Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

युवा जनशक्ति पलायन राेक्न सबै जुट्नुपर्छ: राष्ट्रपति पौडेल

खबरडबली संवाददाता

पाेखरा । युवा जनशक्ति पलायन राेक्न सबै जुट्नु पर्ने समय आएकाे राष्ट्रपति पाैडेलले बताएका छन् । पौडेलले युवा जनशक्ति पलायन मुलुकका लागि ठूलो चिन्ताको विषय भएको भन्दै राेक्नु पर्ने बेला आएकाे बताएका हुन् ।

शनिबार पोखरा महानगपालिका–१८ सराङकोटमा नवनिर्मित पञ्चमुखी गणेश र कैलाशेश्वर शिवालय उद्घाटनका क्रममा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । सो क्रममा उनले युवा जनशक्ति पलायन रोकी मुलुकलाई जोगाउन सम्बद्ध सबै गम्भीर बन्नु पर्ने उद्घाेष गरेका छन् । 

२०४६ सालमा देशमा भएको व्यवस्था परिवर्तनपछि गाउँगाउँमा बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य, सञ्चारलगायतका पूर्वाधार पुगिसकेकाले अब स्वदेशमै रोजगारी र आम्दानीको अवसर सिर्जना गरी विदेश पलायन भएका र जाने क्रममा रहेका युवा जनशक्ति रोक्नु  पहिलो आवश्यकता भएको उनको भनाइ थियो । राष्ट्रपति पौडेलले भने ‘यो पवित्र स्थलबाट म आज अपिल गर्न चाहन्छु कि सबै नीति, निर्माण तहमा रहेका सबैको ध्यान केन्द्रित होस् ।’

राष्ट्रपति पौडेलले केही भएन भन्ने मात्र नभई धेरै भएको छ तर देश र जनताका लागि अझै थुप्रै गर्न बाँकी छ भन्ने अठोटसहित राष्ट्रनिर्माणको महाअभियानमा जुट्न अपिल समेत गरे । जनताको लामो संघर्ष, त्याग र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको र संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट समेत मुलुकको आर्थिक विकास भएको उनले बताए ।

अर्को प्रंसगमा राष्ट्रपति पौडेलले देश विकासको मूल आधार कृषि, जलस्रोत, पर्यटन र पूर्वाधारको विकास भएकाले कृषि, जलस्रोत, पर्यटन, उद्योगधन्दाको विकास र उत्पादन बढाएर स्वदेशी अर्थतन्त्रलाई मजबुत बनाउनुपर्ने बताए । 

अर्को प्रंसगमा पौडेलले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले पोखरालाई सिधैँ विश्वसँग जोडेको उल्लेख गरे । जाउँ है पोखरालगायतका पर्यटन प्रवद्र्धन अभियान मात्र होइन यहाँ हुने मेला, महोत्सव र साहसिक गतिविधिले समेत पोखरा विश्वकै एउटा घुम्नै पर्ने ठाउँका रुपमा विकास हुँदै गएको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म, १२ सय मत खस्याे

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान  केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ ।  मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...

बारामा नहरमा डुबेको अवस्थामा पुरुषको शव फेला

बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...

प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध साढे १४ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...

ताेकियाे राष्ट्रिय सभा निर्वाचनकाे लागि मतदान केन्द्र

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...

मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद

सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...

जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२ सय खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...

गाेरखामा माछा मार्न गएका एक पुरुष मृत फेला

गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...

पर्यटकीयस्थल भाेजपुरकाे तावा भञ्ज्याङ ओझेलमा

भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...

कांग्रेसका तीन परिपत्र कार्यान्वयन भएनन्

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending