नवलपरासी पूर्व । नवलपरासी पूर्व (नवलपुरमा) मध्यविन्दु कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव हुने भएको छ । मध्यविन्द नगरपालिकाले वडा सातमा रहेको नवजागरण नमुना माविको रङ्गशालमा यही फागुन २२ गतेदेखि २४ गतेसम्म कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव आयोजना गर्न लागेको हो ।
बिहीबार पालिकाले पत्रकार सम्मेलन गर्दै महोत्सवको बारेमा जानकारी गराएको छ । पत्रकार सम्मेलनमा नगर प्रमुख भिमलाल अधिकारीले नवीनतम कृषि प्रविधि तथा उपकरणहरूको प्रदर्शनी, परम्परागत रैथाने खानाको प्रवर्धन र संरक्षण, कृषक उद्यमी तथा प्राविधिक/अनुसन्धानकर्ता बिच अन्तक्रिया गर्ने अवसर सृजना गर्ने उद्देश्यले प्रदर्शनीको आयोजन गर्न लागिएको जानकारी दिए ।
यस्तै सर्वसाधरणहरूमा कृषि क्षेत्रका नवीनतम प्रविधिहरूको जानकारी पुर्याउन, स्थानीय उत्पादनको बजार प्रवर्धनमा सहयोग पुर्याउनका साथै कृषि बाली तथा पशुपक्षी बिमाबाट कृषकलाई लाभान्वित गराउन र वित्तीय संस्था मार्फत कृषि कर्जाका लागि सहजीकरण गर्न मद्दत पुग्ने अपेक्षा समेत यस कार्यक्रमबाट लिएको नगर प्रमुख अधिकारीले बताए ।
कार्यक्रम अवधिभर आधुनिक कृषि प्रविधि, जैविक कृषि, स्मार्ट कृषि उपकरण, रैथाने बिउबिजन तथा मलको प्रदर्शनी र बिक्री, कृषि विज्ञ सरोकारवालासँग अन्तरसंवाद, विभिन्न भेगका रैथाने परम्परागत परिकारहरूको प्रदर्शनी, स्वाद परीक्षण तथा बिक्री, अन्तर विद्यालय कृषि हाजिरी जवाफ प्रतियोगिता, विभिन्न जातजातिका मौलिक सांस्कृतिक प्रस्तुतिका कार्यक्रम हुने अधिकारीले बताए ।
महोत्सवमा स्थानीय कृषकहरू, कृषि अनुसन्धानकर्ता तथा विद्यार्थी, कृषि प्रविधि तथा खाद्य प्रशोधन उद्यमी, व्यवसायी तथा स्थानीय उत्पादक, सम्बन्धित सङ्घसंस्था र वित्तीय सङ्घसंस्था समेत गरेर २५ हजार जनाले प्रत्यक्ष रूपमा अवलोकन गर्ने अपेक्षा रहेको अधिकारीले बताए ।
प्रदर्शनी सञ्चालन गर्न १८ लाख ५० हजार रुपियाँ खर्च हुने आँकलन गरिएको छ । महोत्सवमा कृषि, प्रविधि तथा रैथाने खानाका लागि स्टल प्रवेशलाई निः शुल्क गरिएको छ भने अन्य केही (होटेल तथा अन्य व्यावसायिक प्रतिष्ठान) स्टलहरूका लागि रकम लिने तयारी गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: