उदयपुर । उदयपुरका दुई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचन स्थगित भएको छ । त्रियुगा जनता बहुमुखी क्याम्पस मोतीगडा र बरुवा क्याम्पस गाईघाटमा स्ववियु निर्वाचन स्थगित भएको हो ।
त्रियुगा जनता बहुमुखी क्याम्पसका स्ववियु निर्वाचन अधिकृत टीका पौडेलका अनुसार सूचना जारी गर्दै स्ववियु निर्वाचनअन्तर्गतका सबै प्रक्रिया अर्को सुूना जारी नहुन्जेलसम्मका लागि स्थगित गरिएको छ ।
नेपाल विद्यार्थी संघ र नेकपा एससम्बद्ध अनेरास्ववियुले विभिन्न माग राखी निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन प्रक्रिया स्थगित भएको उनको भनाइ छ । निर्वाचन अधिकृत पौडेलले भने, ‘नेपाल विद्यार्थी संघ र नेकपा एसनिकट अनेरास्वियुले निर्वाचन आचारसंहिता, मतदाता नामावलीलगायतका विषयमा विवाद ल्याए । पटक–पटक छलफल गर्दा पनि निष्कर्ष ननिस्केपछि स्थगित गरेका हौँ ।’
उनले नेविसंघले र नेकपा एसनिकट अनेरास्ववियुले मतदाता नामावलीमा गरेको दाबी विरोधसमेत नपुगेको बताए। उनले भने, ‘केही मतदाता नामावली तत्काल हटाउनुपर्ने, क्याम्पस प्रशासनबाट गरिएका गतिविधि सच्याउन र भयरहित एवं निष्पक्ष वातावरणमा निर्वाचन गराउन जिम्मा लिनुपर्ने, निर्वाचन समिति नै खारेज गर्नुपर्ने माग राखेर तालाबन्दी गरेका छन् ।’
दुई संगठनले छुट्टाछुट्टै माग राखेर निर्वाचन कार्यालयमा दुईवटा ताला लगाएपछि निर्वाचन प्रक्रिया पूर्णतः स्थगित भएको छ । यता बरुवा क्याम्पस प्रमुख भीम खड्काले विद्यार्थी संगठनहरूले मतदाता नामावलीमै विवाद गरेकाले स्ववियु निर्वाचन स्थगित भएको जानकारी दिए । उनले भने, ‘हामीले पटक–पटक छलफलबाट निष्कर्ष निकाल्न खोजेका थियौँ । तर, विद्यार्थी संगठनहरूले चासो नदेखाउँदा स्थगित भएको छ । विद्यार्थी संगठनबिच सहमति हुँदा नयाँ प्रक्रियामा गएर पनि गर्न सकिन्छ । अहिलेलाई रोकिएको छ ।’
नेपाल विद्यार्थी संघ उदयपुरका जिल्ला अध्यक्ष रोशन कार्कीले त्रियुगा जनता बहुमुखी क्याम्पसमा निर्वाचन समितिले आफूहरूको मागलाई बेवास्ता गरेको कारण स्ववियु निर्वाचन तत्काललाई रोकिएको बताउँदै तालाबन्दी गरेको बताए । उनले भने, ‘उदयपुरमा स्ववियु निर्वाचन हुने तीन क्याम्पसमा त्रियुगा जनता बहुमुखी क्याम्पस, बरुवा क्याम्पस र चौदण्डीगढी नगपालिका– ४ स्थित नारद आदर्श क्याम्पस हुन् । बरुवा र त्रियुगा बहुमुखी क्याम्पसमा तत्काल निर्वाचन रोकिएको छ भने नारद आदर्श क्याम्पसमा निर्वाचन प्रक्रिया अघि बढेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: