Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

मैले सदन चलाउन सकिनँ भन्ने हल्ला गलत होः उपसभामुख ठाकुर

खबरडबली संवाददाता

काठमाडौं । रुबी कुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख बनेको एक महिना मात्रै भएको छ । राजनीतिमा भर्खरै प्रवेश गरेकी मधेशकी एक युवती अचानक देशको उच्च संवैधानिक पदमा पुग्दा धेरैका लागि त्यो अनपेक्षित घटना थियो ।

उपसभामुख ठाकुर आफैं पनि आफ्नो यात्रालाई “भाग्य” सँग जोडेर हेर्छिन् । उनी कुनै राजनीतिक परिवारबाट आएकी होइनन् । लामो राजनीतिक अनुभव पनि छैन । हर्क साम्पाङले श्रम–संस्कृति पार्टीको बन्दसूचीमा मधेशी महिलाको समूहबाट उनको नाम राखेका थिए । त्यसपछि लैंगिक र जातीय सन्तुलन मिलाउने क्रममा उनी सांसद बनिन् । पछि राजनीतिक समीकरण मिल्दै जाँदा उपसभामुखको कुर्सीसम्म पुगिन् । तर पदसँगै चुनौती पनि थपिएका छन् ।

‘उपसभामुख भएपछि पार्टीसँग दूरी बढ्यो’

उपसभामुख बनेपछि संवैधानिक व्यवस्थाअनुसार उनको पार्टीगत भूमिका समाप्त भयो । त्यसयता उनलाई राजनीतिक रूपमा केही एक्लोपन महसुस हुन थालेको छ ।

प्रधानन्यायाधीश सिफारिसका विषयमा उनले प्रधानमन्त्री बालेन साहको पक्षमा उभिएको आरोप लागेपछि हर्क साम्पाङ उनीसँग असन्तुष्ट बनेका थिए । सामाजिक सञ्जालमार्फत साम्पाङले “अब रुबीसँग पार्टीको सम्बन्ध नरहेको” संकेत दिएका थिए । त्यसपछि रुबीमाथि सामाजिक सञ्जालमा आलोचना पनि बढ्यो ।

प्रधानन्यायाधीश सिफारिसबारे उनले सामाजिक सञ्जालमा गरेको एउटा टिप्पणी झन् विवादित बन्यो । त्यसमा उनले कृत्रिम बुद्धिमत्ताबाट प्राप्त सामग्री प्रयोग गरेकी थिइन् । आलोचना भएपछि केही घण्टामै त्यो टिप्पणी हटाउनुपर्‍यो ।

यो घटनापछि आफूलाई अनुभवी सल्लाहकार वा निजी सहयोगी आवश्यक परेको महसुस भएको उनी बताउँछिन् ।

‘म सिक्दैछु, गल्ती हुन सक्छ’

उपसभामुख ठाकुर स्वीकार्छिन् आफू अहिले पनि संसदीय अभ्यास, नियम र प्रक्रिया सिक्ने चरणमै रहेकाे उनी बताउँछिन् । “मसँग सुरुमा कुनै अनुभव थिएन,” उनी भन्छिन्, “अहिले नियमावली अध्ययन गरिरहेकी छु । गल्तीबाटै सिकिन्छ ।”

उनका अनुसार अहिले उपसभामुखलाई निजी सचिव वा सल्लाहकार राख्ने सुविधा हटाइएको छ । खर्च कटौती नीति अन्तर्गत यस्तो सुविधा खारेज भएपछि उनी आफैंले एक जना सहयोगी राखेकी छन् ।

‘उपसभामुखको कुर्सीमा बस्दा न्यायाधीशजस्तो महसुस भयो’

रुबीले केही दिनअघि पहिलोपटक प्रतिनिधिसभाको अध्यक्षता गर्ने अवसर पाइन् । त्यो क्षण सम्झिँदा उनी उत्साहित देखिन्छिन् ।  “२७५ जना सांसदको बीचमा बस्दा एकदम गर्व महसुस भयो,” उनी भन्छिन्, “फिल्ममा देखिने न्यायाधीशजस्तो अनुभव भयो ।”  उनी थप्छिन्, “मलाई डर लागेको थिएन । तपाईंहरूले मेरो अनुहारमा डर देख्नुभयो र ?”

‘मैले नसकेको होइन’

पछिल्ला दिनमा सामाजिक सञ्जालमा “उपसभामुखले सदन चलाउन नसकेपछि अर्को सांसदलाई जिम्मेवारी दिइयो” भन्ने चर्चा चलेको थियो । यसले रुबीलाई सबैभन्दा धेरै दुःखी बनाएको रहेछ ।

उनका अनुसार सभामुख डिपी आर्याल केही समय बाहिर जाँदा मात्रै उनी आसनमा बसेकी थिइन् । “सभामुखज्यू शौचालय जानुभएको बेला मलाई माथि बोलाइएको थियो,” उनी भन्छिन्, “उहाँ फर्किएपछि फेरि आफैं बस्नुभयो । मैले एक–दुईपटक बोलेकी पनि हुँ ।”

उनले आफू सदन चलाउन सक्षम रहेको दाबी गरिन् । “म किन सक्दिन ? सक्छु भनेरै यो जिम्मेवारी लिएको हुँ,” उनले भनिन् ।

‘सबैलाई पालैपालो अवसर दिने कुरा भएको हो’

संसद्मा सभामुख र उपसभामुख दुवै अनुपस्थित हुँदा केही सांसदलाई बैठक सञ्चालनको जिम्मेवारी दिइएको हुन्छ । सभामुख अर्यालले सात जना सांसदको सूची बनाएका छन् । हालैको बैठकमा सांसद गंगालक्ष्मी अवलले बैठक सञ्चालन गरेपछि उपसभामुखलाई विश्वास नगरेको हो कि भन्ने चर्चा चलेको थियो । तर रुबी भने यसलाई सामान्य अभ्यास मान्छिन् ।

“सभामुखज्यूले सबैलाई पालैपालो अवसर दिनुपर्छ भन्नुभएको छ,” उनी भन्छिन्, “सबैले सिक्ने मौका पाउनुपर्छ भन्ने कुरा हो ।”

‘देश बिगार्न मिडियाको पनि भूमिका छ’

उपसभामुख ठाकुरको सबैभन्दा ठूलो गुनासो सञ्चारमाध्यमप्रति देखिन्छ । उनका अनुसार आफूले गरेका साना गल्तीलाई ठूलो बनाएर प्रस्तुत गरिएको छ । “राम्रो कुरा नलेख्ने, नराम्रो मात्रै फैलाउने काम भइरहेको छ,” उनी भन्छिन्, “देश बिगार्नमा मिडियाको पनि ठूलो भूमिका छ जस्तो लाग्छ ।”

उनी आफूलाई अझै “विद्यार्थी” कै रूपमा प्रस्तुत गर्छिन् । “म भर्खर सिक्दैछु,” उनी भन्छिन्, “पुराना नेताबाट पनि गल्ती हुन्छ । मलाई पनि सिक्ने समय चाहिन्छ ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending