Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

कांग्रेस महाधिवेशनका लागि पार्टी पदाधिकारी गतिशील हुन आवश्यक छ : नेता महर

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले प्रजातन्त्रको उच्चतम विशेषता आवधिक निर्वाचन भएकाले पार्टीले निर्धारित समयमै १५औं महाधिवेशन गर्नुपर्ने बताएका छन् । 

कांग्रेसको सूचना संचार प्रचार विभागको कोशी प्रदेश स्तरीय कार्यक्रमलाई विराटनगरमा सम्बोधन गर्दै नेता महरले उक्त कुरा बताएका हुन् । उनले १५ औं महाधिवेशन विधान अनुसार तोकिएकै समयमा सम्पन्न गर्ने नैतिक दायित्व पार्टी सामू रहेको बताएका छन् । समयमै महाधिवेशन सम्पन्न गर्न पार्टीका जिम्मेवार पदाधिकारीहरूले आ-आफ्नो भूमिका कुसलतापूर्वक निर्वाह गर्नुपर्ने धारणा राखेका छन् ।

'अब महाधिवेशनको १० महिना मात्र बाँकि छ । तर, जिम्मेवारपूर्ण भूमिकामा बसेका पदाधिकारीको क्रियाकलाप र काम कारबाही गम्भिर नदेखिएको आम नेता कार्यकर्ताको बुझाइ छ । कांग्रेसको राष्ट्रीय र अन्तर्राष्ट्रिय स्तरमा देखाउने चरित्र भनेकै प्रजातान्त्रिक व्यवहार र आवधिक निर्वाचन भएकाले त्यसलाई पार्टीले जिवन्त तुल्याउनुपर्ने उनको धारणा छ । लोकतन्त्रिक पार्टीले आफ्नो महाधिवेशन समयमै गर्न नसक्दा त्यसको असर जनतामा राम्रो नपर्ने उनले बताए ।

'बहुदलीय लोकतान्त्रिक प्रणालीमा शासन गर्ने दलहरूका नेता/कार्यकर्ताले भएकाले शासन सञ्चालन गर्ने दल आफैँमा पारदर्शी हुने, नैतिवान हुने, भिजनरी हुने कुरा महत्त्वपूर्ण हो । त्यो भएन भने सरकारमा जाँदा शासन पनि नैतिकवान हुँदैन । त्यस्तो पार्टी बनाउन पनि हामीले आवधिक निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्नुपर्छ,' उनले भने ।

यसका साथै नेता महरले सरकार सञ्चालनका लागि बनेको पार्टी संयन्त्रको गति धिमा भएकाले उक्त गति बढाउन सुझाव दिएका छन् । फरक प्रसंगमा बोल्दै महरले सञ्चार र प्रविधिमा युवाको उपस्थिति देखाउन तथा मिस इनफरमेसन र डिस इन्फरमेसनबाट जनतालाई सजग गराउन प्रविधिको विकास सँगै पहुँच र सिकाइ बलियो हुनुपर्ने बताएका छन् । आर्टिफिसियल इन्टिजेन्सको समयमा कुनै पनि राजनीतिक दलले गर्ने प्रचार सामग्री तथ्य र सत्यमा आधारित हुनुपर्ने महरको धारणा छ ।

'युवा र जनतालाई प्रविधिमा दक्ष बनाउने काममा राजनीतिक दलसँगै सरकार पनि गम्भीर भएर लाग्नुपर्छ,' उनले भने । यस्तै नेता महरले सामाजिक सञ्जाल विधेयक हुबहु पारित हुन नहुने धारणा राखेका छन् । महरले सामाजिक सञ्जाललाई नियन्त्रणमुखी बनाउने कुरामा कांग्रेसको समर्थन नहुने बताएका हुन् । ‘सामाजिक सञ्जाल नियमनमात्र हुनुपर्छ, नियन्त्रण स्वीकार्य छैन । सामाजिक सञ्जाल नियमन विधेयक हुबहु पारित हुन हुँदैन । लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रतामा लगाम लगाउनु हुँदैन,' उनले भने ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE