मुस्ताङ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नंं. १ मा अवस्थित मुक्तिनाथ मन्दिरमा स्वासप्रस्वासमा समस्या आएपछि उपचारको क्रममा एक तिर्थालुको ज्यान गएको छ ।
पर्सा जिल्लाको ठोरी गाउँपालिका–४, की ४१ वर्षीया सरिता बुढाथोकीको शुक्रबार दिउँसो साढे ३ बजे मन्दिर परिसरमा अचानक स्वासप्रस्वासान समस्या देखिएपछि अर्धचेत अवस्थामै प्रदेश अस्पताल जोमसोममा ल्याइएको थियो ।
विद्यालयका शिक्षक, आफन्तहरूसँग मुक्तिनाथ मन्दिरको दर्शनका लागि गएकी बुढाथोकीलाई उपचारको क्रममा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी इश्वर महतले बताए।
स्थानीय ज्ञानज्योति माविकी शिक्षिक महतको शब परिवारलाई बुझाइएको छ भने पोष्टमार्टम रिर्पोट आउन बाँकी रहेको प्रहरी निरीक्षक महतले जानकारी दिए।
समुन्द्री सतहदेखि ३८ सय मिटर उचाइमा अवस्थित मन्दिर क्षेत्रमा नेपाली भारतीय तिर्थालुलाई लेक लाग्ने समस्यालाई मध्यनजर गदैं ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र रहेको छ । समुन्द्री सतहदेखि २५ सय मिटर वा सोभन्दा माथिको उचाइमा पुग्दा शरीरमा अक्सिजनको मात्रा कम हुनुलाई लेक लागेको भनिन्छ ।
लेक लागेका पर्यटकलाई टाउको हल्का दुख्नु, थकाइ र रिङ्टा लाग्नु पहिलो लक्षण हुन् भने हिँड्न गाह्रो हुने, श्वास फेर्न गाह्रो हुने, वाकवाकी लाग्ने, पखाला लागेमा तत्काल उच्च क्षेत्रमा जान रोक्नुपर्ने र आराम गर्ने, पानी वा झोलिलो खाने कुराहरु खानुपर्ने र शरीरमा असहज महुसस भए तत्कालै आफुँ भएको भन्दा तल्लो क्षेत्रमा फर्किएर उपचार गर्नुपर्छ ।
समयमै लेक लागेकाहरूले सतर्क भएर यसबाट बच्ने उपाय र उपचार गरेमा निको हुने भएपनि हेल्चेक्राई गरी लेक लागेको क्षेत्रमै बसेमा वा माथि उचाइमा जाने प्रयास गरेमा मस्तिष्क वा फोक्सो सुन्निने गरेको छ ।
चालु आर्थिक बर्ष २०८२/०८३ सालमा ६ जनाको लेक लागेर ज्यान गएको छ। सरद र वसन्त ऋतुमा सडक र हवाई मार्ग हुदै मुस्ताङ प्रवेश गरेकामध्ये लेक लागेर ज्यान गुमाउने स्वदेशी तथा विदेशी धार्मिक तथा पर्यटकमा मुक्तिनाथ मन्दिरको दर्शन गर्ने आएका तथा दर्शन गरेर फर्किएकाहरू धेरै छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २ गते, २०८३ - १२:०८
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ। साथै व्यवसायी सिद्धार्थ थापा पनि सादा पोश...
आषाढ़ २ गते, २०८३ - ११:५४
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन सयले बढेको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु २५ ले घटेको छ । सोमबार प्रतितोला रु दुई लाख ९८...
आषाढ़ २ गते, २०८३ - ११:४२
काठमाडौं । बैंकिङ कसुर तथा ठगीको आरोपमा पक्राउ परेका चर्चित सेफ सन्तोष साह साधारण तारेखमा रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी ...
आषाढ़ २ गते, २०८३ - ११:३२
बारा । बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय सोभालाल चौधरी रहेका छन् ।...
आषाढ़ २ गते, २०८३ - ११:१५
काठमाडौँ । चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन ९सिपिपिसिसी०को राष्ट्रिय समितिका अध्यक...
आषाढ़ २ गते, २०८३ - ११:०२
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कर्णाली प्रदेश अधिवेशनमा प्यानलगत रूपमा मत मागिएको नमूना मतपत्र वितरण भएपछि सभापति पदका प्रतिस्पर्धी ...
आषाढ़ २ गते, २०८३ - १०:३१
मुस्ताङ । मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बिवाइडी कम्पनीको चाइनिज विद्युतीय सवारी साधनलाई फुकुवा गरिएको छ । सशस्त्र प्रहरी ...
आषाढ़ २ गते, २०८३ - १०:१५
अर्घाखाँची। अर्घाखाँचीका सामुदायिक वनले काठदाउरा बिक्रीबाट हुने आम्दानीलाई विकासनिर्माण, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना र सामाजिक सेवामा लगानी गर्दै...
आषाढ़ १ गते, २०८३ - १७:४०
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटमा करका दर हेरफेर गरिएको विषयमा उठेका विवादप्रति प्रतिक्रिया दिँदै विगतका अर्थमन्त्रीहरूले समेत यस्ता ...
आषाढ़ १ गते, २०८३ - १७:३२
काठमाडौँ । सरकारले भारतसँगको सरकार–देखि–सरकार (जीटूजी) सम्झौताअन्तर्गत पहिलो चरणमा ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रिया अन्तिम चरणमा पु...



प्रतिकृया लेख्नुहोस्: