काठमाडौं । फिल्म ‘ताण्डवम्’को १० मिनेट समय अवधि बराबरको दृश्यमा हटाएपछि सेन्सर पास भएको छ । ‘अत्यधिक हिंसा’का दृश्य हटाएपछि सेन्सर बोर्डले बिहीबार प्रदर्शन अनुमति पत्र दिएको हो ।
फिल्मले ‘पीजी’ सर्टिफिकेट पाएको छ । अर्थात् १६ वर्ष मुनिका बालबालिकाले अभिभावकको निगरानीमा यो फिल्म हेर्न पाउनेछन् । बुधबार यो फिल्ममा अत्याधिक हिंसाका दृश्य भएका कारण सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएको थिएन । त्यहीकारण यो फिल्मको प्रिमियरसमेत रोकिएको थियो ।
कथाको मर्म नमर्ने दृश्य हटाइएको निर्देशक जुनिम गहतराजको दाबी छ । उनी भन्छन्, ‘दृश्य हटाएपछि सेन्सर बोर्डका पदाधिकारीले पनि फिल्म मन परेको प्रतिक्रिया दिनुभएको छ । फिल्मको मर्म मरेको छैन ।’ पहिलो पटक सेन्सर गर्न लैजाँदा २ घण्टा ६ मिनेट लामो यस फिल्म दृश्य हटाइएपछि १ घण्टा ५६ मिनेटको रनटाइम झरेको छ ।
शुक्रबारबाट यो फिल्म प्रदर्शनमा आउँदै छ । फिल्ममा पुष्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, अंकित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय छ ।
सिंहदेवी प्रोडक्सनले भिजुयल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण भएको फिल्मको निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १ गते, २०८३ - २१:५१
सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इँटा उद्योगमा इँटा निकाल्ने क्रममा चाङ खस्दा तीन मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएक...
जेष्ठ १ गते, २०८३ - २१:४९
झापा। भद्रपुरस्थित झापाचोकबाट जलथल हुँदै राजगढ जोड्ने हुलाकी राजमार्गअन्तर्गतको सडक निर्माण सम्पन्न भएको एक वर्ष नपुग्दै विभिन्न स्थानमा भत्किन थालेपछ...
जेष्ठ १ गते, २०८३ - २१:४५
धादिङ । फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा अवैध लागुपदार्थ अफिम र हतियार बरामद गरेको छ । दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपा...
जेष्ठ १ गते, २०८३ - १९:५७
काठमाडौँ । शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय लागू भएपछि पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा पठनपाठन सञ्चालन र कार्यघण्टा मिलानका ...
जेष्ठ १ गते, २०८३ - १९:५३
चितवन । पवित्र तीर्थस्थल देवघाटमा ठूलो आशाका साथ निर्माण गरिएको विद्युतीय शवदाह गृह सञ्चालनमै समस्या भएपछि अलपत्र परेको छ । परीक्षणकै क्रममा शव नपोलिन...
जेष्ठ १ गते, २०८३ - १९:५१
भरतपुर । जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । इच्छाकामना–१ कुलबाङकी ६ वर्षकी नमुना चेपाङको च्याउ खाँदा आज बिहान घरमै मृत्यु भएको हो । उनी हात्त...
जेष्ठ १ गते, २०८३ - १९:४८
काठमाडौं । इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि चर्किएको युद्धले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेपछि भारतले चार वर्षपछि पहिलो पटक ...
जेष्ठ १ गते, २०८३ - १९:४१
काठमाडौं। बेल्जियमका प्रशिक्षक रुडी गार्सियाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय टोली घोषणा गरेका छन्। बेल्जियमले समूह ‘जी’ मा इजिप्ट, इरान र न्यू...
जेष्ठ १ गते, २०८३ - १९:३६
काठमाडौं । रुबी कुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख बनेको एक महिना मात्रै भएको छ । राजनीतिमा भर्खरै प्रवेश गरेकी मधेशकी एक युवती अचानक देशको उच्च संव...
जेष्ठ १ गते, २०८३ - १९:२९
काठमाडौं । विश्वका विभिन्न ४८ देशहरूमा सञ्चालन भईरहेको ग्लोबल मोबिलिटी र डेलिभरी प्लेटफर्म इनड्राइभ फेरि एक पटक विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड ग...



प्रतिकृया लेख्नुहोस्: