काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले प्रजातन्त्रको उच्चतम विशेषता आवधिक निर्वाचन भएकाले पार्टीले निर्धारित समयमै १५औं महाधिवेशन गर्नुपर्ने बताएका छन् ।
कांग्रेसको सूचना संचार प्रचार विभागको कोशी प्रदेश स्तरीय कार्यक्रमलाई विराटनगरमा सम्बोधन गर्दै नेता महरले उक्त कुरा बताएका हुन् । उनले १५ औं महाधिवेशन विधान अनुसार तोकिएकै समयमा सम्पन्न गर्ने नैतिक दायित्व पार्टी सामू रहेको बताएका छन् । समयमै महाधिवेशन सम्पन्न गर्न पार्टीका जिम्मेवार पदाधिकारीहरूले आ-आफ्नो भूमिका कुसलतापूर्वक निर्वाह गर्नुपर्ने धारणा राखेका छन् ।
'अब महाधिवेशनको १० महिना मात्र बाँकि छ । तर, जिम्मेवारपूर्ण भूमिकामा बसेका पदाधिकारीको क्रियाकलाप र काम कारबाही गम्भिर नदेखिएको आम नेता कार्यकर्ताको बुझाइ छ । कांग्रेसको राष्ट्रीय र अन्तर्राष्ट्रिय स्तरमा देखाउने चरित्र भनेकै प्रजातान्त्रिक व्यवहार र आवधिक निर्वाचन भएकाले त्यसलाई पार्टीले जिवन्त तुल्याउनुपर्ने उनको धारणा छ । लोकतन्त्रिक पार्टीले आफ्नो महाधिवेशन समयमै गर्न नसक्दा त्यसको असर जनतामा राम्रो नपर्ने उनले बताए ।
'बहुदलीय लोकतान्त्रिक प्रणालीमा शासन गर्ने दलहरूका नेता/कार्यकर्ताले भएकाले शासन सञ्चालन गर्ने दल आफैँमा पारदर्शी हुने, नैतिवान हुने, भिजनरी हुने कुरा महत्त्वपूर्ण हो । त्यो भएन भने सरकारमा जाँदा शासन पनि नैतिकवान हुँदैन । त्यस्तो पार्टी बनाउन पनि हामीले आवधिक निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्नुपर्छ,' उनले भने ।
यसका साथै नेता महरले सरकार सञ्चालनका लागि बनेको पार्टी संयन्त्रको गति धिमा भएकाले उक्त गति बढाउन सुझाव दिएका छन् । फरक प्रसंगमा बोल्दै महरले सञ्चार र प्रविधिमा युवाको उपस्थिति देखाउन तथा मिस इनफरमेसन र डिस इन्फरमेसनबाट जनतालाई सजग गराउन प्रविधिको विकास सँगै पहुँच र सिकाइ बलियो हुनुपर्ने बताएका छन् । आर्टिफिसियल इन्टिजेन्सको समयमा कुनै पनि राजनीतिक दलले गर्ने प्रचार सामग्री तथ्य र सत्यमा आधारित हुनुपर्ने महरको धारणा छ ।
'युवा र जनतालाई प्रविधिमा दक्ष बनाउने काममा राजनीतिक दलसँगै सरकार पनि गम्भीर भएर लाग्नुपर्छ,' उनले भने । यस्तै नेता महरले सामाजिक सञ्जाल विधेयक हुबहु पारित हुन नहुने धारणा राखेका छन् । महरले सामाजिक सञ्जाललाई नियन्त्रणमुखी बनाउने कुरामा कांग्रेसको समर्थन नहुने बताएका हुन् । ‘सामाजिक सञ्जाल नियमनमात्र हुनुपर्छ, नियन्त्रण स्वीकार्य छैन । सामाजिक सञ्जाल नियमन विधेयक हुबहु पारित हुन हुँदैन । लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रतामा लगाम लगाउनु हुँदैन,' उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...
पौष २ गते, २०८२ - १८:०५
सुदूरपश्चिम । जेनजी प्रदर्शनमा क्षति पुगेका सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालय र विभिन्न कार्यालय भवनलाई मर्मतसम्भार गरेर पुरानै अवस्थामा फर्काउन सम...
पौष २ गते, २०८२ - १८:०१
जुम्ला । जुम्लामा यो वर्ष करिब १८ हजार २४५ मेट्रिक टन स्याउ उत्पादन हुँदा रु ४१ करोड २९ लाख ८९ हजार आम्दानी भएको छ । जिल्लास्थित कृषि विकास कार्यालयको...
पौष २ गते, २०८२ - १७:५९
रसुवा । सालासुङ्गी हाइड्रोपावरले प्रभावित स्थानीय बासिन्दाको माग बमोजिम सेयर दिने निर्णयसहित प्रक्रिया अघि बढाएको छ । सेयर पाउनुपर्ने माग दाबी गर्दै व...
पौष २ गते, २०८२ - १७:५८
पाँचथर । फिदिम नगरपालिका–३ लालीखर्कमा निर्माण गरिएको ‘ताया रुङरि खिम’ किराँत राई समुदायको धर्म, संस्कृति र परम्पराको जानकारी दिने महत्वपूर्ण स्थल बनेक...
पौष २ गते, २०८२ - १७:५४
स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ ठुलाडिहीका यामबहादुर सेनले यसवर्ष सुन्तला बिक्रीबाट १५ लाख बढी आम्दानी गरेका छन् । ५७ वर्ष पहिला कोदो, ...
पौष २ गते, २०८२ - १७:५१
कम्बोडिया । कम्बोडियाले सिमा क्षेत्रमा भएको झडपमा कम्बोडियामा मृत्यु हुने नागरिकको सङ्ख्या १७ पुगेको उल्लेख गर्दै थाई सैन्य बलले कम्बोडिया क्षेत्रमा ह...
पौष २ गते, २०८२ - १७:४९
सिड्नी । सिड्नीको बोन्डी समुन्द्र तटमा भएको घातक सामूहिक गोलीबारीको जीवित कथित अपराधी नावीद अकवरलाई ५९ वटा अपराधको आरोप लगाइएको अस्ट्रेलियाली प्रहरीले...
पौष २ गते, २०८२ - १७:४७
तेहरान । रूस र इरानले दक्षिण एसियालाई उत्तरी युरोपसँग जोड्ने अन्तर्राष्ट्रिय यातायात मार्ग पूरा गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याइएको इरानको सरकारी समा...




प्रतिकृया लेख्नुहोस्: