सुर्खेत । मुगुको छायाँनाथ रारा नगरपालिका ११, रोवागाउँका जीतबहादुर बुढाले घरमै राडीपाखी बुन्ने काम गरिरहेका छन् । राडीपाखी बिक्रीले उनको घर खर्च चल्ने गरेको छ ।
उनी मात्र होइन, रोवा गाउँका अन्य स्थानीयबासीले पनि व्यावसायिक रूपमा भेडापालन गरी राडीपाखी उत्पादनमा गरिरहेका छन् । कृषि पेसाले खान नपुग्ने भएपछि राडीपाखी व्यवसायमा उनीहरूको आकर्षण बढेको हो । भेडाको ऊनबाट कम्मल, फेरुवा, पाखी, बुनेर बिक्री गरेर वर्षौंदेखि उनले जीविकोपार्जन गरिरहेका छन् ।
स्थानीय बजारमा कम्मल र पाखी तीन हजारदेखि तीन हजार ५ सय र फेरुवाको चार हजार रुपैयाँमा बिक्री हुन्छ । सिजनमा राडीपाखीबाट २० हजार रुपैयाँसम्म कमाइ हुने उनको भनाई रहेको छ । भेडाबाट ऊन निकालेर बुनाइ गर्दासम्म धेरै दुःख हुने गरे पनि आफ्नो कमाइप्रति सन्तुष्ट रहेको उनको भनाइ छ ।
नगरपालिकाको रोबार्याङच्याकाटी गाउँका एक सय ६९ परिवारमध्ये अधिकाश घरधुरीको मुख्य पेसा पनि राडीपाखी व्यवसाय गरिरहेका छन् । गाउँका महिलासमेत राडीपाखा बुन्छन् । पिना, मुन्दु, कोटिला गाउँका अधिकाश स्थानीयवासी राडीपाखी बुनाइमा लागेको वर्षौ भइसक्यो । बर्सेनि एक परिवारले राडीपाखी बिक्री गरी न्यूनतम ५० हजार रुपैयाँ कमाउने गरेको छन् । नगरपालिकाको लेकाली बस्तीमा भेडापालन व्यवसाय फस्टाउँदै गएको छ । जसले राडीपाखी व्यवसायउन्मुख बनेको छ । भेडाको ऊनबाट स्थानीय पहिरन लिउ, फेरुवा, पाखो, कम्मललगायत सामग्री उत्पादन हुने गरेको छ ।
एउटा फेरुवा र कम्मल बनाउन १० दिनसम्म लाग्ने गरेको स्थानीयको भनाइ छ । राडीपाखी बेच्न गमगढी, नेपालगन्ज र सुर्खेतसम्म पुग्ने गरेको थार्प गाउँका हीरालाल बोहोराले बताए । अघिल्लो पुस्ता राडीपाखीको कमाइमै निर्भर छ । घरमा ४० देखि ५० वटा भेडाबाख्रा पाल्न सकिएको खण्डमा एक वर्ष १५ देखि २० वटा राडीपाखा उत्पादन गर्न सकिने स्थानीयबासीहरु बताउँछन् । भेडापालन र राडीपाखी दुवैबाट राम्रो आम्दानी हुने गरेको छ ।
भेडाको ऊनबाट गलैंचा उत्पादनको लागि धेरै पटक जिल्ला घरेलु कार्यालयमा तालिम र मेसिनको माग गरे पनि सुनुवाइ नभएको स्थानीयले गुनासो समेत गरेका छन् । जिल्लामा सडक सुविधा पुगेपछि ग्रामीण भेगका स्थानीयले बुनेका पाखी, लिउ, फेरुवा, कम्मल सहरतिर जाने गरेको उनी बताउँछन् ।
जिल्लामा पाँच हजार पाँच सय रुपैयाँमा बिक्री हुने राडीपाखी सहरमा आठ हजारसम्ममा बिक्री हुने स्थानीयको भनाइ छ । जिल्लाको ग्रामीण बस्तीमा चरिचरन सुविधा भएकाले स्थानीयले भेडापालन गरेर आयआर्जनको मुख्य स्रोत बनाएका छन् । भेडाबाख्राको मल उन्नत बालीको निम्ति उपयुक्त हुने भएकाले दोहोरो फाइदा हुनेगरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: