Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

मूल्य वृद्धिका कारण विकास आयोजनाको काम प्रभावित

खबरडबली संवाददाता

बनेपा। मध्यपूर्वी देशहरूमा भएको द्वन्द्वका कारण जिल्लामा सञ्चालित विकास निर्माणको काम प्रभावित बनेको छ । द्वन्द्वका कारण नागरिकको सामान्य जनजीविकादेखि जिल्लामा सञ्चालित ठुला विकास निर्माणको काम प्रभावित बनेको हो । 

द्वन्द्वका कारण पेट्रोलियम पदार्थमा भएको भारी मूल्यवृद्धि तथा विकास निर्माणका लागि आवश्यक पर्ने निर्माण सामग्री खरिद तथा ढुवानीमा समस्या देखिएको हो । द्वन्द्वका कारण सडक कालोपत्रेका लागि आवश्यक पर्ने विटुमिन ९अलकत्रा० अभाव भएको छ । 

अलकत्रा अभावका कारण सूर्यविनायकदेखि धुलिखेलसम्म विस्तार भइरहेको सडकको काम प्रभावित बन्न पुगेको छ । सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख सुपरिटेन्डेन्ट इन्जिनियर विजयकुमार महत्तोले मध्यपूर्वी देशमा भएको द्वन्द्वका कारण आयोजनाको काम प्रभावित बन्न पुगेको बताए।

“द्वन्द्वका कारण पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएका कारण आयोजनाको सामग्री ढुवानी गर्ने सवारी साधन सञ्चालनमा समस्या देखिएको छ, साथै बजारमा कलकत्रा अभाव देखिएको छ । अलकत्रा अभाव हुँदा यसले गर्दा आयोजनाको काम समेत प्रभावित बन्ने खतरा बढेको छ” आयोजना प्रमुख महत्तोले भपे । 

उनले सुर्यविनायकदेखि धुलिखेलसम्मको सडक खण्डमा सडक विस्तार अन्तर्गत अन्य संरचना निर्माण सकिने चरणमा रहेको र अब अलकत्राको काम हुने भएकाले यसको अभावले आयोजनालाई प्रभावित बनाउने अवस्था रहेको बताए। 

“ढुङ्गा, गिट्टी, बालुवा, सिमेन्ट लगायतका सामग्री यतै पाइन्छ, अब हामीलाई सडक कालोपत्रे गर्नका लागि अलकत्रा आवश्यक पर्ने भएकाले अलकत्राको अभाव देखिएको छ, अहिले निर्माण व्यवसायीले महङ्गोमा अलकत्रा खरिद गरेका छन्, महङ्गो तिरे पनि सहज रूपमा पाउने अवस्था नभएकाले निर्माण व्यवसायीले काम रोक्ने मौखिक जानकारी गराएका छन्” आयोजना प्रमुख महत्तोले थपे । 

उनले सम्झौतामा निर्माण सामग्रीको दररेटभन्दा अहिलेको बजार मूल्य बढी भएकाले निर्माण व्यवसायीले आयोजना सम्झौता र स्टिमेटभन्दा बढी भुक्तानी नगर्ने भन्दै व्यवसायीले काम रोक्ने मौखिक कुरा गरेको बताए। 

उनले आयोजनाको भक्तपुर र काभ्रेपलाञ्चोक खण्डमा अबको काम अलकत्राको बढी हुने बताए। आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले मध्यपूर्वी देशको द्वन्द्वको असर यहाँको विकास निर्माणको काममा प्रत्यक्ष देखिएको बताए। उनले आयोजनाको काम समयमा नै सम्पन्न गर्नका लागि अलकत्रा अभावले असर गर्ने अवस्था रहेको बताए। 

उनले अयोजना अन्तर्गत काभ्रेपलाञ्चोक खण्डको कामको जिम्मा पाएको निर्माण व्यवसायीसँग मौज्दात रहेको अलकत्रा सकिएको र बजारमा सहज रूपमा उपलब्ध नभएका कारण काभ्रेपलाञ्चोकतर्फ अलकत्रा राखेर गर्ने काम रोकिएको बताए। उनले निर्माण व्यवसायीले महङ्गो मूल्य तिर्न तयार भएपनि नपाएको बताए।

उनले काभ्रेपलाञ्चोकतर्फ साढे दुई किलोमिटर सडकमा बेस हालेर अलकत्रा राखेर कालोपत्रे गर्न तयार भए पनि अलकत्रा नभएका कारण काम रोकिएको बताए। उनले काभ्रेपलाञ्चोकतर्फ २८ किलो, बनेपाको बुडोल, जनागाल क्षेत्रमा कालोपत्रे गर्न तयारी गरिए पनि अलकत्रा अभावका कारण काम हुन नसकेको बताए ।

लामो समयसम्म अलकत्राको अभाव देखिएमा आयोजनाको कामलाई असर गर्ने आयोजनाका अधिकारीको भनाइ छ । मध्यपूर्वी देशमा भएको द्वन्द्वका कारण पछिल्लो एक महिनाको अवधिमा अलकत्राको मूल्यमा ३० देखि ४० प्रतिशतसम्म वृद्धि भएको व्यवसायीहरू बताउँछन् । 

द्वन्द्वअघि प्रतिकिलोग्राम ८०–८२ रुपियाँमा बिक्री भएको इरानी अलकत्रा अहिले बजारमा पाउन छोडेको र इन्डियन आयल कर्पोरेसन(आइओसियल) मार्फत आउने गरेको अलकत्रा (५–१०) रुपियाँमा बिक्री भएकोमा अहिले १३० रुपियाँ प्रतिकिलोग्राम पुगेको व्यवसायीहरूको भनाइ छ ।  मूल्य वृद्धि भएपछि पछिल्लो समय आइओसियलको अलकत्रा बजारमा अभाव भएको छ । 

यसैगरी सडक डिभिजन भक्तपुरका प्रमुख सियिनर डिभिजनल इन्जिनियर सुमन योगेशले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि र अलकत्राको अभावका डिभिजन मार्फत सञ्चालित भएका योजनामा असर परेको बताए । उएले मूल्यवृद्धि र अलकत्राको अभावका कारण विपी राजमार्गको काभ्रेभन्ज्याङदेखि भकुण्डेबेँसीसम्मको ओभरले गर्ने काम रोकिएको बताए। उनले अलकत्राको अभावका कारण अरनिको राजमार्गको धुलिखेल–खावा सडक कालोपत्रे काममा समेत असर पुग्ने बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भीभीआईपी उपचार खर्च फिर्ताबारे ओली मौन, एमालेभित्रै असन्तुष्टि

काठमाडौं । गैरकानुनी रूपमा राज्य कोषबाट व्यहोरेको भीभीआईपी उपचार खर्च एमालेले पार्टी कोषबाट फिर्ता गरेपछि पार्टीभित्रै असन्तुष्टि देखिएको छ। यस विषयमा...

गोकर्णेश्वरका तीन वडामा बर्डफ्लु संक्रमण पुष्टि, नियन्त्रणका लागि विशेष अभियान

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका तीन वडामा घातक ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ (बर्डफ्लु) संक्रमण पुष्टि भएको छ। नगरपालिकाका अ...

तोलामा १३ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु एक हजार ३०० ले घटेको छ । सोमबार प्रतितोला रु दुई लाख ९२ हजार ८०० मा कारोबार भएको छापावा...

चार दिनदेखि हराएकी महिलाको शव फेला

उर्लाबारी। मोरङको उर्लाबारी–१ लक्ष्मीझारकी अन्दाजी ४५ वर्षीया सविता लिम्बूको शव बक्राहा खोला किनारमा फेला परेको छ। लिम्बू चार दिनदेखि हराइेको थिइन्। ...

कपिलवस्तुमा बस दुर्घटना, ३८ जना घाइते

कपिलवस्तु। जिल्लाको महाराजगञ्ज नगरपालिका–४ बरईपुरस्थित तौलिहवा–बहादुरगञ्ज हुलाकी सडकखण्डमा मङ्गलबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भए...

भेरी अस्पताल ‘हाइ अलर्ट’मा, हिटस्ट्रोक जोखिम बढ्यो

नेपालगन्ज। पश्चिम नेपालको बाँके, बर्दिया र कैलाली लगायतका जिल्लामा अत्यधिक गर्मीका कारण ‘हिटस्ट्रोक’ हुने जोखिम बढेपछि भेरी अस्पताललाई २४ सै घण्टा ‘हा...

बागमती प्रदेशसभाको बैठक बस्दै : नीति कार्यक्रम प्रस्तुत हुँदै

बागमती। बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ ।  प्रदेशसभाको आज साँझ ५:०० ब...

एक करोड जरिवाना तोकिएका फरार व्यक्ति पक्राउ

खजुरा। इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेले अदालतबाट एक करोड रुपियाँभन्दा बढी जरिवाना तोकिएर फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । विभिन्न मु...

जनकपुरधाममा सुत्केरी मृत्यु प्रकरण: उच्चस्तरीय छानबिन समिति गठन हुने

जनकपुरधाम। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत सुत्केरी महिलाको मृत्युपछि आइतबार उच्चस्तरीय छानबिन ...

धानको समर्थन मूल्य तोकियो, यस्तो छ मन्त्रिपरिषद्को बैठकका चारवटा महत्त्वपूर्ण निर्णय

काठमाडौँ। सरकारले वर्षे धानको समर्थन मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३र८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य त...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending