Khabar Dabali ३ जेष्ठ २०८३ आईतवार | 17th May, 2026 Sun
Investment bank

सौर्यजहाज दुर्घटना सम्बन्धमा संसद्को विशेष चासो, बन्याे छानबिन समिति

खबरडबली संवाददाता

काठमाडौं । सौर्य जहाज दुर्घटनाका विषयमा छानबिन गर्न संसद्ले चासो देखाएका छन् । संसदको राज्यव्यवस्था र सुशासन समितीले उक्त दुर्घटना परेको निवेदन उपर छानबिन गर्न सांसद राजेन्द्रप्रसाद पाण्डेको संयोजकत्वमा उपसमिति गठन गरी विशेष चासो देखाएका हुन् ।

आइतबार गठित उपसमितिका सांसद सदस्यहरूमा सरिता प्रसाई, चन्दा कार्की, दुर्गा राई र मेनका कुमारी पोखरेल रहेको सभापति रामहरि खतिवडाले जानकारी दिए । उपसमितिलाई घटनाका सम्बन्धमा परेको उजुरीको छानबिन गरी कारबाहिको सिफारिस गर्ने अधिकार प्रदान गरिएको सभापति खतिवडाले जानकारी गराए । 

घटनाका सम्बन्धमा सौर्य जहाज दुर्घटनामा छोरी, ज्वाँई र नाति गुमाएका पत्रकार प्रकाश खतिवडाले समितिमा दुई महिना अघि नै उजुरी गरे पनि बल्ल उपसमिति बनेको हो । उजुरीमा खतिवडाले सौर्य जहाज घटना दुर्घटना नभई गम्भिर अपराध भएको आरोप लगाएका छन् । 

उजुरीमा सौर्य एयरलाईन्सको व्यवस्थापन पक्षले १२ वर्षदेखि उर्जा मन्त्रालयमा कार्यरत छोरी प्रिजा खतिवडा र ४ वर्षे नाति अधिराज शर्मालाई फर्जी कागजात तयार गरी एयरलाईन्सको कर्मचारी बनाएर गैरकानूनी हर्कतगरेको दाबी गरिरहेका छन् ।

दुर्घटना भएको जहाजको उडान नै गैर कानुनी रहेको, गैर व्यावसायिक ५ जनामात्र बोक्न पाउने ‘ फेरी’ उडानमा १८ जना बोकेर उनीहरुको ज्यान लिएको, सरकारी जाँच आयोग बिधि मिचेर बनाइएको, आयोगले एयरलाईन्सको आर्थिक चलखेलमा नियोजित प्रतिवेदन तयार पारी घटनाका दोषिलाई उन्मुक्ति दिने प्रपन्च रचेको आरोप लगाइएको छ ।

घटनाका सम्बन्धमा पीडित परिवारको तर्फबाट न्यायका लागि सौर्य एयरलाईन्स, नेपाल नागरी उड्यन प्राधिकरण, प्रभु इन्सुरेन्स, नेपाल विमा प्रधिकरण, सस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री र  प्रधानमन्त्री तथा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितीमा समेत उजुरी दिदा पनि बेलैमा सम्बोधन नगरेर राज्यव्यस्था र सुशासनको खिल्ली उडाएकोले थाको नपाएकोले संसदको राज्यव्यवस्था र शुशासन समिती गुहार्न बाध्य भएको उजुरीपत्रमा उल्लेख गरेका छन् । 

खतिवडा भन्छन, ‘एयरलाईन्स कम्पनी र सरकारी निकायले कानुनको पालना मात्र गरेको भए मैले मेरा तीन सन्तति गुमाउनु पर्ने थिएन ।’ सौर्य एयरलाईन्सको जहाज गत साउन ९ गते त्रिभुवन अन्तर्राट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटनामा खतिवडाको छोरी ज्वाँई र नातिसहित १८ जनाको ज्यान गएको थियो । उक्त दुर्घटनामा पाईलट मनिष शाक्य भने बाँच्न सफल भएका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending