बाँके । बाँके जिल्लामा लक्षित समुहका शतप्रतिशत बालिका र किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँके जिल्लामा १५ दिनमा सम्पन्न गरिएको एचपिभी खोप अभियान अन्तर्गत ३३ हजार ३७५बालिकालाई खोप लगाउने लक्ष्य निर्धारण गरिएकोमा ३२ हजार ९९९ बालिकालाई अर्थात ९९ प्रतिशतलाई खोप लगाइएको छ । उनले सो अभियान अन्तर्गत सबैभन्दा बढी खजुरा गाउँपालिकामा लक्ष्य भन्दा ५७ प्रतिशत बढी बालिकालाई सो खोप लगाइएको बताए । खजुरामा तीन हजार २५३ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा पाँच हजार १०० जनालाई खोप लगाइएको छ ।
सोही प्रकारले नेपालगन्ज उपमहानगरपालिकामा पनि लक्ष्यभन्दा दुई प्रतिशत बढी बालिकालाई खोप लगाईएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले बताए । उनले प्रायजसो खोप अभियानमा पछाडी पर्ने नेपालगन्ज उपमहानगरमा यस पटक एचपिभी खोप उत्साहपूर्ण रुपमा लगाएको देखिएको बताए । प्रमुख शाहीका अनुसार नेपालगन्जमा आठ हजार २६२ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा आठ हजार ४०० जनाले खोप लगाएका छन् ।
यस्तै डुडुवा गाउँपालिकामा पनि लक्ष्यको ९९ प्रतिशत बालिकाले खोप लगाएका छन् भने राप्ती सोनारी गाउँपालिकामा ९७ प्रतिशतले खोप लगाएका छन् । जानकीमा ९० प्रतिशत, बैजनाथमा ८९ प्रतिशत र नरैनापुरमा ८८ प्रतिशत बालिकाले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । सबैभन्दा कम खोप लगाउनेमा कोहलपुर नगरपालिकामा ८३ प्रतिशत बालिकाले खोप लगाएको जनाउँदै जिल्लाका खोप फोकल पर्सन श्रेष्ठले किन यहाँ सबैले खोप लगाएनन् सो बारेमा अनुसन्धान गरिने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - २०:३५
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...
पौष १ गते, २०८२ - २०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...
पौष १ गते, २०८२ - २०:१२
खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...




प्रतिकृया लेख्नुहोस्: