Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

विवादका कारण उदयपुरका दुई क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

खबरडबली संवाददाता

उदयपुर । उदयपुरका दुई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचन स्थगित भएको छ । त्रियुगा जनता बहुमुखी क्याम्पस मोतीगडा र बरुवा क्याम्पस गाईघाटमा स्ववियु निर्वाचन स्थगित भएको हो । 

त्रियुगा जनता बहुमुखी क्याम्पसका स्ववियु निर्वाचन अधिकृत टीका पौडेलका अनुसार सूचना जारी गर्दै स्ववियु निर्वाचनअन्तर्गतका सबै प्रक्रिया अर्को सुूना जारी नहुन्जेलसम्मका लागि स्थगित गरिएको छ ।

नेपाल विद्यार्थी संघ र नेकपा एससम्बद्ध अनेरास्ववियुले विभिन्न माग राखी निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन प्रक्रिया स्थगित भएको उनको भनाइ छ । निर्वाचन अधिकृत पौडेलले भने, ‘नेपाल विद्यार्थी संघ र नेकपा एसनिकट अनेरास्वियुले निर्वाचन आचारसंहिता, मतदाता नामावलीलगायतका विषयमा विवाद ल्याए । पटक–पटक छलफल गर्दा पनि निष्कर्ष ननिस्केपछि स्थगित गरेका हौँ ।’

उनले नेविसंघले र नेकपा एसनिकट अनेरास्ववियुले मतदाता नामावलीमा गरेको दाबी विरोधसमेत नपुगेको बताए। उनले भने, ‘केही मतदाता नामावली तत्काल हटाउनुपर्ने, क्याम्पस प्रशासनबाट गरिएका गतिविधि सच्याउन र भयरहित एवं निष्पक्ष वातावरणमा निर्वाचन गराउन जिम्मा लिनुपर्ने, निर्वाचन समिति नै खारेज गर्नुपर्ने माग राखेर तालाबन्दी गरेका छन् ।’

दुई संगठनले छुट्टाछुट्टै माग राखेर निर्वाचन कार्यालयमा दुईवटा ताला लगाएपछि निर्वाचन प्रक्रिया पूर्णतः स्थगित भएको छ । यता बरुवा क्याम्पस प्रमुख भीम खड्काले विद्यार्थी संगठनहरूले मतदाता नामावलीमै विवाद गरेकाले स्ववियु निर्वाचन स्थगित भएको जानकारी दिए । उनले भने, ‘हामीले पटक–पटक छलफलबाट निष्कर्ष  निकाल्न खोजेका थियौँ । तर, विद्यार्थी संगठनहरूले चासो नदेखाउँदा स्थगित भएको छ । विद्यार्थी संगठनबिच सहमति हुँदा नयाँ प्रक्रियामा गएर पनि गर्न सकिन्छ । अहिलेलाई रोकिएको छ ।’

नेपाल विद्यार्थी संघ उदयपुरका जिल्ला अध्यक्ष रोशन कार्कीले त्रियुगा जनता बहुमुखी क्याम्पसमा निर्वाचन समितिले आफूहरूको मागलाई बेवास्ता गरेको कारण स्ववियु निर्वाचन तत्काललाई रोकिएको बताउँदै तालाबन्दी गरेको बताए । उनले भने, ‘उदयपुरमा स्ववियु निर्वाचन हुने तीन क्याम्पसमा त्रियुगा जनता बहुमुखी क्याम्पस, बरुवा क्याम्पस र चौदण्डीगढी नगपालिका– ४ स्थित नारद आदर्श क्याम्पस हुन् । बरुवा र त्रियुगा बहुमुखी क्याम्पसमा तत्काल निर्वाचन रोकिएको छ भने नारद आदर्श क्याम्पसमा निर्वाचन प्रक्रिया अघि बढेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE