बर्दिबास । एसइई परीक्षामा महोत्तरीबाट सहभागी हुने परिक्षार्थीको सङ्ख्या यो वर्ष (०८१) १ दशमलव ०३२ प्रतिशतको झिनो अङ्कले वृद्धि भएको छ । तथापि नियमित साधारणतर्फका परीक्षार्थीको सङ्ख्या भने ७९ जनाले घटेको छ ।
शिक्षा विकाश तथा समन्वय एकाइ कार्यालय महोत्तरीका अनुसार आगामी चैत ७ गतेदेखि सञ्चालन हुने एसइईमा महोत्तरी जिल्लाबाट सहभागी हुने परीक्षार्थीको सङ्ख्या दस हजार ९४६ पुगेको हो । यसमध्ये नियमित साधारणतर्फ आठ हजार ७५२, प्रविधिकतर्फ ५०९ र ग्रेड वृद्धितर्फका परीक्षार्थीको सङ्ख्या एक हजार ६५० जना रहेको छ । यो वर्ष एसइई दिने छात्राको सङ्ख्या पाँच हजार ४६६ पुगेको एकाइ कार्यालय परीक्षा फाँटका पंकज झाले बताए ।
गत वर्ष (०८०) मा महोत्तरीबाट एसइई दिनेको कुल सङ्ख्या नौ हजार ४३१ मात्र थियो । त्यसमध्ये नियमित साधारणतर्फका परीक्षर्थीको सङ्ख्या आठ हजार ८३१ जना थियो । यो वर्ष परीक्षार्थीको सङ्ख्यामा उल्लेख्य वृद्धि नभएकोले गत वर्षको ३२ वटा परीक्षा केन्द्रलाई नै यो वर्ष पनि कायम राखिएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख रेविका अमात्यले बताए ।
तोकिएका केन्द्रमध्ये लक्ष्मी चण्डी मुरारका मावि जलेश्वरवाट सबैभन्दा बढी ४५७ जना तथा सबैभन्दा कम श्री मावि भङ्गाहा सीतापुरबाट २०८ जना विद्यार्थी सहभागी छन् । यो वर्ष महोत्तरीमा एसइईमा सहभागी हुने सामुदायिक विद्यालयको सङ्ख्या गत वर्षभन्दा ५ वटाले वृद्धि भई १०७ पुगेको छ । ३० वटा संस्थागत गरी १३७ माध्यमिक विद्यालयले यो वर्ष एसइईमा विद्यार्थी सहभागी गराएका अमात्यले जनाए । गत वर्ष सहभागी हुने विधालयको सङ्ख्या १३२ वटा मात्र थियो ।
यसअघि प्रमुख जिल्ला अधिारी लालवावु कवाडीको अध्यक्षतामा बसेको जिल्ला परीक्षा समन्वय समितिको बैठकले केन्द्र निर्धारण गरे पनि केन्द्रध्यक्ष भने अहिलेसम्म तोकेको छैन । यसबिच होली पर्ने भएकोले त्यसलगत्तै समितिले केन्द्रध्यक्ष तोक्ने र केन्द्रध्यक्षले सहायक केन्द्रध्यक्ष लगायतका परीक्षाकर्मी खटनपटन गर्ने सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जनाए ।
उनले भने, "प्रश्न पत्रको सुरक्षाको सवाल पनि भएकाले परीक्षाको दुई तीन दिन अघिमात्र केन्द्रध्यक्षलाई अभिमुखिकरण, उत्तरपुस्तिका लगायत परीक्षा सामग्री वितरण, सुरक्षाकर्मी परिचालन जस्ता बन्दोवस्ति गरिने छ ।" एकाइ प्रमुख रेविका अमात्यले परीक्षालाई स्वच्छ, मर्यादित र सदाचार युक्त बनाउन सवैको सहयोग, सहकार्य र शुभेच्छा प्राप्त हुनेमा आफूहरू आशावादी रहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - २०:२५
काठमाडौं । प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...
पौष १४ गते, २०८२ - २०:२०
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको न...
पौष १४ गते, २०८२ - २०:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमति भएको छ । दुवै पक्षबीच...
पौष १४ गते, २०८२ - १९:५७
काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । ...
पौष १४ गते, २०८२ - १९:५१
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा...
पौष १४ गते, २०८२ - १९:२८
मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल...
पौष १४ गते, २०८२ - १९:२१
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् । ...
पौष १४ गते, २०८२ - १९:१३
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...
पौष १४ गते, २०८२ - १९:०८
बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...
पौष १४ गते, २०८२ - १९:००
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...




प्रतिकृया लेख्नुहोस्: