नवलपरासी पूर्व । नवलपरासी पूर्व (नवलपुरमा) मध्यविन्दु कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव हुने भएको छ । मध्यविन्द नगरपालिकाले वडा सातमा रहेको नवजागरण नमुना माविको रङ्गशालमा यही फागुन २२ गतेदेखि २४ गतेसम्म कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव आयोजना गर्न लागेको हो ।
बिहीबार पालिकाले पत्रकार सम्मेलन गर्दै महोत्सवको बारेमा जानकारी गराएको छ । पत्रकार सम्मेलनमा नगर प्रमुख भिमलाल अधिकारीले नवीनतम कृषि प्रविधि तथा उपकरणहरूको प्रदर्शनी, परम्परागत रैथाने खानाको प्रवर्धन र संरक्षण, कृषक उद्यमी तथा प्राविधिक/अनुसन्धानकर्ता बिच अन्तक्रिया गर्ने अवसर सृजना गर्ने उद्देश्यले प्रदर्शनीको आयोजन गर्न लागिएको जानकारी दिए ।
यस्तै सर्वसाधरणहरूमा कृषि क्षेत्रका नवीनतम प्रविधिहरूको जानकारी पुर्याउन, स्थानीय उत्पादनको बजार प्रवर्धनमा सहयोग पुर्याउनका साथै कृषि बाली तथा पशुपक्षी बिमाबाट कृषकलाई लाभान्वित गराउन र वित्तीय संस्था मार्फत कृषि कर्जाका लागि सहजीकरण गर्न मद्दत पुग्ने अपेक्षा समेत यस कार्यक्रमबाट लिएको नगर प्रमुख अधिकारीले बताए ।
कार्यक्रम अवधिभर आधुनिक कृषि प्रविधि, जैविक कृषि, स्मार्ट कृषि उपकरण, रैथाने बिउबिजन तथा मलको प्रदर्शनी र बिक्री, कृषि विज्ञ सरोकारवालासँग अन्तरसंवाद, विभिन्न भेगका रैथाने परम्परागत परिकारहरूको प्रदर्शनी, स्वाद परीक्षण तथा बिक्री, अन्तर विद्यालय कृषि हाजिरी जवाफ प्रतियोगिता, विभिन्न जातजातिका मौलिक सांस्कृतिक प्रस्तुतिका कार्यक्रम हुने अधिकारीले बताए ।
महोत्सवमा स्थानीय कृषकहरू, कृषि अनुसन्धानकर्ता तथा विद्यार्थी, कृषि प्रविधि तथा खाद्य प्रशोधन उद्यमी, व्यवसायी तथा स्थानीय उत्पादक, सम्बन्धित सङ्घसंस्था र वित्तीय सङ्घसंस्था समेत गरेर २५ हजार जनाले प्रत्यक्ष रूपमा अवलोकन गर्ने अपेक्षा रहेको अधिकारीले बताए ।
प्रदर्शनी सञ्चालन गर्न १८ लाख ५० हजार रुपियाँ खर्च हुने आँकलन गरिएको छ । महोत्सवमा कृषि, प्रविधि तथा रैथाने खानाका लागि स्टल प्रवेशलाई निः शुल्क गरिएको छ भने अन्य केही (होटेल तथा अन्य व्यावसायिक प्रतिष्ठान) स्टलहरूका लागि रकम लिने तयारी गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: