Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

भूमिसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने जसपा नेपालकाे माग

खबरडबली संवाददाता

काठमाडौं । उपेन्द्र यादव नेतृत्वकाे जनता समाजवादी नेपाल (जसपा) ले सरकारले ल्याएकाे भूमिसम्बन्धी अध्यादेश फिर्ता लिनु पर्ने माग राखेकाे छ । भूमिसम्बन्धी अध्यादेश फिर्ता नलिए सरकारले जारी गरेका पाँचवटा अध्यादेशमा पनि जसपा नेपालले समर्थन नगर्ने घाेषाणा गरेकाे छ । 

सरकारले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश, निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी अध्यादेश, सहकारी सम्बन्धी अध्यादेश र भूमिसम्बन्धी अध्यादेश गरि ६ वटा अध्यादेश ल्याएको थियाे । 

ती अध्यादेशहरू अहिले राष्ट्रियसभामा पुगेका छन् । जसपा नेपालकाे सहयाेग सत्तारुढ दलले मागिरहेका छन् । जसपा नेपालसँग राष्ट्रियसभामा ३ जना सांसद छन् । जसपा नेपालले साथ नदिएसम्म राष्ट्रियसभाबाट कुनै पनि अध्यादेश पारित नहुने अवस्थामा छन् । सरकारले जसपा नेपाललाई फकाउने प्रयास जारी राखेकाे छ । 

यता जसपा नेपालले भने भूमि सम्बन्धी अध्यादेशमा आपत्ति जनाउँदै सरकारले फिर्ता लिनुपर्ने शर्त राखेकाे छ । भूमि सम्बन्धी अध्यादेश फिर्ता नलिएसम्म अन्य पाँच वटा अध्यादेशमा पनि सहयोग नगर्ने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवकाे भनाइ छ । 

यादवले भने, ‘भूमि सम्बन्धी अध्यादेशलाई थाती राखेर अरू बाँकी पाँच वटामा समर्थन जनाउनुको कुनै अर्थ रहँदैन । त्यो कानुनको रूपमा कार्यान्वयनमा आइसकेकाले त्यो फिर्ता लिएपछि मात्र अरू अध्यादेशमा सहयोग गर्ने तयारी गर्छाैँ ।’

अध्यादेशकै विषयमा प्रधानमन्त्री केपी शर्मा ओली अहिले विवादमा तानिएका छन् । अध्यक्ष यादवले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिएपछि मात्र अन्य अध्यादेशमा सहयोग गर्ने बताउँदै आएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापामा तीन लाख ५४ हजार मेट्रिकटन धान उत्पादन

झापा । जिल्लामा यो वर्ष तीन लाख ५० हजार मेट्रिकटनभन्दा बढी बर्खे धान उत्पादन भएको छ । जिल्लामा ७२ हजार ७४२ दशमलव ६५ हेक्टरमा खेती हुँदा तीन लाख ५४ हजा...

बाँकेमा रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

बाँके। रासायनिक मलको असन्तुलित प्रयोगले बाँकेमा माटोको अवस्था बिग्रिँदै गएको छ ।  उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिँदा यहाँका माट...

महोत्तरीको बर्दिबास चुरे क्षेत्रमा प्राकृतिक पर्यटनको प्रचुर सम्भावना

महोत्तरी । महोत्तरीको पूर्वपश्चिम लम्बाइमा फैलिएको चुरे क्षेत्र ओगटेको बर्दिबास नगर क्षेत्रको प्राकृतिक पर्यावरण संरक्षण र संवर्द्धनबारे चासो बढेको छ।...

ग्रीसमा १८ आप्रवासी मृत फेला, अनुसन्धान सुरु

ग्रीस । ग्रीसको दक्षिणी तट नजिक क्रेट टापु वरिपरि एक डुङ्गामा १८ आप्रवासी मृत भेटिएका छन् भने दुई जना उद्धार भएका छन् । ग्रीसको सार्वजनिक प्रसारक ई...

पौने तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा पछिल्ला ११ महिनामा दुई लाख ७३ हजार ६४६ विदेशी पर्यटक भित्रिएका छन् ।...

तीन महिनामा अलैँची निर्यात दोब्बरले बढ्यो

काठमाडौं । अलैँचीको निर्यात दोब्बरले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ चार महिनामा (साउन–कात्तिक) तीन अर्ब ९७ करोड ४३ ...

खोटाङमा शिक्षकलाई अब स्थानीय भत्ता

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई स्थानीय भत्ता प्रदान गर्ने निर्णय गरेको छ । शनिबारको कार्यपालिका बैठकले नगर क्षेत्...

निर्धारित समयमा निर्वाचन हुन्छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले सबै दलहरूको सहमति र आमनागरिकको सहभागितामा निर्धारित समयमा निर्वाचन हुने बताएका छन् ।  नेपाल आर्थिक पत्रकार स...

सुनसरीमा धान उत्पादन घट्यो

सुनसरी । बेमौसमी वर्षाका कारण यस वर्ष जिल्लामा धान उत्पादन घटेको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रवीणलाल श्रेष्ठका अनुसार गत वर्ष...

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक बजारमा

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ । शनिबार यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय जनमोर्चा नेपालका महासचिव मनोज भट्टले लेख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending