बैङ्कक । म्यान्माको सेनाप्रति बफादार सरकारका प्रमुखले सन् २०२१ मा सेनाले ‘कू’ गरेपछि युद्धग्रस्त देशमा पहिलो पटक डिसेम्बर वा अर्को वर्षको जनवरीमा निर्वाचन हुने बताएका छन् ।
“हामी ‘सन् २०२५ वा सन् २०२६ को जनवरीसम्म’ मा चुनाव गर्ने योजना बनाइरहेका छौँ,” म्यान्माको राष्ट्रिय पत्रिका ‘ग्लोबल न्यू लाइट अफ म्यान्मा’मा शनिबार प्रकाशित समाचारमा जुन्टा प्रमुख जनरल मिन आङ ह्लाइङलाई उद्धृत गर्दै उल्लेख गरिएको छ । शुक्रबार बेलारुसको राजकीय भ्रमणका क्रममा उनले ‘मतदान ‘स्वतन्त्र र निष्पक्ष’ हुने बताउँदै ५३ वटा राजनीतिक दलले भाग लिनका लागि ‘आफ्नो सूची बुझाएको’ बताएका छन् ।
मिन्स्कमा बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोसँगको भेटमा उनले भने, “हामी बेलारुसबाट पनि अवलोकन टोलीलाई आमन्त्रण गर्दछौँ ।” सन् २०२० को चुनावमा ठूलो धाँधली भएको निराधार दाबी गर्दै नोबेल पुरस्कार विजेता आङ सान सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले जितेको निर्वाचित सत्तालाई सन् २०२१ मा म्यान्माको सेनाले आफ्नो नियन्त्रणमा लिई सेनाप्रति बफादार नेतृत्वलाई जिम्मेवारी दिएको थियो ।
त्यसपछि उसले असहमतिमाथि रक्तपातपूर्ण दमन सुरु गरेको थियो र देशको अधिकांश भूभागमा लडाईंले तहसनहस पारिरहेको छ । जुन्टा सरकारले नयाँ चुनावको योजनामा पटक-पटक ढिलाइ गरेको छ तर सरकारका आलोचकहरूले ‘स्वतन्त्र र निष्पक्ष’ निर्वाचन हुनेमा आशङ्का व्यक्त गरेका छन् । जातीय विद्रोही समूह र लोकतन्त्र समर्थक ‘पिपुल्स डिफेन्स फोर्सेज’बाट आफ्नो शासनको व्यापक विरोधलाई दबाउन जुन्टा सङ्घर्षरत छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: