Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

लमजुङमा आठजना किसान तथा उद्योगी पुरस्कृत

खबरडबली संवाददाता

लमजुङ । लमजुङको आठजना किसान तथा साना उद्योगी पुरस्कृत भएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ लमजुङले १७ औं साधारणसभा तथा नवौं जिल्ला अधिवेशनको अबसरमा किसान तथा साना उद्योगीलाई नगद र सम्मानपत्रसहित पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनु हुनेमा मस्र्याङ्दी गाउँपालिका –७ उस्ताबेसीका साइला दाइको बाख्रा तथा फलफुल फर्मका सञ्चालक डम्बर भुजेल, बेसीसहर नगरपालिका –११ को राधाकृष्ण आमा समूह र समृद्ध आमा समूह, बेसीसहर नगरपालिका –८ को नमूना स्टोर्सको सञ्चालक शिला तामाङ, सिलाइकटाई ब्यवसायी गीता प्रधान रहेका छन् । 

यसैगरी क्ब्होंलासोंथर गाउँपालिका –३ को आदी मौरीपालन उद्योगका सञ्चालक डिल्लेश्वर गुरुङ, बेसीसहर नगरपालिका –२ को लक्ष्मी कृषि तथा पशुपालन फार्मका सञ्चालक लक्ष्मी अधिकारी र सुन्दरबजार नगरपालिका –९ को शुलभ राइस मिलका सञ्चालक विष्णु श्रेष्ठलाई सम्मान गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ लमजुङका महासचिव वेदराज खनियाँले जानकारी दिए । 

महासंघमा पुनः लामिछाने

नेपाल घरेलु तथा साना उद्योग महासंघ लमजुङको अध्यक्षमा पुनः श्रीकृष्ण लामिछाने निर्वाचित भएका छन् । महासंघको बरिष्ठ उपाध्यक्षमा विकाश श्रेष्ठ, उपाध्यक्षमा भरतबहादुर बिष्ट, महिला उपाध्यक्षमा कल्पना थापा बोहोरा, महासचिवमा बेदराज खनिया, सचिवमा युवराज पौडेल र कोषाध्यक्षमा शंकर बस्नेत चयन भएका छन् । 

कार्यसमिति सदस्यमा यज्ञनारायण श्रेष्ठ, दिपज्योति प्रधान, कुमारबहादुर विष्ट, कृष्णबहादुर देउजा, शारदा खनियाँ, अस्मिता पौडेल, शोभा पन्थी, महिला सदस्यमा अनिता बोहोरा र पुष्पकला मिश्र निर्वाचित भएका हुन् । 

त्यस्तै, महासंघको महिला उद्यमी समिति अध्यक्षमा कल्पना बोहोरा निर्वाचित भएकी छिन् । समितिको उपाध्यक्षमा इन्दु न्यौपाने, महासचिवमा राजकुमारी श्रेष्ठ, सचिवमा सायरा मिया निर्वाचित भएका छन् । सदस्यमा सानुमाया श्रेष्ठ, निकिता श्रेष्ठ, सरस्वती श्रेष्ठ (क), जनक घिमिरे, विमाया तामाङ, सरस्वती श्रेष्ठ (ख) निर्वाचित भए । 

अधिवेशनको उद्घाटन गर्दै बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले महासंघले उद्यामी तथा व्यवसायीको उत्थान र प्रवर्धनको क्षेत्रमा काम गर्न महासंघलाई आग्रह गरे । नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष सूर्य कंडेलले जिल्लामा रहेको महिलालाई पनि उद्यममा जोडेर अगाडि बढाउनुपर्नेमा जोड दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending