काठमाडौँ। काठमाडौँ महानगरपालिकाभित्र करिब एक हजार ९०० सहकारी सञ्चालनमा छन् । सञ्चालनमा रहेको सहकारीमध्ये ५० प्रतिशतले पनि नियमित रूपमा प्रतिवेदन बुझाउँदैनन् । नियमित रूपमा प्रतिवेदन नबुझाउने सहकारी बढी हुनु भनेको त्यस्ता सहकारीमा समस्या छन् भन्ने हो ।
कामपा सहकारी विभागका अनुसार आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेका करिब एक हजार ९०० सहकारीमध्ये नियमित रूपमा ७२३ ले मात्रै वार्षिक प्रतिवेदन बुझाउने गरेका छन् । कामपा सहकारी विभागका प्रमुख धुव्रकुमार काफ्लेका अनुसार महानगरले यस अघि पटक पटक नियमित रूपमा वार्षिक प्रतिवेदन बुझाउनक आग्रह गर्दै आएको छ । लामो समयसम्म पनि विभिन्न बहानामा वार्षिक प्रतिवेदन नबुझाए कानुनी प्रक्रियामा जाने कामपाको तयारी छ ।
काफ्लेले भने, “कति सहकारी सम्पर्कमा नै आउँदैन, कति कारबाहीमा परेको हुनले गर्दैनन् सहकारीले कानुनविपरीत ऋण प्रवाह गरेका सहकारीले पनि नियमित रूपमा प्रतिवेदन नबुझाउने अभ्यास छ । ती सहकारी संस्थालाई तत्काल वार्षिक साधारणसभा सम्पन्न गरी लेखा परीक्षण प्रतिवेदन साधारणसभाको निर्णय तथा वार्षिक प्रतिवेदन कामपा सहकारी विभागमा बुझाउन यसअघि निर्देशन दिइसकेको छ ।”
उनका अनुसार लामो समयदेखि साधारणसभा प्रतिवेदन नबुझाएका सहकारीलाई खोरेजीको प्रक्रियामा लैजाँदा बचतकर्ताको रकम हिनामिना हुने भएकाले महानगरले पहिले प्रतिवेदन त्यसपछि खारेजी प्रक्रिया अघि बढाउने भएको छ ।
ब्याजको लोभमा साँवा गुम्ला !
कामपाले धेरै ब्याजको लोभमा साँवा गुम्नबाट बच्नका लागि बचत कर्ताका लागि आग्रह गरेको छ । कामपा सहकारी विभागका काफ्लेका अनुसार बचत गरीसकेपछि पछुताउनुभन्दा बचत गर्नुपूर्वनै उक्त सहकारी नियम अनुसार सञ्चालन भएको हो कि छैन, उक्त सहकारीको् लेखा परीक्षण नियमित गरिएको छैकी छैन, ब्याजदर स्वभाविक छ की छैन, संस्थाको वित्तीय पारदर्शिकता कस्तो छ, नियामक निगरानी छ की छैन, जस्ता विषय बुझेर मात्र पैसा बचत गर्नुपर्छ ।
प्रमुख काफ्लेले भने, “मेरोको साथीको सहकारी, आफन्तले सञ्चालन गरेको सहकारी हो मैले सुजबुजबिनै पैसा बचत गर्न भइहाल्छ भन्ने मानसिकताबाट ढाडा रहनुपर्छ अन्यथा बचत डुब्न सक्छ ।” अहिले धेरै सहकारी आफ्ना आफ्ना मिलेर सञ्चालन गर्दा समस्या आएको छ पैसा रहुञ्जेल प्रयोग गर्ने नियमित रूपमा गर्नुपर्ने कानुनी प्रक्रिया नहुँदा समस्या छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २१ गते, २०८२ - १३:१६
काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र ज्ञानेन्द्र शाही नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच शनिबार ...
चैत्र २१ गते, २०८२ - १२:४०
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र पारस्परिक सम्मानमा आधारित मुलुकको अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ ...
चैत्र २१ गते, २०८२ - १२:२७
काठमाडौं । अबुधाबी मा ड्रोनका अवशेष खस्दा घाइते भएका नेपालीहरूको अवस्थाबारे जानकारी लिन नेपाली दूतावास यूएई ले पहल थालेको छ। दूतावासले घाइतेहरूको विवर...
चैत्र २१ गते, २०८२ - १२:०८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाभित्र करिब एक हजार ९०० सहकारी सञ्चालनमा छन् । सञ्चालनमा रहेको सहकारीमध्ये ५० प्रतिशतले पनि नियमित रूपमा प्रतिवेदन बुझाउ...
चैत्र २१ गते, २०८२ - ११:५८
काठमाडौँ। संयुक्त अरब इमिरेट्स को अबुधाबीस्थित अज्बान क्षेत्रमा मिसाइल तथा ड्रोन अवरोधका क्रममा खसेको अवशेष लागेर सात जना नेपाली नागरिक घाइते भएका छन्...
चैत्र २१ गते, २०८२ - ११:४७
मकवानपुर। मकवानपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा एक जनाको मृत्यु र पाँच जना घाइते भएका छन्। मदनभण्डारी लोकमार्गअन्तर्गत बागमती...
चैत्र २१ गते, २०८२ - ११:१६
काठमाडौं । अर्जुननरसिंह केसी ले आफूलाई केवल गगन थापा को ससुरा भनेर चिनाउने प्रवृत्तिप्रति आपत्ति जनाएका छन्। यस्तो टिप्पणीले आफूलाई कुनै फरक नपर्ने उन...
चैत्र २१ गते, २०८२ - ११:०२
राजविराज। सप्तरी प्रहरीले विभिन्न मुद्दामा संलग्न पाँच जना प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्ष...
चैत्र २१ गते, २०८२ - १०:४२
बाजुरा। शैक्षिक सत्र सुरु हुनअघि नै बाजुरामा पाठ्यपुस्तक पुगेको छ। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, सुदूरपश्चिम प्रदेश र जनकशिक्षा सामग्री क...
चैत्र २१ गते, २०८२ - १०:२६
दिपायल । डोटीमा इभि हाइस (विद्युतीय गाडी) दुर्घटना हुँदा चार जना घाइते भएका छन्। दुर्घटना जिल्ला दिपायल सिलगढी नगरपालिका–५, चिसापानीमा भएको हो। धनग...


प्रतिकृया लेख्नुहोस्: