महोत्तरी । महोत्तरीको बर्दिवासमा ११ फाल्गुन देखि शैक्षिक महोत्सव चलिरहेको छ । नगरका ४० भन्दा बढी विद्यालयहरुले स्टल राखेर आफ्ना विद्यार्थीहरुले वनाएका विभिन्न कलाकृतिहरु पर्दशनी गरिरहेका छन् । जसले विद्यालयको शैक्षिक अवस्थालाई चित्रण गरेको छ ।
परम्परागत शिक्षालाई विस्थापन गरेर व्यवहारिक शिक्षामा जोड दिन सके आत्मनिर्भर र रोजगारीको सुनिश्यतता गर्न सकिन्छ भन्ने देखाउन विद्यालयले गरेका अभ्यासहरू महोत्सवमा देख्न सकिन्छ । तर ४० भन्दा बढी विद्यालयहरुले व्यवहारिक शिक्षामा गरेको अभ्यास मात्र हैन नगरमा रहेका पर्यटकीय गनतब्यहरुको फोटो पर्दशनीले महोत्सवको थप रौनक बढेको छ ।
बर्दिवास नगर संस्कृति तथा पर्यटन प्रर्वद्वन समितिले गरेको फोटो पर्दशनीमा समग्र नगरको पर्यटकीय क्षेत्रहरु समावेश गरिएको छ । धार्मिक पर्यटकीय क्षेत्रहरु टुटेश्वरनाथ महादेव मन्दिर, पंचधुरामाई मन्दिरका फोटो र त्यस्को चिनारीले विद्यार्थीहरुमा थप कौतुहलता सिर्जना गरेको देख्न सकिन्छ ।
‘यो ठाँउ त मलाई थाहा नै थिएँन ।’ राईमंडल क्षेत्रको फोटोमा रहेको गिद्व बासस्थान देखाउदै ग्लोबल एकेडेमीमा अध्यनरत छात्रा सिर्जना काफ्लेले भनिन । ‘याँहा आएर बर्दिवासका ठाँउहरु पनि हेर्न पाइयो ।’
अर्थतन्त्रको मुख्य मेरुदण्ड मानिएको पर्यटन उधोगको विषयमा विद्यार्थीहरुले बुझ्नु पर्छ भन्ने उदेश्यले फोटो पर्दशन गरिएको पर्यटन प्रर्वद्वन समितिका अध्यक्ष हिरा गौतमले जानकारी दिए । फोटोमा बर्दिवास-३ मा फेला परेको गिद्वको बासस्थान, १० हजार बर्ष अगाडिको मानवसभ्यताका अवशेष, सवैभन्दा अग्लो चनौटे पहाड, चुरे पहाडवाट झरेको भालु झोहरा झर्ना, कालापानी पिकनिक पार्क जस्ता ठाँउहरु राखिएको छ ।
कतिपय ठाँउहरुको विषयमा त स्थानीयहरुले नै अनौठो मानेका छन् । बिदेशी नागरिक गुड्रन कर्विन्सले १९८५ मा १० बर्ष लगाएर गरेको अध्यनपछी प्रमाणित भएको मध्यपाषण युगको हतियार कारखानाको विषयमा धेरैले चासो देखाएका छन् । जुन हतियार अहिले राष्ट्रिय संग्राहालयमा समेत देख्न सकिन्छ ।
त्यस्तै बर्दिवास-१० स्थित खयरमाराको उपल्लो क्षेत्र चनौटे डाँडाको विशिष्ट हावापानी र याँहाका उत्पादनलाई लिएर महोत्सव अवोलोकनकर्ताहरुले अचम्म मानेका छन् । सदाबहार चिसो र पहाडको जस्तै जुनार र सुन्तला समेत देख्न पाईने यो ठाँउ मधेशका समथर फाटहरुमा बसेर गर्मी झेल्नेहरुको लागि खुसीको विषय भएको उनीहरुले प्रतिक्रिया दिए ।
बर्दिवास-३ वाट आएकी सविता भण्डारीले चनौटे डाँडा एकपटक पुग्नै पर्ने गरि उत्साहित वनाएको वताईन । ‘बर्दिवासमा नै घुम्न जानुपर्ने थुप्रै ठाँउहरु रहेछन । हामी याँही बसेर धेरे ठाँउहरुको विषयमा अनविज्ञ पो रहेछौ ।’ भण्डारीले भनिन ।‘प्रचारप्रसार र प्रर्वद्वनको भने कमी देखियो ।’
पर्दशनमा राखिएको गिद्वको फोटो देखेपछी बर्दिवास-३ को राईमंडल क्षेत्रमा कतिपय अवोलोकनकर्ताहरुले त भ्रमणको योजना नै बनाएका छन् । विद्यार्थीहरुलाई समेत नगर क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरुको भ्रमण गराउनुपर्नेमा उदघाटनसत्रमा बक्ताहरुले आफ्नो धारणा राखे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ११:१७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...
पौष १४ गते, २०८२ - ११:०८
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...
पौष १४ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
पौष १४ गते, २०८२ - १०:५९
काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...
पौष १४ गते, २०८२ - १०:१९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...
पौष १४ गते, २०८२ - १०:१६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...




प्रतिकृया लेख्नुहोस्: