Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

भेडापालक किसानहरु राडीपाखी बुनेर जीविकोपार्जन गर्दै

खबरडबली संवाददाता

सुर्खेत । मुगुको छायाँनाथ रारा नगरपालिका ११, रोवागाउँका जीतबहादुर बुढाले घरमै राडीपाखी बुन्ने काम गरिरहेका छन् । राडीपाखी बिक्रीले उनको घर खर्च चल्ने गरेको छ ।

उनी मात्र होइन, रोवा गाउँका अन्य स्थानीयबासीले पनि व्यावसायिक रूपमा भेडापालन गरी राडीपाखी उत्पादनमा गरिरहेका छन् । कृषि पेसाले खान नपुग्ने भएपछि राडीपाखी व्यवसायमा उनीहरूको आकर्षण बढेको हो । भेडाको ऊनबाट कम्मल, फेरुवा, पाखी, बुनेर बिक्री गरेर वर्षौंदेखि उनले जीविकोपार्जन गरिरहेका छन् । 

स्थानीय बजारमा कम्मल र पाखी तीन हजारदेखि तीन हजार ५ सय र फेरुवाको चार हजार रुपैयाँमा बिक्री हुन्छ । सिजनमा राडीपाखीबाट २० हजार रुपैयाँसम्म कमाइ हुने उनको भनाई रहेको छ । भेडाबाट ऊन निकालेर बुनाइ गर्दासम्म धेरै दुःख हुने गरे पनि आफ्नो कमाइप्रति सन्तुष्ट रहेको उनको भनाइ छ ।

नगरपालिकाको रोबार्‍याङच्याकाटी गाउँका एक सय ६९ परिवारमध्ये अधिकाश घरधुरीको मुख्य पेसा पनि राडीपाखी व्यवसाय गरिरहेका छन् । गाउँका महिलासमेत राडीपाखा बुन्छन् । पिना, मुन्दु, कोटिला गाउँका अधिकाश स्थानीयवासी राडीपाखी बुनाइमा लागेको वर्षौ भइसक्यो । बर्सेनि एक परिवारले राडीपाखी बिक्री गरी न्यूनतम ५० हजार रुपैयाँ कमाउने गरेको छन् । नगरपालिकाको लेकाली बस्तीमा भेडापालन व्यवसाय फस्टाउँदै गएको छ । जसले राडीपाखी व्यवसायउन्मुख बनेको छ । भेडाको ऊनबाट स्थानीय पहिरन लिउ, फेरुवा, पाखो, कम्मललगायत सामग्री उत्पादन हुने गरेको छ ।

एउटा फेरुवा र कम्मल बनाउन १० दिनसम्म लाग्ने गरेको स्थानीयको भनाइ छ । राडीपाखी बेच्न गमगढी, नेपालगन्ज र सुर्खेतसम्म पुग्ने गरेको थार्प गाउँका हीरालाल बोहोराले बताए । अघिल्लो पुस्ता राडीपाखीको कमाइमै निर्भर छ । घरमा ४० देखि ५० वटा भेडाबाख्रा पाल्न सकिएको खण्डमा एक वर्ष १५ देखि २० वटा राडीपाखा उत्पादन गर्न सकिने स्थानीयबासीहरु बताउँछन् । भेडापालन र राडीपाखी दुवैबाट राम्रो आम्दानी हुने गरेको छ ।

भेडाको ऊनबाट गलैंचा उत्पादनको लागि धेरै पटक जिल्ला घरेलु कार्यालयमा तालिम र मेसिनको माग गरे पनि सुनुवाइ नभएको स्थानीयले गुनासो समेत गरेका छन् । जिल्लामा सडक सुविधा पुगेपछि ग्रामीण भेगका स्थानीयले बुनेका पाखी, लिउ, फेरुवा, कम्मल सहरतिर जाने गरेको उनी बताउँछन् ।

जिल्लामा पाँच हजार पाँच सय रुपैयाँमा बिक्री हुने राडीपाखी सहरमा आठ हजारसम्ममा बिक्री हुने स्थानीयको भनाइ छ । जिल्लाको ग्रामीण बस्तीमा चरिचरन सुविधा भएकाले स्थानीयले भेडापालन गरेर आयआर्जनको मुख्य स्रोत बनाएका छन् । भेडाबाख्राको मल उन्नत बालीको निम्ति उपयुक्त हुने भएकाले दोहोरो फाइदा हुनेगरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE