Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

सुडानमा तीन दिनसम्म चलेको अर्धसैनिक हमलामा २०० भन्दा बढीको मृत्यु

खबरडबली संवाददाता

सुडान । सुडानी अर्धसैनिक बलहरूले देशको दक्षिणका गाउँहरूमा तीन दिनको आक्रमणमा महिला र बालबालिकासहित दुई सयभन्दा बढी व्यक्तिको हत्या गरेको युद्धको निगरानी गर्ने एक वकिल समूहले मङ्गलबार बताएको छ ।

अधिकार उल्लङ्घनको अभिलेखीकरण गर्ने इमर्जेन्सी लयर्सका अनुसार नियमित सेनासँग झन्डै दुई वर्षदेखि युद्धमा फसेको अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) ले ‘ह्वाइट नाइल राज्यको अल–कदारिस र अल–खेलवात गाउँहरूमा कुनै सैन्य उपस्थिति नभएका क्षेत्रहरूमा निहत्था नागरिकहरूमाथि आक्रमण गरेको’ थियो । 

आरएसएफले शनिबारदेखि आक्रमणका क्रममा ‘हत्या, अपहरण, जबरजस्ती बेपत्ता र सम्पत्ति लुटपाट’ गरेको छ, जसमा सयौँ घाइते वा बेपत्ता भएका छन् । वकिल समूहका अनुसार नाइल नदी पार गरेर भाग्ने प्रयास गर्दा केही बासिन्दालाई गोली हानिएको थियो । गाउँलेहरूमाथि भएको आक्रमणलाई ‘नरसंहार’ को कार्य भन्दै वकिलहरूले केही व्यक्तिहरू डुबेर मरेको बताएका छन् ।

सन् २०२३ अप्रिलदेखि सुडान सेना प्रमुख अब्देल फत्ताह अल–बुरहान र उनका पूर्व सहायक आरएसएफ कमान्डर मोहम्मद हमदान डाग्लोका सेनाहरू बीच निर्मम सङ्घर्षमा फसेको छ । दुवै पक्षमाथि दुव्र्यवहार र युद्ध अपराधको आरोप लगाइएको छ । 

युद्धले दशौँ हजारको ज्यान लिएको छ, एक करोड २० लाखभन्दा बढीलाई विस्थापित गरेको छ र इन्टरनेसनल रेस्क्यु कमिटीले अहिलेसम्म अभिलेखित सबैभन्दा ठूलो मानवीय सङ्कट भनेको स्थिति सिर्जना गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: