दाङ । दाङमा एसइई दिने विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय दाङका अनुसार जिल्लामा गत वर्षको तुलनामा यस वर्ष एसइई दिने एक हजार तीन सय ५६ जना विद्यार्थीको सङ्ख्या वृद्धि भएको हो ।
शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय दाङका अनुसार जिल्लामा यो वर्ष सामुदायिक तथा निजी दुई सय ५४ वटा विद्यालयबाट १४ हजार दुई सय ५४ जना विद्यार्थीले एसइई दिँदै छन् । जसमध्ये छ हजार सात सय ६६ छात्र र सात हजार चार सय ८८ जना छात्राको सङ्ख्या रहेको शिक्षा विकास तथा समन्वय एकाइका शाखा अधिकृत तिलकराम बञ्जाडेले जानकारी दिए ।
गत वर्ष जिल्लामा १२ हजार आठ सय ९८ जना विद्यार्थीले एसइई दिएका थिए । तीमध्ये पाँच हजार सात सय ६३ छात्र र छ हजार चार सय ६५ जना छात्राको सङ्ख्या रहेको थियो । जिल्लामा यो वर्ष एसइई दिनेमा छात्रभन्दा सात सय २२ जना बढी छात्रा रहेका छन् ।
एसइई दिनेमा छ हजार सात सय ६६ छात्र र सात हजार चार सय ८८ जना छात्राको सङ्ख्या रहेको शिक्षा विकास तथा समन्वय एकाइका शाखा अधिकृत बञ्जाडेले बताए । शाखा अधिकृत बञ्जाडेका अनुसार सहभागी १४ हजारभन्दा बढी विद्यार्थीमध्ये नियमिमतर्फ पाँच हजार पाँच सय ८१ छात्र र पाँच हजार नौ सय ६५ छात्रा गरेर ११ हजार पाँच सय ४६ जना, प्राविधिक धारतर्फ छात्र एक सय ८२ जना र छात्रा एक सय ६८ जना गरेर जम्मा तीन सय ५० जना, ग्रेडवृद्धि समूह साधारणतर्फ छात्र नौ सय ९३ जना र छात्रा एक हजार तीन सय ३७ गरेर जम्मा दुई हजार तीन सय ३० जना र ग्रेडवृद्धि प्राविधिकतर्फ छात्र १० जना र छात्रा १८ जना गरेर २८ जना विद्यार्थी रहेका छन् ।
जिल्लामा एसइईका लागि ४७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । जिल्लाका १० वटै स्थानीय तहमा विद्यार्थीलाई पायक पर्ने गरी परीक्षा केन्द्र निर्माण गरिएको भन्दै शाखा अधिकृत बञ्जाडेले भने, ‘‘विद्यार्थीको सहजताका लागि पायक पर्ने गरी परीक्षा केन्द्र निर्धारण गरिएको छ । उनका अनुसार यो वर्ष जिल्लामा पाँच सामुदायिक र छ संस्थागत गरी ११ वटा नयाँ विद्यालयले एसइईमा सहभागी हुँदैछन् ।’’
जिल्लामा यस वर्ष पाँच जना दृष्टिविहीन विद्यार्थीले एसइई परीक्षा दिन थालेका छन् । जसमा तुलसीपुरमा रहेको स्रोत कक्षा गुरु जजुर माध्यमिक विद्यालयबाट तीन जना छात्र र एक जना छात्रा गरेर चार जना र आदर्श माध्यमिक विद्यालय लालमटियाबाट एक जना छात्र एसइई परीक्षामा सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय दाङले जनाएको छ । गत वर्ष दाङबाट छ जना दृष्टिविहीन विद्यार्थीले परीक्षा दिएका थिए । यो वर्ष एसइई परीक्षा आगामी चैत ७ गतेदेखि हुन थालेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - २०:२५
काठमाडौं । प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...
पौष १४ गते, २०८२ - २०:२०
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको न...
पौष १४ गते, २०८२ - २०:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमति भएको छ । दुवै पक्षबीच...
पौष १४ गते, २०८२ - १९:५७
काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । ...
पौष १४ गते, २०८२ - १९:५१
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा...
पौष १४ गते, २०८२ - १९:२८
मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल...
पौष १४ गते, २०८२ - १९:२१
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् । ...
पौष १४ गते, २०८२ - १९:१३
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...
पौष १४ गते, २०८२ - १९:०८
बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...
पौष १४ गते, २०८२ - १९:००
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...




प्रतिकृया लेख्नुहोस्: