नवलपुर । नवलपुरको कावासोती नगरपालिका वडा १० का जनप्रतिनिधि र कर्मचारी वडा कार्यालयको काम नै ठप्प पारेर भ्रमणमा गएका छन् । चार दिन लामो बिदा पारेर फागुन १३ गते भ्रमण गएको टोली ६ दिन बितिसक्दा पनि नफर्किदा सेवाग्राही मर्कामा परेका छन् ।
वडा कार्यालयमा अहिले कुनै पनि जनप्रतिनिधि र कर्मचारी छैनन् । स्थानीय निरु गौतमका अनुसार हुलाकका कर्मचारीले कार्यालयको ढोका खोलिदिने काम गरेका छन् भने सेवाग्राहीको कुनै पनि काम हुन सकेको छैन ।
कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले ७ दिनको भ्रमणका लागि वडा कार्यालयको जनप्रतिनिधि र कर्मचारी पश्चिम नेपाल भ्रमण गएको जानकारी दिए । पौडेलका अनुसार भ्रमण गएको टोली १९ गते सोमबार मात्र फर्कने छ ।
पौडेलले भने, ‘‘कार्यालय नै ठप्प पारेर भ्रमण जाने त होइन । तर जनप्रतिनिधिहरूले गरेको काममा हामीले रोक्न मिलेन ।’’ कावासोती नगरपालिकाका सूचना अधिकारी मुक्तिप्रसाद बस्यालले कार्यालयको काम नरोकिने गरी कम्तिमा एक जना जनप्रतिनिधि र एक जना कर्मचारी कार्यालयमा राखेर मात्र भ्रमण जानु पर्ने भए पनि केही वडाहरूले त्यसको पालना नगरेको बताए ।
यसैबिच वडामा जनप्रतिनिधि नभए पछि शवको मुचुल्का उठाउन समेत समस्या भएको छ । स्थानीय एक व्यक्तिले आत्महत्या गरेपछि उक्त शवको मुचुल्कामा हस्ताक्षर गर्ने जनप्रतिनिधि नहुँदा नगरप्रमुख विष्णुप्रसाद भुसाल पुगेर मुचुल्कामा हस्ताक्षर गरेका छन् ।
‘‘स्थानीयले मुचुल्का उठाउने वडामा कोही भएन भनेर फोन गर्नुभयो, मैले गएर मुचुल्का गरिदिए, नगर प्रमुख भुसालले भन्नुभयो, ‘‘वडा नै बन्द गरेर त नजानु पर्ने हो, लोकतन्त्र भनेको यस्तै मनपरि तन्त्र होला ।’’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - २०:३५
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...
पौष १ गते, २०८२ - २०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...
पौष १ गते, २०८२ - २०:१२
खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...




प्रतिकृया लेख्नुहोस्: