Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

ओखलढुङ्गाकाे खिजिदेम्बामा आदिवासी जनजाती महोत्सव सुरु

खबरडबली संवाददाता

ओखलढुङ्गा । ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकामा आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु भएको छ । बहुलजाती भाषा संस्कार संस्कृति र विविधता हाम्रो पहिचान, समृद्ध खिजिदेम्बा निर्माणका लागि सामुहिक अभियान भन्ने मुल नाराका साथ महोत्सव सुरु गरिएको हो । 

गाउँपालिकामा रहेका आदिवासीहरुको भाषा संस्कार संस्कृतिको प्रवर्द्धन र संरक्षणका लागि महोत्सवको आयोजना गरिएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताए । गाउँपालिकाको आर्थिक सहयोगमा नेपाल आदिवासी जनजाति समन्वय परिषद्को आयोजनामा भएको महोत्सवको नेपाल आदिवासी जनजाति संघिय परिषद अध्यक्ष ग्याल्जेन शेर्पाको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको छ । 

उद्घाटन समारोहमा संविधान सभा सदस्य यज्ञराज सुनुवार, कोशी प्रदेश सांसद प्रदिप कुमार सुनुवार लगायत विभिन्न आदिवासी जनजाति समुदायका अगुवाहरुको उपस्थित रहेको थियो । महोत्सव तीन दिन सम्म सञ्चालन हुने आयोजक समितिका अध्यक्ष कमलकृष्ण घिसिङले बताए । 

महोत्सवमा विभिन्न जातजाति समुदाय विच सांस्कृतिक प्रतियोगिता हुनेअध्यक्ष घिसिङले जानकारी दिए । साथै आदिवासीका मौलिक परिकार, सामाग्रीको प्रदर्शन गरिनेछ छ । गाउँपालिकामा रहेका आदिवासी जनजातिका भाषा, संस्कार र संस्कृति प्रवर्द्धन र जगेर्ना गर्ने योजना निर्माण गरिने आयोजकले जनाएको छ । सुनुवार, शेर्पा, तामाङ, गुरुङ, नेवार, भुजेल समुदायले झाकी प्रदर्शन गरेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरूले प्रभावकारी काम गर्न सक्दैनन्’

काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...

रिपुम गुम्बामा आगालागी

काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...

नव गठित मधेश प्रदेश सरकारको पाँच निर्णय

जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...

एनपिएलकाे दाेस्राे संस्करणमा कर्णाली याक्सको सुखद अन्त्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।  आइतबार कीर्तिपुरस्थित त...

चीनमा सडक दुर्घटनाः ९ जनाको मृत्यु

उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...

अमेरिकी दबाबबीच भेनेजुएलाद्वारा ५,६०० सैनिक थप परिचालन

काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...

गलत बाटाेमा कांग्रेस: संसद् पुनर्स्थापनाको रिट बोकेर सर्वोच्चमा

काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ ।  पार्ट...

इरानमा आर्थिक अपराधमा मृत्युदण्ड, विश्वभर आलोचना

तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...

स्रोत नखुलेको १२ लाख २९ हजार रुपैयाँसहित एक भारतीय पक्राउ

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending