Ntc summer Offer
Khabar Dabali ११ चैत्र २०८१ सोमबार | 24th March, 2025 Mon
Investment bank

सुडानमा तीन दिनसम्म चलेको अर्धसैनिक हमलामा २०० भन्दा बढीको मृत्यु

खबरडबली संवाददाता

सुडान । सुडानी अर्धसैनिक बलहरूले देशको दक्षिणका गाउँहरूमा तीन दिनको आक्रमणमा महिला र बालबालिकासहित दुई सयभन्दा बढी व्यक्तिको हत्या गरेको युद्धको निगरानी गर्ने एक वकिल समूहले मङ्गलबार बताएको छ ।

अधिकार उल्लङ्घनको अभिलेखीकरण गर्ने इमर्जेन्सी लयर्सका अनुसार नियमित सेनासँग झन्डै दुई वर्षदेखि युद्धमा फसेको अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) ले ‘ह्वाइट नाइल राज्यको अल–कदारिस र अल–खेलवात गाउँहरूमा कुनै सैन्य उपस्थिति नभएका क्षेत्रहरूमा निहत्था नागरिकहरूमाथि आक्रमण गरेको’ थियो । 

आरएसएफले शनिबारदेखि आक्रमणका क्रममा ‘हत्या, अपहरण, जबरजस्ती बेपत्ता र सम्पत्ति लुटपाट’ गरेको छ, जसमा सयौँ घाइते वा बेपत्ता भएका छन् । वकिल समूहका अनुसार नाइल नदी पार गरेर भाग्ने प्रयास गर्दा केही बासिन्दालाई गोली हानिएको थियो । गाउँलेहरूमाथि भएको आक्रमणलाई ‘नरसंहार’ को कार्य भन्दै वकिलहरूले केही व्यक्तिहरू डुबेर मरेको बताएका छन् ।

सन् २०२३ अप्रिलदेखि सुडान सेना प्रमुख अब्देल फत्ताह अल–बुरहान र उनका पूर्व सहायक आरएसएफ कमान्डर मोहम्मद हमदान डाग्लोका सेनाहरू बीच निर्मम सङ्घर्षमा फसेको छ । दुवै पक्षमाथि दुव्र्यवहार र युद्ध अपराधको आरोप लगाइएको छ । 

युद्धले दशौँ हजारको ज्यान लिएको छ, एक करोड २० लाखभन्दा बढीलाई विस्थापित गरेको छ र इन्टरनेसनल रेस्क्यु कमिटीले अहिलेसम्म अभिलेखित सबैभन्दा ठूलो मानवीय सङ्कट भनेको स्थिति सिर्जना गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मधेस प्रदेशलाई सुपर ओभरमा हराउँदैँ गण्डकी बिजयी

काठमाडौं । गण्डकी प्रदेशले सुपर ओभरमा मधेस प्रदेशलाई पराजित गरेको छ । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा जारी खेलमा मध...

बङ्गलादेशका पूर्वकप्तान तमीम हृदयघातका कारण अस्पताल भर्ना

ढाका । बङ्गलादेशका पूर्व एकदिवसीय क्रिकेट कप्तान तमिम इक्बाललाई घरेलु मैदानमै हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ ।  ढाका प्रिमियर डिभिजन क्रिकेट ...

अछाममा चार वर्षमा ३८ क्षयरोगीको मृत्यु

अछाम । नियमित औषधि नखाँदा अछाममा ३८ जना क्षयरोगीको मृत्यु भएको छ । आर्थिक वर्ष ०७८/७९ देखि ०८१/०८२ सम्ममा ३८ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय अछाम...

हुम्लामा रैथाने बालीको मूल्य निर्धारण

हुम्ला । हुम्ला जिल्लामा उत्पादन हुने रैथाने बालीको मूल्य निर्धारण गरिएको छ । जिल्ला प्राथमिक खरिद समितिको बैठकले चालू आर्थिक वर्षका लागि सात प्रकारका...

नक्कली प्रमाणपत्र मुद्दामा दुईजना दोषी, ९ दिनअघि दायर मुद्दामा फैसला

काठमाडाैं । नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको मुद्दामा दुईजना दोषी ठहर भएका छन् । विशेष अदालतले सोमबार यस्ता दुई मुद्दामा ठहर हुने फैसला गरेक...

अछामबाट जातीय विभेदको आरोपमा दुई पक्राउ

अछाम । अछामबाट जातीय विभेदको आरोपमा प्रहरीले दुई जनालाई  पक्राउ गरेको छ । पन्चदेवल विनायक नगरपालिका-४ का रमेशबहादुर शाही र देवेन्द्र शाहीलाई स्थानीय द...

अबैध १५ करोड ‘नोट काण्ड’ मा मुछिएका दिल्ली अदालतका न्यायधिसमाथि कारवाही

भारत । भारतको सर्वोच्च अदालतको कलेजियमले दिल्ली उच्च न्यायालयका न्यायाधीश यशवंत वर्मालाई इलाहाबाद उच्च अदालतमा फिर्ता पठाउन सिफारिस गरेको छ । भारती...

संक्रमणकालीन न्यायकाे प्रक्रियामा पुनः सिफारिस समिति बन्ने

काठमाडौं । संक्रमणकालीन न्यायकाे प्रक्रियामा पुनः सिफारिस समिति बन्ने भएकाे छ । प्रमुख दलका तीन शीर्ष नेताहरू संक्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउन...

अनधिकृत टहरा हटाउँदा डोजर चालकमाथि ढुङ्गा प्रहार

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं.–७ स्थित कालोपुल क्षेत्रमा टहरा हटाउने क्रममा डोजर चालकमाथि ढुङ्गा प्रहार भएको छ । गुठी संस्थान केन्द्रीय क...

‘आइटि इन्फास्टक्चर’ निर्माणमा केन्द्रीत बजेट आउँछ: मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बजेट बनाउदा ‘आइटि इन्फास्टक्चर’ निर्माणमा जोड दिनुपर्ने बताएका छन् ।  त्रिवर्षीय ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy