विस्तृत विवरणबारे अमेरिकाले जानकारी गराउने प्रतीक्षा गरिरहेको क्रेमलिनले जनाएको छ । युक्रेनले ३० दिने युद्धविरामको सुझावलाई समर्थन गर्दै रुससँग तत्काल वार्ता गर्न सहमत भएपछि वासिङ्टनले अब बल मस्कोको कोर्टमा पुगेको बताएको छ । 

जेद्दाह वार्तापछि अमेरिकाले युक्रेनलाई दिइँदै आएको सैन्य सहायतामा लगाइएको प्रतिबन्ध फुकुवा गरेको थियो । मस्को युद्धविरामका लागि सहमत हुन्छ कि हुँदैन भन्ने प्रश्नमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारलाई भने, “तपाईहरू धेरै अघि बढ्नुभयो ।” उनले थपे, “हामीले आगामी दिनमा अमेरिकीहरूसँग सम्पर्क गर्ने योजना बनाएका छौं, जुन अवधिमा हामी सम्पूर्ण जानकारी प्राप्त गर्ने मा भरोसा गर्दछौं ।”

पेस्कोभल भने, “अमेरिकी विदेशमन्त्री मार्को रुबियो र सल्लाहकार माइकल वाल्जले आगामी दिनमा विभिन्न च्यानलहरू मार्फत हामीलाई वार्ता र भएका समझदारीहरूको बारेमा जानकारी दिनेछन् भन्ने हामी अनुमान गरेका छौँ ।” युक्रेनसँगको वार्तामा संलग्न अमेरिकी अधिकारीसँग ‘उच्चस्तरीय’ फोन वार्ता हुने सम्भावनालाई स्वीकार्दै उनले भने, “अमेरिकासँगको कुराकानी पछि यस सदर्भमा के गर्ने भन्ने निर्णय गर्नु उपयुक्त होला ।”

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिना आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग युक्रेनमा तीन वर्षदेखि जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कुराकानी गरेका थिए । मस्कोले यसअघि युक्रेनमा युद्धविराम गर्न सहमत नहुने बताउँदै आएको थियो र यसले किएभलाई पुनः हतियार उठाउने अवसरको खोजी गरिरहेको तर्क गर्दै आएको थियो । पेस्कोभले मस्कोले जेद्दाहमा दिइएका सबै वक्तव्यहरूलाई ध्यानपूर्वक अध्ययन गरिरहेको पनि बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE