काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपालले प्रधानमन्त्री केपी ओलीलाई संविधान मिच्ने उस्तादको संज्ञा दिएका छन् । अदालत र नागरिकले गलत ठहर गर्दा पनि दुई पटक संसद विघटन गरेको उल्लेख गर्दै नेपालले यस्तो टिप्पणी गरेका हुन् ।
शुक्रबार काठमाडौंमा आयोजित भूमी अध्यादेशसम्बन्धी अन्तरक्रियामा बोल्दै अध्यक्ष नेपालले नराम्रो पृष्ठभूमि बोकेका प्रधानमन्त्रीबाट राम्रो उद्देश्य राखेर राम्रो काम हुन्छ भन्ने आश गर्न नसकिने बताए ।
‘प्रधानमन्त्रीजी संविधान मिच्ने कुराको उस्ताद हुनुहुन्छ । र त्यो गर्ने कुराप्रति गौरब बोध गर्नु हुन्छ । उहाँलाई संविधानसँग मतलब छैन, कानुनसँग मतलब छैन, विधिसँग मतलब छैन र व्यापक छलफल परामर्शसँग पनि कुनै मतलब छैन । जति धेरै छलफल गर्यो त्यति धेरै राम्रो हो,’ उनले भने ।
विधिको पालना नगर्ने राज्यका संचालकले अरुलाई विधिको पालना गर भन्ने नैतिक अधिकार नराख्ने उल्लेख गर्दै अध्यक्ष नेपालले भने, ‘पहिले संविधानमा हुँदै नभएको प्रावधानलाई प्रयोग गरेर उहाँले प्रतिनिधिसभा विघटन गरेको इतिहास पुरानो भएको छैन । उहाँलाई मन लाग्यो भंग गरिदिनुभयो, चुनावको मिति घोषणा गरिदिनुभयो । अदालतले त्यो बेठीक भन्न थाल्यो। तै पनि उहाँले टेर्नुभएन, आम जनसमुदायले त्यसलाई अनुचित ठान्यो । विरोध गर्यो फेरि दोस्रोपटक भंग गर्नुभयो, यस्तो पृष्ठभूमि बोकेका प्रधानमन्त्रीबाट राम्रो उद्देश्य राखेर राम्रो काम गरिएको होला भन्ने कुराको आशा गर्न सकिँदैन ।’
भूमीसम्बन्धी अध्यादेश ल्याउँदा प्रधानमन्त्री ओलीले विधि उल्लंघन गरेको भन्दै अध्यक्ष नेपालले विधिको उल्लंघन दण्डनीय हुने उल्लेख गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - २०:३५
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...
पौष १ गते, २०८२ - २०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...
पौष १ गते, २०८२ - २०:१२
खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...




प्रतिकृया लेख्नुहोस्: