Khabar Dabali २५ फाल्गुन २०८२ सोमबार | 9th March, 2026 Mon
Investment bank

नागरिकता ऐन संशोधन विधेयकप्रति महिला कानुन व्यावसायी रुष्ट

खबरडबली संवाददाता

काठमाडौं । नागरिकता ऐन संशोधन विधेयक महिला अधिकारको प्रतिकुल रहेको महिला कानुन व्यावसायीहरूले आपत्ति जनाएका छन् ।

आइतबार सर्वोच्च बार एसाेसिएसन कानुन व्यवसायी महिला समितिले आयोजना गरेको ‘महिला अधिकारको दृष्टिकोणबाट नेपाल नागरिकता ऐन (संशोधन विधेयक),२०८१’ विषयक छलफल कार्यक्रममा बोल्दै उनीहरूले आपत्ति जनाएका हुन् ।

विधेयकमा संविधान अनुसार नै बाबु वा आमाको नामबाट सन्तानले नागरिकता पाउने व्यवस्था गरेको छ । तर आमाको नामबाट नागरिकता लिँदा बाबुको पहिचान खुलाउनुपर्ने वा बाबुको पहिचान हुन नसकेको वा खुलाउन नचाहेको अवस्थामा आमा वा सन्तानले ‘स्वघोषणा गर्नुपर्ने’ प्रावधान छ । उक्त व्यवस्थाले महिलालाई दोस्रो दर्जाको नागरिकको रूपमा स्थापित गर्न खोजेको उनीहरूको भनाइ छ ।

वरिष्ठ अधिवक्ता सुनिता रेग्मीले विधेयकमा रहेको ‘स्वघोषणाको अधिकारले’ महिलालाई दोस्रो दर्जाको नागरिक बनाएको बताइन । उनले विधेयकले महिलाको प्रजनन अधिकारको समेत अवमूल्यन गरेको जिकिर गरिन । उनले कुनै पनि छोरालाई ‘पहिचान नभएका’को छोरो भन्यो भने कस्तो स्थिति महसुस हुन्छ भन्दै प्रश्न समेत गरे । उनले विधेयकले महिलाको अस्तित्वलाई अस्वीकार गरेको कारण संशोधन गर्न जरुरी रहेको बताइन । 

‘‘विधेयकमा रहेको स्वघोषणाको अधिकारले हामीलाई दोस्रो दर्जाको नागरिक बनाउँछ । बाबुको पहिचान नभएको सन्ताले आमाको नामबाट नागरिकताबाट नागरिकता बनाउने प्रावधानले हामीलाई दोस्रो दर्जाको नागरिकको रूपमा स्थापित गरिदियो । अर्को हाम्रो प्रजनन अधिकारको अवमूल्यन समेत गरेके छ ।,’’ उनले भनिन्, ‘‘प्राकृतिक रूपमा जुन हाम्रो क्षमता छ त्यसलाई समेत अवमूल्यन गर्यो । सम्बोधन गर्नुपर्ने ठाउँमा महिलाका लागि लज्जास्पद स्थिति हो । कुनै पनि छोरोले पहिचान नभएकाको छोरो भन्यो भने कस्तो स्थिति हुन्छ ? र महिलाको स्वतन्त्र अस्तित्वलाई चाँही अस्विकार गरियो । पुरुषको छत्रछायामा बसेनौं भने तिमीहरूलाई गाह्रो हुन्छ भन्न खोजेको हो यो ।’’

अधिवक्ता शान्तिदेवी खनालले राज्यले बाबुको पहिचान नभएका छोराछोरीहरूले नागरिकता पाउनेक्रममा विभेद पीडावोध हुने व्यवस्था गरेको बताइन । उनले नेपाली पुरुष र विदेशी महिलाबिचको सम्बन्धमा जन्मिएको सन्तानले वंशजको आधारमा नागरिकता पाउने तर नेपाली महिला र विदेशी पुरुषबिचको सम्बन्धबाट जन्मिएको सन्तानल अङ्गिकृत नागरिकता पाउने व्यवस्था गरिएको भन्दै यो मान्य नहुने बताइन । उनले यसका विरुद्धमा महिला अधिकारकर्मीहरूले लड्न जरुरी रहेको बताइन । 

‘‘राज्यले छोरा र छोरीलाई नागरिकताका बनाउने क्रममा पीडावोध हुने, विभेदमा थिचिएको अनुभूति हुने गरी विभेद गर्ने काम गरेको छ । मूल कानुनमा के लेखियो त भन्दा एउटै घरमा जन्मिएको छोराले विदेशी महिलासँगको सम्बन्धबाट जन्मिएकाले वंशजको नागरिकता पाउँछ ।,’’  उनले भनिन्. ‘‘तर नेपाली महिलाले विदेशी पुरुषसँगको सम्बन्धबाट जन्मिएको बच्चाले अङ्गिकृत नागरिकता पाउँछ भनेर प्रष्टसँग भन्नुहुन्छ के । अब यसलाई समानतामा परिणत गर्ने दायित्व कसको हो त ? के अबका छोरीहरूको दायित्व हो कि होइन ? संविधान र कानुनमा भएका विभेदहरूलाई परिवर्तन गर्नका लागि नयाँ पुस्ता कत्तिको प्रतिबद्ध छ ?’’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE