काठमाडौं । राजधानीको सार्वजनिक सुरक्षा सुदृढ गर्ने उद्देश्यले प्रहरीले सञ्चालन गरेको ‘अपरेशन सेफ्टी’ अन्तर्गत १८ जना पक्राउ परेका छन्।
शुक्रबार राति जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त सक्रियतामा विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाका अनुसार सार्वजनिक जनजीवन भयरहित बनाउने नीतिअनुसार अभियान तीव्र पारिएको छ।
परिसरको टोलीले पाँच जनालाई नियन्त्रणमा लिएको छ भने अपराध अनुसन्धान कार्यालय टेकुले थप १३ जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार बौद्ध क्षेत्रमा सक्रिय रहेको आरोपमा डिम्पल भनिने प्रविण तामाङ पक्राउ परेका छन्। त्यस्तै, कलंकी–बाफल क्षेत्रमा बिर्जु महर्जन र कलंकी बस टिकट काउन्टर तथा पेट्रोल पम्प आसपास सक्रिय सुजन कार्कीलाई नियन्त्रणमा लिइएको छ। स्यूचाटार क्षेत्रमा सक्रिय सरु गुमागार्इ र बौद्धमा लुटपाट तथा गुण्डागर्दीमा संलग्न रहेको आरोपमा विकि लामालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहरप्रसाद भट्टका अनुसार दरबारमार्ग, बौद्ध, ठमेल लगायतका क्षेत्रबाट अन्य व्यक्तिहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो।
प्रहरीले राजधानीमा आपराधिक गतिविधि नियन्त्रणका लागि यस्ता अभियानलाई निरन्तरता दिइने जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २१ गते, २०८२ - १०:३१
विराटनगर । मोरङको उर्लाबारीमा प्रहरीले प्रतिबन्धित औषधि तथा लागुऔषध भण्डारण गरी कारोबार भइरहेको आशंकामा छापा मार्दा ठूलो परिमाणमा ट्याब्लेट, ब्राउन सु...
चैत्र २१ गते, २०८२ - १०:२९
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी लडाकु विमान खसालेको घटनाले इरानसँगको कुनै पनि वार्तामा कुनै असर नपर्ने बताएका छन्। एनबीसी न्...
चैत्र २१ गते, २०८२ - १०:२६
मकवानपुर । बागमती प्रदेशमा पछिल्लो तीन आर्थिक वर्ष र चालु आवको मंसिरसम्म १ हजार ८ सय ३० जना बालबालिका हराएको तथ्यांक सार्वजनिक भएको छ। प्रदेश प्रहरी क...
चैत्र २१ गते, २०८२ - १०:१७
काठमाडौं । इरानको दक्षिणी भागमा अमेरिकाको एउटा एफ-१५ लडाकू विमान खसालिएको खबर आएको छ। विमान खसालिएपछि त्यसमा रहेका चालक दलका सदस्यहरूलाई खोज्नका लागि ...
चैत्र २१ गते, २०८२ - १०:१५
काठमाडौं । नेपाली समाजमा बलात्कारजस्ता जघन्य अपराधप्रति देखिएको सामाजिक प्रतिक्रिया र न्यायिक प्रक्रियाको ढिलासुस्तीले न्याय प्रणालीमाथिको जनविश्वास क...
चैत्र २१ गते, २०८२ - ०९:४७
पोखरा । फेवाताल किनारमा मापदण्डविपरीत बनेका अस्थायी संरचनामा शनिबार बिहानैदेखि डोजर चलाइएको छ। गृह मन्त्रालयको निर्देशनपछि तालको ६५ मिटर सीमाभित्र पर्...
चैत्र २१ गते, २०८२ - ०९:४४
काठमाडौं । राजधानीको सार्वजनिक सुरक्षा सुदृढ गर्ने उद्देश्यले प्रहरीले सञ्चालन गरेको ‘अपरेशन सेफ्टी’ अन्तर्गत १८ जना पक्राउ परेका छन्। शुक्रबार रात...
चैत्र २१ गते, २०८२ - ०९:४०
काठमाडौँ । प्रहरीले कलाकार सागर लम्साल (बले)लाई बूढानीलकण्ठको कपन, बालुवाखानीबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश...
चैत्र २१ गते, २०८२ - ०९:३८
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि आजदेखि औपचारिक प्रक्रिया सुरू गरेको छ। केन्द्रीय कार्यसमितिको निर्णयअनुसार महाधिवेशन आगामी असोज १६ ...
चैत्र २१ गते, २०८२ - ०९:३७
रौतहट । रौतहटको सरकारी कार्यालयमा सेवाग्राहीलाई विभिन्न बहानामा दुःख दिने पाँच जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा यमुनमाई ...


प्रतिकृया लेख्नुहोस्: