काठमाडौँ । प्रतिगमनविरुद्ध माओवादीले प्रतिरोध जुलुस निकाल्ने भएको छ । बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले पछिल्लो समय हिन्दुवादी, राजावादी सक्रियताले देशको परिस्थिति गम्भीर रहेको निष्कर्ष निकाल्दै प्रतिगमनविरुद्ध माओवादीले प्रतिरोध जुलुस निकाल्ने भएको हो ।
गम्भीर परिस्थितिलाई कसरी सामना गरेर जाने भन्ने विषयमा छलफल गर्न समाजवादी मोर्चाको बैठक आज ४ बजे बोलाइएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए । बैठकले कुनै निर्णय नगरेको उनले जिकिर गरे । साथै प्रतिगामी शक्तिको प्रतिरोधमा काउन्टर जुलुस निकाल्ने निर्णय भएको र मोर्चाको बैठकमा छलफल गरेर मात्र माओवादीले निर्णय गर्ने उनको भनाइ छ ।
‘देशको पछिल्लो राजनीतिक अवस्थाबारे समीक्षा भएको छ । अध्यक्षले सडकमा हिन्दुवादीको सक्रियता, प्रतिगामी तथा राजावादीको सक्रियताले राजनीति गम्भीर बन्दै गएको ब्रिफिङ गर्नुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति प्रतिकूल रहेकाले गणतन्त्रवादी र वामपन्थी शक्तिहरू मिलेर जानुपर्छ भन्ने कुरा राख्नुभएको छ । समाजवादी मोर्चामा आबद्ध दलहरूसँग छलफल गरेपछि प्रतिरोध जुलुस निकाल्ने निर्णय भएको छ । तिथि मिति तोकिएको छैन । यसबारे भोलि बस्ने बैठकले निर्णय गर्छ’, उनले भने ।
पौडेलले पूर्व–पश्चिम हुलाकी मार्ग अन्तर्गत बारा, पर्सा र चितवनको अभियान जारी राख्ने बताए । बाँकी ठाउँको विषयमा अर्को बैठकले निर्णय गर्ने उनकोे भनााइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २२ गते, २०८२ - १६:०८
पोखरा । फेवाताल संरक्षणसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयनका क्रममा ताल किनारबाट ६५ मिटरभित्र रहेका संरचना हटाउने प्रक्रिया अघि बढ्दा गृहमन्त्र...
चैत्र २२ गते, २०८२ - १५:५९
काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध जाहेरी नआएपछि उनलाई बलात्कार मुद्दा चलाउनेबारे प्रहरी अलमलिएको छ । अमेरिकामा बस्ने एक जना युवतीले आफू बलेब...
चैत्र २२ गते, २०८२ - १५:४३
काठमाडौं । कलाकार सागर लम्साल बलेलाई हत्कडीसहित सरकारी वकिल कार्यालय लगिएको छ। अमेरिकाबाट एक महिला कलाकारले लेखेको स्टाटसका आधारमा बलेलाई प्रहरीले ...
चैत्र २२ गते, २०८२ - १५:४२
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालय भव...
चैत्र २२ गते, २०८२ - १५:३९
कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर ब...
चैत्र २२ गते, २०८२ - १५:३२
ओखलढुङ्गा । कोसी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु ले जिल्ला अस्पताल ओखलढुङ्गाका कर्मचारीहरूलाई सेवाग्राहीहरूलाई अन्य अस्पताल धाउन नप...
चैत्र २२ गते, २०८२ - १५:१८
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबु...
चैत्र २२ गते, २०८२ - १५:१६
काठमाडौं । हाइ प्रोफाइलहरुलाई पक्राउ गरेर चर्चा कमाएको सरकारले मालपोत कार्यालय तुलसीपुरबाट बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ...
चैत्र २२ गते, २०८२ - १५:१२
काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज मा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०५.५० अंकले घटेर २ हजार ६ सय ७६ दशमलब ६८ विन्दुमा बन्द भएको हो। ...
चैत्र २२ गते, २०८२ - १५:१०
काठमाडौं । सरकारी कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने र ‘काम मिलाइदिन्छु’ भन्दै रकम असुल्ने बिचौलियाविरुद्ध ललितपुर प्रहरीले आक्रामक ‘सर्च अपरेसन’ चल...


प्रतिकृया लेख्नुहोस्: