Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

लेबनानबाट इजरायली सेनाको फिर्तीको समयसीमा समाप्त

खबरडबली संवाददाता

बेरुत । इजरायलले पाँचवटा रणनीतिक स्थानमा रहने योजना बनाएको केही घन्टापछि हिजबुल्लाहसँगको युद्धविराम सम्झौताअन्तर्गत दक्षिण लेबनानबाट सबै इजरायली सैनिकहरू बाहिर निस्कनुपर्ने समयसीमा मङ्गलबार समाप्त भएको छ । 

लेबनानी सुरक्षा अधिकारीका अनुसार इजरायली सैनिकहरूले सोमबारदेखि केही सीमावर्ती गाउँबाट फिर्ता हुन थालेका थिए, तर उनीहरू प्रमुख क्षेत्रहरूमा रहने दृष्टिकोण देखिन्थ्यो । “लेबनानी सेना अघि बढ्दै गर्दा इजरायली बलहरूले मैस अल–जबाल र ब्लिदा सहित सीमावर्ती गाउँहरूबाट फिर्ता हुन थालेका छन्”, संवेदनशील मामिलाहरूबारे छलफल गर्न नाम नछाप्न अनुरोध गर्दै ती अधिकारीले भने । 

हिजबुल्लाहको गढ मानिने दक्षिण र पूर्वी लेबनान तथा दक्षिण बेरुतमा दुई महिनाको पूर्ण युद्ध र गाजा द्वन्द्वका कारण हिजबुल्लाहले शुरु गरेको एक वर्षको सीमा पार गतिविधिहरूका कारण भारी विनाश भएको थियो । अधिकारीहरूका अनुसार पुनर्निर्माण लागत चार खर्ब १० अर्ब डलरभन्दा बढी पुग्नसक्ने अनुमान छ भने संयुक्त राष्ट्रसङ्घको आँकडाअनुसार एक लाखभन्दा बढी मानिस अझै आन्तरिक रूपमा विस्थापित छन् । 

विनाशका बावजुद हजारौँले नोभेम्बर २७ को युद्धविरामदेखि घर फर्कन, उनीहरूको सम्पत्तिको निरीक्षण गर्न र केही अवस्थामा भग्नावशेषमुनि मृतकहरूको खोजी गर्न उत्सुकतापूर्वक पर्खिरहेका छन् । “मेरो घरको अगाडि, मेरो गुलाबको नजिकै बसेर बिहानको कफी पिउन मैले धेरै याद गरेकी छु”, डेढ वर्षभन्दा बढी विस्थापनपछि आफ्नो सीमावर्ती गाउँ फर्कने योजना बनाइरहेकी ६० वर्षकी फातिमा सुकेरले भने, “मैले मैस अल–जबलका सबै कुरा याद गर्छु, म मेरा छिमेकीहरूलाई याद गर्छु । हामी अलग भएका थियौँ र उनीहरू कहाँ गए मलाई थाहा छैन ।”

मैस अल–जबलको नगरपालिकासहित धेरै सीमावर्ती सहर र गाउँहरूले विस्थापित बासिन्दाहरूलाई उनीहरूको ‘सुरक्षित’ फिर्ती सुनिश्चित गर्न त्यहाँ फर्कनु अघि लेबनानी सेना तैनाथ गर्न पर्खन आह्वान गरेका छन् । लेबनानी टेलिभिजन च्यानल एलबिसीआईले मङ्गलबार देशको सेना मैस अल–जबल, ब्लिडा, यारौन, मारौन र महबिबमा रातारात सरेको रिपोर्ट गरेको छ । 

हराएका युवाहरू

वासिङ्टन र पेरिसको मध्यस्थतामा भएको युद्धविरामअन्तर्गत इजरायली सेना ६० दिनको अवधिमा फिर्ता हुँदै गर्दा लेबनानको सेना संयुक्त राष्ट्र शान्ति सैनिकहरूसँग तैनाथ हुनुपर्ने थियो । यो अवधि फेब्रुअरी १८ सम्म विस्तार गरिएको थियो । हिजबुल्लाहले सीमाबाट करिब ३० किलोमिटर टाढा रहेको लिटानी नदीको उत्तरतिर फर्किने र त्यहाँ बाँकी रहेको सैन्य पूर्वाधारहरू विघटन पार्ने थियो । 

समयसीमाभन्दा केही घन्टाअघि इजरायली सेनाले सोमबार ‘हाम्रा बासिन्दाहरूको रक्षा गर्न र त्यहाँ कुनै तत्काल खतरा छैन भनेर सुनिश्चित गर्न’ का लागि साझा सिमानाको लम्बाइमा अस्थायी रूपमा ‘पाँच रणनीतिक विन्दुमा’ रहने बताएको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आइतबार इजरायलले युद्धविराम ‘लागु’ गर्न आफूले गर्नुपर्ने सबै कुरा गर्ने बताएका थिए । “हिजबुल्लाहलाई निःशस्त्र बनाउनुपर्छ”, उनले भने । 

लेबनानी अधिकारीहरूले फिर्ता अवधिको कुनै पनि विस्तारलाई अस्वीकार गरेका छन् र सम्झौताका प्रायोजकहरूलाई इजरायललाई हट्न दबाब दिन आग्रह गरेका छन् । इजरायली सैनिकहरू अझै पनि दक्षिण–पूर्वी लेबनानका केही गाउँ र सहरहरूमा उपस्थित छन् । 

“हाम्रा घरहरू ध्वस्त भएका छन् र हामीले युवाहरू गुमाएका छौँ भन्ने तथ्यका बाबजुद हामी हाम्रो सहरमा जान्छौँ र फेरि खुसी हुनेछौँ”, सुकेरले भने । सोमबार मानव अधिकार वाचका रामजी कैसले रामजी कैसले ‘इजरायलले नागरिक घरहरू र पूर्वाधारहरू जानाजानी ध्वस्त पारेको’ भन्दै ‘धेरै बासिन्दा फर्कन असम्भव बनाइरहेको’ बताए । स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२३ अक्टोबरमा सीमापार शत्रुताहरू सुरु भएदेखि लेबनानमा चार हजारभन्दा बढी मानिस मारिएका छन् । 

आधिकारिक आँकडामा आधारित एएफपीको तथ्याङ्क अनुसार सीमाको इजरायली पक्षमा सैनिकहरू सहित ७८ जना मारिएका छन् र स्थलगत आक्रमणका क्रममा दक्षिणी लेबनानमा थप ५६ सैनिक मारिएका छन् । युद्धविराम सुरु भएयता लगभग ६० जना मारिएको बताइएको छ । तीमध्ये दुई दर्जन प्रारम्भिक फिर्ती समयसीमामा बासिन्दाहरूले सीमावर्ती सहरहरूमा फर्कने प्रयास गर्दा जनवरी २६ मा मारिएका थिए । 

सोमबार साँझ लेबनानको सरकारले हिजबुल्लाहको शस्त्रागारमा हलुका बनाउँदा सन्देशमा राज्यलाई हतियारको एकमात्र वाहक बनाउनुपर्ने बताएको छ । समूहलाई कमजोर बनाएको युद्धको अन्त्यपछि इरान समर्थित समूहको निःशस्त्रीकरणका लागि आह्वान धेरै गुणा बढेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फागुन २१ को निर्वाचन निष्पक्ष र धाँधलीरहित गराउन राष्ट्रिय सभाका अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...

चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक प्रयोगात्मक अन्तरिक्ष यान प्रक्षेपण

जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...

बर्लिन वार्ताअघि संवादका लागि तयार छु : जेलेन्स्की

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...

पाँचथरमा हजुरबाको छुरा प्रहारले नातिकाे मृत्यु

पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ ।  पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...

एमाले महाधिवेशनः निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।  जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending