काठमाडौं । कवि खगेन्द्र दाहालको शोककाव्य ‘नरमाया’ सार्वजनिक भएको छ । बुधबार महेन्द्र रत्न ताहाचल क्याम्पसमा आयोजित विशेष कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराईले ‘नरमाया’ सार्वजनिक गरेका हुन् ।
पाँचथर स्रष्टा मञ्च, काठमाडौंको आयोजनामा भएको कार्यक्रममालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि भट्टराईले शाश्वत विषयमा लेखेको काव्यले सबैको मन छुने बताए । ‘शाश्वत विषय आमामा आधारित काव्यले लेखक खगेन्द्र दाहाललाई स्थापित गरेको छ । सबैको संवेदनालाई छुनसक्ने गरी काव्य आएको छ ।’’
कृतिमाथि डा. हेम भण्डारीले समीक्षात्मक मन्तव्य राखे । उनले कृतिको समीक्षा गर्दै भने, ‘‘कृतिले पहाड र तराईका आमाको साझा कथा र व्यथालाई समेटेको छ ।’’ उनले काव्यमा आमाको पृष्ठभूमि अझ थपिएको भए राम्रो हुने टिप्पणीसमेत गरे । कार्यक्रकाका सभाध्यक्ष डा. रमेश शुभेच्छुले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै खगेन्द्र दाहालको शोककाव्य उल्लेख्य रहेको बताए ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय भाषा विज्ञान विभागका प्रमुख डा. कर्णाखर खतिवडा, महेन्द्र रत्न क्याम्पस, ताहाचलका प्रमुख गेहेन्द्रप्रसाद दाहाल, ताहाचल क्याम्पस अंग्रेजी विभागका प्रमुख लोकराज भट्टराई, अर्थशास्त्र विभागका प्रमुख लोकराज रेग्मी, हरि समदृष्टि काफ्लेलगायतले लेखकलाई शुभकामना दिए ।
काव्य विमोचन कार्यक्रममा शोककाव्यबाट गीता सापकोटा, देवकुमारी लुइटेल, किशोर गतिशील, रत्नविरही घिमिरेले शोक कविता वाचन गरे । लेखक दाहालले आमाको शोक र उनको सम्झनामा रचना गरिएको काव्यले आफूलाई निरन्तर सिर्जना गर्न प्रेरणा दिएको बताए । आगामी दिनमा सिर्जनाका क्षेत्रमा सक्रिय रहने प्रण गर्दै लेखक दाहालले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिए ।
वि.सं. २०१५ साल फागुन १५ गते पाँचथरमा जन्मेकी नरमाया दाहालको २०८० साल फागुन ३ गते त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो । उनकै निधनमा छोरा दाहालले शोककाव्य लेखेका थिए । दाहालको यसअघि ‘अनुत्तरित प्रश्न’ (२०६१) गजल संग्रह प्रकाशित छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: