Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

दाङमा एसइई परीक्षाकाे लागि ४७ परीक्षा केन्द्र निर्धारण

खबरडबली संवाददाता

दाङ । दाङमा एसइई दिने विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय दाङका अनुसार जिल्लामा गत वर्षको तुलनामा यस वर्ष एसइई दिने एक हजार तीन सय ५६ जना विद्यार्थीको सङ्ख्या वृद्धि भएको हो ।

शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय दाङका अनुसार जिल्लामा यो वर्ष सामुदायिक तथा निजी दुई सय ५४ वटा विद्यालयबाट १४ हजार दुई सय ५४ जना विद्यार्थीले एसइई दिँदै छन् । जसमध्ये छ हजार सात सय ६६ छात्र र सात हजार चार सय ८८ जना छात्राको सङ्ख्या रहेको शिक्षा विकास तथा समन्वय एकाइका शाखा अधिकृत तिलकराम बञ्जाडेले जानकारी दिए । 

गत वर्ष जिल्लामा १२ हजार आठ सय ९८ जना विद्यार्थीले एसइई दिएका थिए । तीमध्ये पाँच हजार सात सय ६३ छात्र र छ हजार चार सय ६५ जना छात्राको सङ्ख्या रहेको थियो । जिल्लामा यो वर्ष एसइई दिनेमा छात्रभन्दा सात सय २२ जना बढी छात्रा रहेका छन् ।

एसइई दिनेमा छ हजार सात सय ६६ छात्र र सात हजार चार सय ८८ जना छात्राको सङ्ख्या रहेको शिक्षा विकास तथा समन्वय एकाइका शाखा अधिकृत बञ्जाडेले बताए । शाखा अधिकृत बञ्जाडेका अनुसार सहभागी १४ हजारभन्दा बढी विद्यार्थीमध्ये नियमिमतर्फ पाँच हजार पाँच सय ८१ छात्र र पाँच हजार नौ सय ६५ छात्रा गरेर ११ हजार पाँच सय ४६ जना, प्राविधिक धारतर्फ छात्र एक सय ८२ जना र छात्रा एक सय ६८ जना गरेर जम्मा तीन सय ५० जना, ग्रेडवृद्धि समूह साधारणतर्फ छात्र नौ सय ९३ जना र छात्रा एक हजार तीन सय ३७ गरेर जम्मा दुई हजार तीन सय ३० जना र ग्रेडवृद्धि प्राविधिकतर्फ छात्र १० जना र छात्रा १८ जना गरेर २८ जना विद्यार्थी रहेका छन् ।

जिल्लामा एसइईका लागि ४७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । जिल्लाका १० वटै स्थानीय तहमा विद्यार्थीलाई पायक पर्ने गरी परीक्षा केन्द्र निर्माण गरिएको भन्दै शाखा अधिकृत बञ्जाडेले भने, ‘‘विद्यार्थीको सहजताका लागि पायक पर्ने गरी परीक्षा केन्द्र निर्धारण गरिएको छ । उनका अनुसार यो वर्ष जिल्लामा पाँच सामुदायिक र छ संस्थागत गरी ११ वटा नयाँ विद्यालयले एसइईमा सहभागी हुँदैछन् ।’’

जिल्लामा यस वर्ष पाँच जना दृष्टिविहीन विद्यार्थीले एसइई परीक्षा दिन थालेका छन् । जसमा तुलसीपुरमा रहेको स्रोत कक्षा गुरु जजुर माध्यमिक विद्यालयबाट तीन जना छात्र र एक जना छात्रा गरेर चार जना र आदर्श माध्यमिक विद्यालय लालमटियाबाट एक जना छात्र एसइई परीक्षामा सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय दाङले जनाएको छ । गत वर्ष दाङबाट छ जना दृष्टिविहीन विद्यार्थीले परीक्षा दिएका थिए । यो वर्ष एसइई परीक्षा आगामी चैत ७ गतेदेखि हुन थालेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE