पाेखरा । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको बृहत् आख्यान ‘कमरेड जलजला’ हालै बजारमा आएको छ । ९० वर्षीय कम्युनिष्ट नेता सिंहले यो उपन्यास वास्तविकता र कल्पनाको मिश्रण भएको उल्लेख गरेका छन् ।
एक हजार तीन सय २० पृष्ठको उपन्यासमा सिंहले आफ्नो जीवनका परिघटना र राजनीतिक सिद्धान्तसमेत समेटिएकाे छ । पोखरामा जारी साहित्य महोत्सवमा शनिबार पत्रकार विजयकुमारसँगको संवादमा उनले कृति आफ्नी प्रेमिकामाथि लेखिएको स्वीकार गरे । उनले आफ्नो जीवनप्रतिको दृष्टिकोण, दर्शन, पूरा समाजको विषयबारे कृतिमा लेखेको सुनाए ।
“त्यसमा जीवन पूरै काल्पनिक छैन । यद्यपि कल्पनाको पनि त्यसमा मद्दत लिएको छु । कयौं वास्तविक घटना पनि छन् मेरा,” उनले भने, “त्यसैले वास्तविकता, सत्य र कल्पनाको एउटा मिश्रण हो । त्यो सबैको निष्कर्ष हो ।”
साहित्य र राजनीति दुवैलाई जीवनका अङ्ग ठान्दै उनले ती एकअर्काबाट अलग हुन नसक्ने दाबी गरे । उनले साहित्य लेखे पनि वा राजनीति गरे पनि लक्ष्य भने समान रहेको सुनाए । महामन्त्री सिंहले भने, “जुन उद्देश्यले मैले आफ्नो राजनीतिक जीवनमा प्रयत्न गरेको छु ठीक त्यही साहित्यद्वारा पनि गरेको छु ।”
उनले आफू अझै पनि अर्धभूमिगत अवस्थामै रहेको जनाए । सरकारले आफूविरुद्ध वारेन्ट जारी नगरे पनि पार्टीलाई अर्धभूमिगत राखेकै कारण आफू पनि अर्धभूमिगत भएको उनको स्पष्टोक्ति छ । महामन्त्री सिंहले तत्कालीन नेकपा (माओवादी) ले गरेको सशस्त्र सङ्घर्ष माक्र्सवादी, लेनिनवादी सिद्धान्त अनुरूप नभएको जिकिर गरे ।
व्यवस्था र मुलुकमा परिर्वतनका निम्ति सशस्त्र सङ्घर्ष अनिवार्य भए पनि त्यसको विधि, पद्धति हुने उनको भनाइ छ । “सशस्त्र सङ्घर्षको सिद्धान्त नै गलत भो भनेर हामीले भन्दैनौं । त्यो गल्ती कहाँ भयो भने माक्र्सवादी लेनिनवादी सिद्धान्तले सङ्घर्षको प्रक्रिया, परिस्थिति निर्माण गरेको छ । त्यसलाई उहाँहरूले सही किसिमले प्रयोग गर्नुभएन”, उनले भने ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई र माओवादी नेता कृष्णबहादुर महरा लगायतलाई आफ्ना शिष्यभन्दा पनि आन्दोलनका सहकर्मीका रूपमा लिने उनले सुनाए ।
विश्वभर नै कम्युनिस्टको पतन भएको देखिएको औंल्याउँदै उनले नेपालमा पनि त्यस्तो भएको उल्लेख गरे । “यो संसार विश्वव्यापी रुपमा भएको हो । त्यसको असर नेपालमा पनि देखियो,” उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: