सुनसरी । सुनसरीको कोशी गाउँपालिकाका एक कृषि फर्ममा बर्डफ्लु रोग फैलिएको पुष्टि भएको छ । हाँस पालन गरिएको कोशी गाउँपालिका ६ तुम्याहीस्थित सप्तकोशी कृषि फर्ममा बर्डफ्लु पुष्टि भएको हाे ।
बर्डफ्लु पुष्टि भएसँगै सो कृषि फर्मलाई केन्द्र मानेर चारकिल्लाभित्रको क्षेत्रमा रोग नियन्त्रणको कार्य अगाडि बनाउन पशुपक्षी मन्त्रालयले मंगलबार पत्राचार गरेको छ । ‘प्रस्तुत विषयमा नेपाल सरकार माननीय मन्त्रीस्तरको मिति २०८१।११।०६ को निर्णय अनुसार बर्डफ्लु नियन्त्रण नियमावली २०७८ को नियम ८ (३) बमोजिम तपसिल बमोजिम उल्लेख भएअनुसार चार किल्लाभित्रको क्षेत्रमा रोग नियन्त्रण कार्य सञ्चालन गर्न आवश्यक समन्वय, सहजीकरणका लागि अनुरोध छ,’ उक्त पत्रमा भनिएको छ ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका कार्यालय प्रमुख डा. मनोजकुमार महतोले बर्डफ्लु भेटिएको पुष्टि गरे । ‘फर्ममा अण्डा पार्ने ५ सयवटा ठुला हाँस रहेछ । ४५० वटा डेढ महिनाको बच्चा हाँस थियो । आजसम्म ठुलो २५० वटा मरिसक्यो । सानो २ सय ५० वटा मरिसक्यो,’ उनले भने ।
उनका अनुसार सो क्षेत्र शिल गरिएको छ । ‘मन्त्रालयले निर्णय गरिसकेको हुनाले हामी अब भोलि त्यहाँ पुगेर बाँकी रहेका हाँस तथा कुखुरा डिस्पोज गर्छौं,’ महताले भने । बर्डफ्लु नियन्त्रण नियमावलीमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बर्डफ्लु नियन्त्रण समिति रहने व्यवस्था छ । उक्त समितिको बैठक बसेर सबै सर्तकर्ता अपनाउने उनले बताए ।
डिस्पोज गर्नका लागि काठमाडौंको विज्ञ टोली पनि आउने उनले बताए । त्यसपछि अन्य वरिपरिका फर्महरुमा पनि नमुना सङ्कलन गरेर परीक्षण गरिने उनको भनाइ छ । माघको अन्तिम सातातिर उक्त फर्ममा धमाधम हाँस मर्न थालेका थिए । तर, बर्डफ्लु भएको आशङ्का गरिएको थिएन । ‘सो फर्ममा केही दिनअगाडिदेखि नै हाँस मर्न थालेको रहेछ । फर्म सञ्चालकले मर्न थालेको तीन, चार दिन पछि मात्रै अस्पताल ल्याउनु भयो । स्थानीय प्राविधिकले उपचार गरेपनि नियन्त्रण नभएपछि अस्पताल ल्याएर आउनु भएको रहेछ । त्यसको चेकजाँच गर्दा पनि सुरुमा बर्डफ्लु देखिएन । तर, रोग नियन्त्रण नभएपछि पिसिआर गरेर नमुना काठमाडौं पठाइएको थियो,’ महतोले भने । केन्द्रीय पशुपक्षी रोग परीक्षण प्रयोगशालामा चेकजाँच गरिएको हो ।
उनका अनुसार गत फागुन २ गते नमुना परीक्षण गरिएको थियो । उक्त नमुना परीक्षणको क्रममा बर्डफ्लु पुष्टि भएको थियो । हाँसमा सुरुमै लक्षण नदेखिने र एकैपटक मर्ने खालको हुने महतो बताउँछन् । ‘संक्रमित हाँस कुखुराको बथानमा पठायो भने संक्रमणको दर भने तीव्र हुन्छ । उक्त फर्ममा एक दर्जनबढी कुखुरा पनि थियो । अहिले २–४ वटा मात्रै छन्,’ उनले भने । उनका अनुसार अण्डा पारिराखेको हाँसले अहिले अण्डा दिन छोडेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १७:२८
संयुक्त राष्ट्र । संयुक्त राष्ट्र महासचिव एंटोनियो गुटेरेसले अष्ट्रेलियाको सिड्नीमा हनुक्का पर्वको अवसरमा भएको आतङ्कवादी घटनाप्रति गहिरो चिन्ता व्यक्त...
मंसिर ३० गते, २०८२ - १७:२६
शेन्जेन । चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीह...
मंसिर ३० गते, २०८२ - १७:२३
पाेखरा । गण्डकी प्रज्ञा प्रतिष्ठान विगत आठ महिनादेखि पदाधिकारीविहीन अवस्थामा छ । यसअघि चार वर्षका लागि नियुक्त पदाधिकारी तथा सदस्यहरूको कार्याकाल गत व...
मंसिर ३० गते, २०८२ - १७:२०
काठमाडाैं । नेकपा एमालेको ११औँ महाधिवेशन औपचारिक रूपमा नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया भए पनि यसको राजनीतिक अर्थ त्यसभन्दा धेरै गहिरो छ । यो महाधिवेश...
मंसिर २९ गते, २०८२ - २०:१७
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...
मंसिर २९ गते, २०८२ - २०:१४
जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...
मंसिर २९ गते, २०८२ - २०:१०
काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...
मंसिर २९ गते, २०८२ - २०:०५
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...
मंसिर २९ गते, २०८२ - २०:०१
काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...




प्रतिकृया लेख्नुहोस्: