काठमाडौँ । प्रहरीले कलाकार सागर लम्साल (बले)लाई बूढानीलकण्ठको कपन, बालुवाखानीबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश थापाका अनुसार गम्भीर विषयमा उजुरी परेका कारण उनलाई पक्राउ गरिएको हो ।
उनीमाथि कलाकार परिवारकै सदस्यले बलात्कारको आरोप लगाएका थिए ।
अमेरिकामा रहेकी उनले शुक्रबार बलेमाथि अमेरिकामै बलात्कार गरेको बताउँदै फेसबुकमा लेखेकी थिइन् ।
पीडित युवतीको पछिल्लो स्ट्याटस
मलाई नखरमाउली, छोरा मान्छेको जिन्दगी बर्बाद गर्ने, सुत्ने बेला आँखा नदेख्ने, मन मिल्ने चमत्कार नमिले बलात्कार भन्ने हजुरहरूलाई ।
धेरै एक युवती–युवती भनेर पढ्न मन लागेन, सो मेरो परिचय दिँदै छु है । नमस्कार, म संगम विष्ट, २ वर्षको उमेरदेखि डान्समा लागेको र ५ वर्षको उमेरदेखि फिल्म इन्डस्ट्रीमा लागेको एउटा कलाकार । जसले आफ्नो पूरा बालापन सेटको खाना खादै, एउटा हातमा स्क्रिप्ट र अर्को हातमा स्कुलको पुस्तक बोकेर, “लाइट, क्यामरा, एक्सन” सुनेर हुर्केको मान्छे । वर्षौं आफ्नो मेहनतले, सेटमा कयौँ अनिदा रातहरू, परिवारको अमूल्य साथ र स्कुलको टुरिस्ट भएर १३ वर्षको उमेरमा (सर्वोत्कृष्ट अभिनेत्री) बिदामा राष्ट्रपति रामबरण यादवको हातबाट (नेसनल अवार्ड) र साथै विभिन्न बिदामा अवार्ड पाउने कलाकार । जसको काका नेपालका एक टप कोरियोग्राफर, बाबा एउटा कलाकार र भाइ वल्ड्र्स योगेस्ट फिल्म डाइरेक्टर ।
दुखको कुरा हो, आज मैले बजारमा सामान बेचे जस्तो आफ्नो मूल्य भन्न परिरहेको छ ताकि मेरो आवाजको केही भार होस् ।
लाग्थ्यो जस्तो–तस्तो गरेर यो राक्षससँग लड्छु भनेर, आज एउटै दिनमा हाम्रो समाजमा कति धेरै राक्षस छन् भनेर थाहा पाएँ । मेरो काकाले फालेको म्युजिक भिडियो कुकुर जस्तो टिप्दै अघि बढेको त्यो भुस्याहा कुकुरलाई मैले फिल्म इन्डस्ट्रीमा आउन फसाएँ भनेर पढ्दा हाँस उठ्यो । जसले आफ्नो टाउकोको कपाल सबै गइसकेर विग लगाउनु पर्छ, त्योसँग म प्रेम सम्बन्धमा हुने त्यस्तो खत्तम दिन पनि आएको थिएन र कहिले आउन पनि नपरोस् ।
देख्न पाएँ हाम्रो समाजको सोच कति घटिया छ भनेर, सायद जीवन त्यागेको भए मेरो शब्दको आज अर्थ हुन्थ्यो जस्तो लाग्यो ।
त्यसपछि आयो माया, आफ्नो मान्छे, अपरिचित सबै जनाबाट धेरै माया, आशा,साथ र विश्वास । र थाहा पाएँ, मेरो कथा त मभन्दा ठूलो भइसकेको छ । मेरो कथामा, कति म जस्तै दिदी–बैनीको कथा मिसिन पुग्यो जसले अहिलेसम्म आवाज उठाउन पाउनु भएको छैन, किनकि हाम्रो समाजमा राक्षसको मूल्य धेरै छ। थाहा पाएँ, मेरो आवाज अब मेरो मात्र नभएर सबै दिदी–बैनीहरूको दबिएको आवाज बनेको छ । र आफ्नो परिवार, र सबै जनाको साथले महसुस गरेँ, मैले अब यो लडाइँ मेरो लागि मात्र होइन सबैको लागि जित्नु पर्छ भनेर । कत्थक डान्स गर्ने म, अब गर्छु “ताण्डव ।”
र पैसा को लागि गरेँ, जीवन बर्बाद गर्न गरेँ, ब्रेकअप भएर गरेँ, इन्डस्ट्रीमा पस्नको लागि गरेँ भन्ने सबै हाम्रो महान् नेपाली जनताहरुलाई भन्न चाहन्छु, होइन हजुर, त्यसको सास छातीबाट च्यातेर भुईँमा झार्नको लागि गरेको हो। ती सबै दिदी–बैनीहरूलाई एउटा आशा बन्नको लागि गरेको हो । धेरै केही भन्नु छैन । यति भन्छु‘कित त जेल जान्छ‘ कि त उसको ज्यान जान्छ ।
हाम्ले एउटी नारीको सहनशीलता, बुद्धि, न्यानोपन र निःस्वार्थ माया देखेको छौँ। अब एउटी नारीको क्रोध हेर्नु ।
म एउटा हातमा आफ्नो स्वाभिमान, इज्जत, संघर्ष, आत्मविश्वास र कथा बोकेर लडिरहेको छु भने अर्को हातमा त्रिशूल लिएर । न्याय पाए ठिक छ, नत्र यो पाली दुर्गा पूजा छिट्टै मनाइन्छ जस्तो छ ।
माः दुर्गा ले सबैको रक्षा गरुन् ।
जय नारी ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २१ गते, २०८२ - १०:३१
विराटनगर । मोरङको उर्लाबारीमा प्रहरीले प्रतिबन्धित औषधि तथा लागुऔषध भण्डारण गरी कारोबार भइरहेको आशंकामा छापा मार्दा ठूलो परिमाणमा ट्याब्लेट, ब्राउन सु...
चैत्र २१ गते, २०८२ - १०:२९
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी लडाकु विमान खसालेको घटनाले इरानसँगको कुनै पनि वार्तामा कुनै असर नपर्ने बताएका छन्। एनबीसी न्...
चैत्र २१ गते, २०८२ - १०:२६
मकवानपुर । बागमती प्रदेशमा पछिल्लो तीन आर्थिक वर्ष र चालु आवको मंसिरसम्म १ हजार ८ सय ३० जना बालबालिका हराएको तथ्यांक सार्वजनिक भएको छ। प्रदेश प्रहरी क...
चैत्र २१ गते, २०८२ - १०:१७
काठमाडौं । इरानको दक्षिणी भागमा अमेरिकाको एउटा एफ-१५ लडाकू विमान खसालिएको खबर आएको छ। विमान खसालिएपछि त्यसमा रहेका चालक दलका सदस्यहरूलाई खोज्नका लागि ...
चैत्र २१ गते, २०८२ - १०:१५
काठमाडौं । नेपाली समाजमा बलात्कारजस्ता जघन्य अपराधप्रति देखिएको सामाजिक प्रतिक्रिया र न्यायिक प्रक्रियाको ढिलासुस्तीले न्याय प्रणालीमाथिको जनविश्वास क...
चैत्र २१ गते, २०८२ - ०९:४७
पोखरा । फेवाताल किनारमा मापदण्डविपरीत बनेका अस्थायी संरचनामा शनिबार बिहानैदेखि डोजर चलाइएको छ। गृह मन्त्रालयको निर्देशनपछि तालको ६५ मिटर सीमाभित्र पर्...
चैत्र २१ गते, २०८२ - ०९:४४
काठमाडौं । राजधानीको सार्वजनिक सुरक्षा सुदृढ गर्ने उद्देश्यले प्रहरीले सञ्चालन गरेको ‘अपरेशन सेफ्टी’ अन्तर्गत १८ जना पक्राउ परेका छन्। शुक्रबार रात...
चैत्र २१ गते, २०८२ - ०९:४०
काठमाडौँ । प्रहरीले कलाकार सागर लम्साल (बले)लाई बूढानीलकण्ठको कपन, बालुवाखानीबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश...
चैत्र २१ गते, २०८२ - ०९:३८
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि आजदेखि औपचारिक प्रक्रिया सुरू गरेको छ। केन्द्रीय कार्यसमितिको निर्णयअनुसार महाधिवेशन आगामी असोज १६ ...
चैत्र २१ गते, २०८२ - ०९:३७
रौतहट । रौतहटको सरकारी कार्यालयमा सेवाग्राहीलाई विभिन्न बहानामा दुःख दिने पाँच जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा यमुनमाई ...


प्रतिकृया लेख्नुहोस्: