बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले होली पर्वमा जबर्जस्ती रङ दल्ने र होलीको नाममा कसैलाई दुर्व्यवहार गर्नेलाई कानुनी कारबाही गर्ने जनाएकोछ ।
सदभावको पर्व होलीलाई मर्यादित रूपमा मनाउन सबैसँग आग्रह गर्दै इच्छाविपरित काम भए गरिएको पाइएमा प्रहरीले कानुनी रूपमा प्रस्तुत हुने जिल्ला प्रहरी कार्यालय बाँकेले एक सार्वजनिक सूचना प्रकाशित गरेर सबैलाई जानकारी गराएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले प्रकाशित गरेको सूचनामा होलीको नाममा कसैमाथि पनि जबर्जस्ती रङ दल्ने, लोला हान्ने वा दुर्व्यवहार गर्ने कार्य भएको पाइएमा प्रहरीले कानुनअनुसार कारबाही गर्ने जनाउँदै सबैले पर्वलाई मर्यादित र संयमित रूपमा मनाउन आग्रह गरिएको छ ।
होलीको नाममा कसैले पनि मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउन, चाडपर्व मनाउने बहानामा अत्यधिक मादक पदार्थ सेवन नगर्न तथा पर्वको नाममा कुनै पनि अमर्यादित र उच्छृङ्खल काम नगर्न सो सूचनामार्फत प्रहरीले सबैलाई सचेत गरेको छ । कसैमाथि इच्छा विपरित रङ दल्ने काम गरिए वा अमर्यादित कार्य गरिएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय बाँकेमा खबर गर्न प्रहरीले अनुरोध गरेको छ ।
सोही प्रकारले जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले एक भिडियो सन्देश जारी गर्दै होली पर्वलाई मर्यादित र शान्तिपूर्ण तरिकाले सदभाव तथा प्रेमका साथ मनाउन सबै जिल्लावासीलाई आग्रह गरे ।
उनले पर्वका अवसरमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने, हेल्मेट नलगाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने लगायतका सवारी चालकलाई कारबाही गर्न मातहतलाई निर्देशन दिएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - २०:०८
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...
पौष ४ गते, २०८२ - २०:०१
लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...
पौष ४ गते, २०८२ - १९:२७
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...
पौष ४ गते, २०८२ - १९:२३
ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...
पौष ४ गते, २०८२ - १९:२१
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - १९:१६
सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...
पौष ४ गते, २०८२ - १८:२१
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...
पौष ४ गते, २०८२ - १८:१९
काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...
पौष ४ गते, २०८२ - १८:१६
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...
पौष ४ गते, २०८२ - १८:०३
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...




प्रतिकृया लेख्नुहोस्: