काठमाडौं । चन्द्रागिरि नगरपालिकाले विभिन्न पाँच विधामा उत्कृष्ट योगदान पुर्याएका नगर क्षेत्रका १४ महिलालाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा चन्द्रागिरि नगरपालिकाद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो ।
समाजसेवामा समर्पित भई अतुलनीय योगदान पुर्याएबापत स्थानीय शारदा खतिवडा, रुकुमिणी गिरी र यमुनादेवी श्रेष्ठ, महिला अधिकारका क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै शान्ति महर्जन र दुर्गा तिमिल्सिना तथा नगर क्षेत्रबाट हालै विद्यावारिधि हासिल गरेका डा.मिनु सिग्देल लोहनी र डा.सुनिता थापालाई सम्मान गरिएको हो ।
यसैगरी महासेनानी अञ्जु कार्की रायमाझी, उद्यमी कृष्णप्रभा जोशी, मीना गोपाली, पार्वती कार्की, इन्द्रमाया महर्जन, रञ्जिता न्यौपाने र दीना श्रेष्ठलाई समेत सम्मान गरिएको छ । कार्यक्रममा नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठ, निमित्तप्रमुख प्रशासकीय अधिकृत सुजनराज खनाल, चन्द्रागिरि–१५ का वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक घनश्याम लुइँटेलले सम्मानित व्यक्तित्वलाई सम्मानपत्र एवं दोसल्ला ओढाएर सम्मान गरे ।
त्यस अवसरमा नगरप्रमुख गिरीले महिलाहरूको विकासका लागि नगरपालिकाले उच्च प्राथमिकता दिँदै उनीहरूको सशक्तीकरण, नेतृत्व विकास र उद्यमशीलतामा काम गरिरहेको बताए । उनले संविधानले अवलम्बन गरेको समानुपातिक समावेशी सिद्धान्तलाई आत्मसात् गर्दै महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गर्न पालिका सचेत रहेको बताए ।
उपप्रमुख श्रेष्ठले स्थानीय, प्रदेश र सङ्घीय सरकारको संयुक्त सहकार्य र समन्वयमा नगर क्षेत्रका महिलाहरूको क्षमता अभिवृद्धि र सशक्तीकरणका कार्यक्रम सञ्चालन भइराखेको बताए । नगरपालिकाको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण शाखाका प्रमुख महिला विकास अधिकृत रश्मी श्रेष्ठ र महिला विकास अधिकृत अनिता पौडेलले समावेशी योजना तयार गर्न सहयोग पुग्ने अपेक्षासहित नगर क्षेत्रमा बसोबास गरिरहेका लब्धप्रतिष्ठित महिलाहरूको विवरण तयार गरिने बताइन ।
सम्मानित हुनेतर्फ बागमती प्रदेशसभा सदस्यसमेत रहेकी यमुनादेवी श्रेष्ठ, समाजसेवीद्वय खतिवडा र गिरीले नगरपालिकाले महिलालाई सम्मान गर्ने कार्यक्रम राम्रो रहेको चर्चा गर्दै यसले समावेशी विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: