Khabar Dabali २५ फाल्गुन २०८२ सोमबार | 9th March, 2026 Mon
Investment bank

महोत्तरीमा एसइई दिने परीक्षार्थीको सङ्ख्या वृद्धि

खबरडबली संवाददाता

बर्दिबास । एसइई परीक्षामा महोत्तरीबाट सहभागी हुने परिक्षार्थीको सङ्ख्या यो वर्ष (०८१) १ दशमलव ०३२ प्रतिशतको झिनो अङ्कले वृद्धि भएको छ । तथापि नियमित साधारणतर्फका परीक्षार्थीको सङ्ख्या भने ७९ जनाले घटेको छ ।

शिक्षा विकाश तथा समन्वय एकाइ कार्यालय महोत्तरीका अनुसार आगामी चैत ७ गतेदेखि सञ्चालन हुने एसइईमा महोत्तरी जिल्लाबाट सहभागी हुने परीक्षार्थीको सङ्ख्या दस हजार ९४६ पुगेको हो । यसमध्ये नियमित साधारणतर्फ आठ हजार ७५२, प्रविधिकतर्फ ५०९ र ग्रेड वृद्धितर्फका परीक्षार्थीको सङ्ख्या एक हजार ६५० जना रहेको छ । यो वर्ष एसइई दिने छात्राको सङ्ख्या पाँच हजार ४६६ पुगेको एकाइ कार्यालय परीक्षा फाँटका पंकज झाले बताए । 

गत वर्ष (०८०) मा महोत्तरीबाट एसइई दिनेको कुल सङ्ख्या नौ हजार ४३१ मात्र थियो । त्यसमध्ये नियमित साधारणतर्फका परीक्षर्थीको सङ्ख्या आठ हजार ८३१ जना थियो । यो वर्ष परीक्षार्थीको सङ्ख्यामा उल्लेख्य वृद्धि नभएकोले गत वर्षको ३२ वटा परीक्षा केन्द्रलाई नै यो वर्ष पनि कायम राखिएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख रेविका अमात्यले बताए । 

तोकिएका केन्द्रमध्ये लक्ष्मी चण्डी मुरारका मावि जलेश्वरवाट सबैभन्दा बढी ४५७ जना तथा सबैभन्दा कम श्री मावि भङ्गाहा सीतापुरबाट २०८ जना विद्यार्थी सहभागी छन् । यो वर्ष महोत्तरीमा एसइईमा सहभागी हुने सामुदायिक विद्यालयको सङ्ख्या गत वर्षभन्दा ५ वटाले वृद्धि भई १०७ पुगेको छ । ३० वटा संस्थागत गरी १३७ माध्यमिक विद्यालयले यो वर्ष एसइईमा विद्यार्थी सहभागी गराएका अमात्यले जनाए । गत वर्ष सहभागी हुने विधालयको सङ्ख्या १३२ वटा मात्र थियो ।

यसअघि प्रमुख जिल्ला अधिारी लालवावु कवाडीको अध्यक्षतामा बसेको जिल्ला परीक्षा समन्वय समितिको बैठकले केन्द्र निर्धारण गरे पनि केन्द्रध्यक्ष भने अहिलेसम्म तोकेको छैन । यसबिच होली पर्ने भएकोले त्यसलगत्तै समितिले केन्द्रध्यक्ष तोक्ने र केन्द्रध्यक्षले सहायक केन्द्रध्यक्ष लगायतका परीक्षाकर्मी खटनपटन गर्ने सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जनाए । 

उनले भने, "प्रश्न पत्रको सुरक्षाको सवाल पनि भएकाले परीक्षाको दुई तीन दिन अघिमात्र केन्द्रध्यक्षलाई अभिमुखिकरण, उत्तरपुस्तिका लगायत परीक्षा सामग्री वितरण, सुरक्षाकर्मी परिचालन जस्ता बन्दोवस्ति गरिने छ ।" एकाइ प्रमुख रेविका अमात्यले परीक्षालाई स्वच्छ, मर्यादित र सदाचार युक्त बनाउन सवैको सहयोग, सहकार्य र शुभेच्छा प्राप्त हुनेमा आफूहरू आशावादी रहेको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE