नवलपुर । नवलपुरको कावासोती नगरपालिका वडा १० का जनप्रतिनिधि र कर्मचारी वडा कार्यालयको काम नै ठप्प पारेर भ्रमणमा गएका छन् । चार दिन लामो बिदा पारेर फागुन १३ गते भ्रमण गएको टोली ६ दिन बितिसक्दा पनि नफर्किदा सेवाग्राही मर्कामा परेका छन् ।
वडा कार्यालयमा अहिले कुनै पनि जनप्रतिनिधि र कर्मचारी छैनन् । स्थानीय निरु गौतमका अनुसार हुलाकका कर्मचारीले कार्यालयको ढोका खोलिदिने काम गरेका छन् भने सेवाग्राहीको कुनै पनि काम हुन सकेको छैन ।
कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले ७ दिनको भ्रमणका लागि वडा कार्यालयको जनप्रतिनिधि र कर्मचारी पश्चिम नेपाल भ्रमण गएको जानकारी दिए । पौडेलका अनुसार भ्रमण गएको टोली १९ गते सोमबार मात्र फर्कने छ ।
पौडेलले भने, ‘‘कार्यालय नै ठप्प पारेर भ्रमण जाने त होइन । तर जनप्रतिनिधिहरूले गरेको काममा हामीले रोक्न मिलेन ।’’ कावासोती नगरपालिकाका सूचना अधिकारी मुक्तिप्रसाद बस्यालले कार्यालयको काम नरोकिने गरी कम्तिमा एक जना जनप्रतिनिधि र एक जना कर्मचारी कार्यालयमा राखेर मात्र भ्रमण जानु पर्ने भए पनि केही वडाहरूले त्यसको पालना नगरेको बताए ।
यसैबिच वडामा जनप्रतिनिधि नभए पछि शवको मुचुल्का उठाउन समेत समस्या भएको छ । स्थानीय एक व्यक्तिले आत्महत्या गरेपछि उक्त शवको मुचुल्कामा हस्ताक्षर गर्ने जनप्रतिनिधि नहुँदा नगरप्रमुख विष्णुप्रसाद भुसाल पुगेर मुचुल्कामा हस्ताक्षर गरेका छन् ।
‘‘स्थानीयले मुचुल्का उठाउने वडामा कोही भएन भनेर फोन गर्नुभयो, मैले गएर मुचुल्का गरिदिए, नगर प्रमुख भुसालले भन्नुभयो, ‘‘वडा नै बन्द गरेर त नजानु पर्ने हो, लोकतन्त्र भनेको यस्तै मनपरि तन्त्र होला ।’’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: