काठमाडाैं । जिल्लाको सबैभन्दा पश्चिमी गाविस थियो गाम्नाङटार । सर्वसाधारणलाई सदरमुकामदेखि गाम्नाङ पुग्न पैदल डेढदेखि दुई दिन लाग्थ्यो । पिठ्यूँमा झोला बोकेर लम्किए पछि पूर्णमाया खड्का एक दिनमा पुग्थिन् । १७–१८ वर्षअघिको कुरा हो । ‘त्यो बेला जोसजाँगरमा कमी थिएन,’ पूर्णमायाले विगत सम्झिन्, ‘अहिले त्यसरी हिँड्न कहाँ सकिन्छ र ?’
सडक थिएन । हिंडेरै झोलुंगे पुल निर्माणका लागि उनी गाउँगाउँ पुग्थिन् । झोलुंगे पुलकी पहिलो महिला प्राविधिक उनलाई गाउँलेले स्वागत गर्थे । झोलुंगे पुल बन्नु गाउँका लागि ठूलो विकास थियो । खोलामा बगेर अकालमा ज्यान गुमाउँदै आएकालाई त्यो भन्दा ठूलो विकास अरु हुने कुरै भएन । ५२ वर्षिया पूर्णमायाको अहिले पनि कामको तालिका उस्तै छ । फरक यत्ति छ, अचेल उनी गाडी चढेर गाउँ पुग्छिन् । सिद्धिचरण नगरपालिका–९ ज्यामीरेकी पूर्णमाया झोलुंगे पुल निर्माणक्षेत्रकी पहिलो महिला प्राविधिक हुन् । नेपाल सरकारले गैरसरकारी संस्थाको प्राविधिक सहयोगमा झोलुंगे पुल निर्माण गर्ने व्यवस्था २०६१ मा ल्यायो ।
सहयोगी हातहरूको समूह (सहास) नेपाल नामक संस्थाले ओखलढुंगामा काम गर्ने अनुमति पायो । सोही संस्थाको प्राविधिकको रुपमा उनले काम थालिन् । २०४८ मा एसएलसी दिएकी उनले प्राविधिक शिक्षालय जिरिबाट प्राविधिक शिक्षा लिएकी हुन् । ‘मैंले तालिम लिँदा र काम शुरु गर्दा नेपालमा झोलुंगे पुल निर्माणमा महिला प्राविधिक कोही थिएनन्,’ पूर्णमायाले भनिन्, ‘पछि सरकारी कार्यालयमा महिला प्राविधिक आए । गैरसरकारी निकायमा महिला प्राविधिकको संख्या थपिँदो छ ।’ उनको प्राविधिक नेतृत्वमा जिल्लामा दर्जनाै यस्ता पुल निर्माण भइसकेका छन् । कति त निर्माणको चरणमा छन् ।
उपभोक्ता समिति मार्फत बनाइने १ सय २० मीटरसम्म लामा झोलुंगे पुल सस्तो र राम्रो डिजाइन मानिन्छ । नेपालमै डिजाइन भएको यस्तो पुल प्रविधि अन्य देशले समेत नेपालबाट सिक्न थालेका छन् । महिला प्राविधिक हुँदा उनलाई सबैभन्दा बढी उपभोक्ताले विश्वास गरे । कामको गुणस्तरमा सम्झौता नगर्ने, दुःख नदिने, कमिसन नमाग्ने उनको बानीलाई उपभोक्ता प्रशंसा गर्छन् ।
‘पूर्ण मिसले काममा कहिल्यै सम्झौता गर्नुभएन, गाउँमा पुलको योजना पार्नेदेखि लिएर सम्पन्न गर्नेसम्म उहाँले धेरै सहयोग गर्नुभयो,’ मोलुङ गाउँपालिका–८ सखरे खोला पुल उपभोक्ता समितिका अध्यक्ष ङिमा शेर्पाले भने, ‘कामप्रतिको उहाँको लगाव प्रशंसनीय छ ।’ यि पुल पहिले जिल्ला विकास समिति मातहत बन्ने गर्थ्यो । जिविसले हेरालु राख्थ्यो । अहिले स्थानीय तह र प्रदेश सरकार दुवैले बनाउने प्रावधान छ । हेरालु स्थानीय तहले राख्ने व्यवस्था नेपाल सरकार संघीय मामिला मन्त्रालय अर्न्तगत पूर्वाधार विभागले गरेको छ । तर जिल्लामा विभागको परिपत्र दुई स्थानीय तहले मात्रै कार्यान्वयन गरेका छन् । निर्माण सम्पन्न भइसकेका झोलुंगे पुल हेरचाह र संरक्षण स्थानीय तहले गर्नुपर्छ भन्दै गाउँपालिकामा पुर्णमाया पुगिरहेकी छन् ।
‘राज्यले करोडौं, अर्बौं खर्च गरेको छ,’ उनी भन्छिन्, ‘तर राज्यकै निकायले यसलाई बेवास्ता गरिरहेको छ । म आफू यही क्षेत्रमा लामो समय काम गरेकोले होला, साह्रै माया लाग्छ । तर मेरो कुरा कसैले सुनेनन् ।’ मोलुङ गाउँपालिका र सिद्धिचरण नगरपालिका बाहेक कुनै स्थानीय तहले बनिसकेका पुलको हेरचाह, संरक्षण, मर्मत गरेको छैन । जिल्लाभित्र तत्कालीन जिविस, कादुरी लगायतले गरि जम्मा २ सय भन्दा बढी झोलुंगे पुल बनाएका छन् ।
(यो समाचार २०७९ जेष्ठ ३०मा ओखलढुंगाबाट कुम्भराज राईले कान्तिपुर दैनिकमा लेखेका थिए ।)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २१ गते, २०८२ - १०:३१
विराटनगर । मोरङको उर्लाबारीमा प्रहरीले प्रतिबन्धित औषधि तथा लागुऔषध भण्डारण गरी कारोबार भइरहेको आशंकामा छापा मार्दा ठूलो परिमाणमा ट्याब्लेट, ब्राउन सु...
चैत्र २१ गते, २०८२ - १०:२९
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी लडाकु विमान खसालेको घटनाले इरानसँगको कुनै पनि वार्तामा कुनै असर नपर्ने बताएका छन्। एनबीसी न्...
चैत्र २१ गते, २०८२ - १०:२६
मकवानपुर । बागमती प्रदेशमा पछिल्लो तीन आर्थिक वर्ष र चालु आवको मंसिरसम्म १ हजार ८ सय ३० जना बालबालिका हराएको तथ्यांक सार्वजनिक भएको छ। प्रदेश प्रहरी क...
चैत्र २१ गते, २०८२ - १०:१७
काठमाडौं । इरानको दक्षिणी भागमा अमेरिकाको एउटा एफ-१५ लडाकू विमान खसालिएको खबर आएको छ। विमान खसालिएपछि त्यसमा रहेका चालक दलका सदस्यहरूलाई खोज्नका लागि ...
चैत्र २१ गते, २०८२ - १०:१५
काठमाडौं । नेपाली समाजमा बलात्कारजस्ता जघन्य अपराधप्रति देखिएको सामाजिक प्रतिक्रिया र न्यायिक प्रक्रियाको ढिलासुस्तीले न्याय प्रणालीमाथिको जनविश्वास क...
चैत्र २१ गते, २०८२ - ०९:४७
पोखरा । फेवाताल किनारमा मापदण्डविपरीत बनेका अस्थायी संरचनामा शनिबार बिहानैदेखि डोजर चलाइएको छ। गृह मन्त्रालयको निर्देशनपछि तालको ६५ मिटर सीमाभित्र पर्...
चैत्र २१ गते, २०८२ - ०९:४४
काठमाडौं । राजधानीको सार्वजनिक सुरक्षा सुदृढ गर्ने उद्देश्यले प्रहरीले सञ्चालन गरेको ‘अपरेशन सेफ्टी’ अन्तर्गत १८ जना पक्राउ परेका छन्। शुक्रबार रात...
चैत्र २१ गते, २०८२ - ०९:४०
काठमाडौँ । प्रहरीले कलाकार सागर लम्साल (बले)लाई बूढानीलकण्ठको कपन, बालुवाखानीबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश...
चैत्र २१ गते, २०८२ - ०९:३८
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि आजदेखि औपचारिक प्रक्रिया सुरू गरेको छ। केन्द्रीय कार्यसमितिको निर्णयअनुसार महाधिवेशन आगामी असोज १६ ...
चैत्र २१ गते, २०८२ - ०९:३७
रौतहट । रौतहटको सरकारी कार्यालयमा सेवाग्राहीलाई विभिन्न बहानामा दुःख दिने पाँच जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा यमुनमाई ...


प्रतिकृया लेख्नुहोस्: