काठमाडौं । कवि खगेन्द्र दाहालको शोककाव्य ‘नरमाया’ सार्वजनिक भएको छ । बुधबार महेन्द्र रत्न ताहाचल क्याम्पसमा आयोजित विशेष कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराईले ‘नरमाया’ सार्वजनिक गरेका हुन् ।
पाँचथर स्रष्टा मञ्च, काठमाडौंको आयोजनामा भएको कार्यक्रममालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि भट्टराईले शाश्वत विषयमा लेखेको काव्यले सबैको मन छुने बताए । ‘शाश्वत विषय आमामा आधारित काव्यले लेखक खगेन्द्र दाहाललाई स्थापित गरेको छ । सबैको संवेदनालाई छुनसक्ने गरी काव्य आएको छ ।’’
कृतिमाथि डा. हेम भण्डारीले समीक्षात्मक मन्तव्य राखे । उनले कृतिको समीक्षा गर्दै भने, ‘‘कृतिले पहाड र तराईका आमाको साझा कथा र व्यथालाई समेटेको छ ।’’ उनले काव्यमा आमाको पृष्ठभूमि अझ थपिएको भए राम्रो हुने टिप्पणीसमेत गरे । कार्यक्रकाका सभाध्यक्ष डा. रमेश शुभेच्छुले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै खगेन्द्र दाहालको शोककाव्य उल्लेख्य रहेको बताए ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय भाषा विज्ञान विभागका प्रमुख डा. कर्णाखर खतिवडा, महेन्द्र रत्न क्याम्पस, ताहाचलका प्रमुख गेहेन्द्रप्रसाद दाहाल, ताहाचल क्याम्पस अंग्रेजी विभागका प्रमुख लोकराज भट्टराई, अर्थशास्त्र विभागका प्रमुख लोकराज रेग्मी, हरि समदृष्टि काफ्लेलगायतले लेखकलाई शुभकामना दिए ।
काव्य विमोचन कार्यक्रममा शोककाव्यबाट गीता सापकोटा, देवकुमारी लुइटेल, किशोर गतिशील, रत्नविरही घिमिरेले शोक कविता वाचन गरे । लेखक दाहालले आमाको शोक र उनको सम्झनामा रचना गरिएको काव्यले आफूलाई निरन्तर सिर्जना गर्न प्रेरणा दिएको बताए । आगामी दिनमा सिर्जनाका क्षेत्रमा सक्रिय रहने प्रण गर्दै लेखक दाहालले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिए ।
वि.सं. २०१५ साल फागुन १५ गते पाँचथरमा जन्मेकी नरमाया दाहालको २०८० साल फागुन ३ गते त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो । उनकै निधनमा छोरा दाहालले शोककाव्य लेखेका थिए । दाहालको यसअघि ‘अनुत्तरित प्रश्न’ (२०६१) गजल संग्रह प्रकाशित छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८१ - २०:५९
येरेभान । ऐतिहासिक रूपमा रूस–सहयोगी मुलुकका रूपमा मस्कोको कक्षबाट टाढा हुँदै आर्मेनियाको संसद्ले बुधबार युरोपेली सङ्घ (इयु) को सदस्यता प्रक्रिया सुरु ...
चैत्र १३ गते, २०८१ - २०:४५
काठमाडौं । अर्घाखाँचीमा बस दुर्घटना मृत्यु हुनेकाे संख्या चार पुगेकाे छ । बुधबार अर्घाखाँचीको सुपादेउरालीको दर्शन गरेर फर्किंदै गरेको लु २ ख ३०३ न...
चैत्र १३ गते, २०८१ - २०:११
काठमाडौं । हुम्ला केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु हुम्लाको कालिका रहेको थि...
चैत्र १३ गते, २०८१ - २०:०१
काठमाडौं । फिफा विश्वकप–२०२६ मा स्थान बनाइसकेको साबिक विजेता अर्जेन्टिनाले दक्षिण अमेरिकी छनोट खेलमा बलियो प्रतिद्वन्द्वी ब्राजिलमाथि सानदार जित निकाल...
चैत्र १३ गते, २०८१ - १९:४८
बुटवल । बुटवलमा भएको सडक दुर्घटनामा परी तिलोत्तमा नगरपालिकाका वडा सदस्य रामकृष्ण पाठकको मृत्यु भएको छ । तिलोत्तमा-२ का वडा सदस्य पाठक जानकीनगरबाट बुटव...
चैत्र १३ गते, २०८१ - १९:४२
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ मा बाबुले चलाएको ट्रकले किचेर चारवर्षीया छोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार...
चैत्र १३ गते, २०८१ - १९:३४
अर्घाखाँची । अर्घाखाँचीको शितगंगामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शितगंगा नगरपालिका २, भुवनपाटामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भ...
चैत्र १३ गते, २०८१ - १९:३०
काठमाडौं । प्रहरीले सुन जस्तो देखिने धातुका विभिन्न गहनासहित ४१ वर्षीय दिपेश लाल चित्रकारलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना...
चैत्र १३ गते, २०८१ - १९:२७
चितवन । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले पहिलोपटक मुरली मकै सिफारिसको तयारी गरेको छ । भीमनगर लोकल मुरली मकै सिफारिसको तयारी गरिएको कार्य...
चैत्र १३ गते, २०८१ - १८:४१
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसँग नेपालका लागि जापानका राजदूत तोरु मायदाले शिष्टाचार भेट गरेका छन् । नेपाल सरकारका प्रव...
प्रतिकृया लेख्नुहोस्: