काठमाडौं । राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले पुँजीगत खर्च बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं मातहतका निकाय र आयोजनाको पुँजीगत बजेटको कार्यप्रगति (अर्धवार्षिक) बारे छलफल गर्न आज बसेको बैठकले मन्त्रालयलको पूँजीगत खर्च कम भएको भन्दै खर्च बढाउन निर्देशन दिइएको हो ।
समितिकी सभापति कमलादेवी पन्तले कानुन संशोधन गरेर भए द्रुत गतिमा काम गर्न र पूँजीगत खर्च बढाउन आवश्यक पहलअघि बढाउनका लागि मन्त्रीलाई निर्देशन दिए । “पूँजीगत खर्च बढाउनका साथै बेरूजु नआउने र परिणाम देखिने गरी काम गर्नुस्”, उनले भने, “बरू कानुनी बाधा छन् भने फुकाउनुपर्छ । समन्वयन बढाएर नतिजा देखिने गरी काम गर्नुस् ।”
समितिको बैठकमा उपस्थित भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भने अन्तरसरकारी निकायबिचको समन्वयनको अभाव, कानुनी झन्झटिलो ठेकेदारको लापारवाही, वनका झंझटिलो कानुनी प्रावधानलगायत कारण समयमा नै पूर्वाधार निर्माणको काम सम्पन्न गर्न चुनौती भएको बताए ।
सात दिनअघि मात्रै मन्त्रालयले चालु आर्थिक वर्ष (साउनदेखि माघ मसान्तसम्म) सात महिनाको अवधिमा भएको कुल खर्चको आँकडा सार्वजनिक गरेको थियो । मन्त्रालयका अनुसार कुल खर्च २८ दशमलव १५ प्रतिशत मात्रै रहेको छ । चालु आव सकिन पाँच महिना मात्रै अवधि हुँदा अझै यस मन्त्रालयले ७० प्रतिशतभन्दा बढी खर्च गर्न बाँकी रहेको छ ।
चालु आवको अवधिमा मन्त्रालयका लागि चालुतर्फ सात अर्ब ४८ करोड ६३ लाख र पुँजीगत तर्फ एक खर्ब ४३ अर्ब पाँच करोड गरी कुल एक खर्ब ५० अर्व ५३ करोड बजेट विनियोजन रहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्ने क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीबिच पहिलो एक सय दिन (असोज ६ सम्म)सम्पन्न गर्ने १० वटा र दोस्रो एक सय दिन (माघ १७ गतेसम्म) मा सम्पन्न गर्ने १२ वटा मुख्य कार्यक्रम र तिनको लक्ष्यसहित कार्यसम्पादन सम्झौता गरेका थिए ।
यातायात पूर्वाधारको विकास र यातायात प्रणालीको नीतिगत व्यवस्थापनको मुख्य जिम्मेवारी रहेको यस मन्त्रालयले आफू र मातहतका सडक विभाग, रेल विभाग, यातायात व्यवस्था विभाग र नेपाल पानीजहाज कार्यालयमार्फत सम्पादन भएका मुख्य कार्य, हासिल भएका उपलब्धि सार्वजनिक भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: