काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद बिन्दवासिनी कंसाकारले नेपालमा आगलागीको घटना बढिरहेको बताएको छिन ।
आइतबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर बोल्दै उनले नेपालमा आगलागीको घटना बढिरहेको भन्दै उनले सरकारले पूर्व तयारीमा ध्यान दिनुपर्ने बताइन् ।
हिजो शनिबार पोखरामा बेलुुन पड्किएर त्यसको जलनबाट उपप्रधन तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य प्रभावित भएको बताइन् । सांसद कंसाकारले दुवैको स्वास्थ्य लाभको कामना गरिन् ।
सांसद कंसाकारले काठमाडौंकै कमलपोखरी स्थित शानदार मम सेन्टरमा आगलानी भएको पनि स्मरण गरिन् । उक्त आगलागीबाट पीडित भएकाको उद्धारका लागि एम्बुलेन्स नपाएर गाडीको हुटमा राखेर उद्धार गरिएको बताइन् ।
‘तर, अस्ति भर्खर शान्दार मममा ग्याँस विस्फोट हुँदा, सर्वसाधारण जल्दा एम्बुलेन्स नपाएर गाडीको हुटमा उद्धार गर्नुपर्ने अवस्था सिर्जना भएको थियो । आज मन्त्रीज्यु र मेयरज्युलाई हेलिकप्टरबाट उद्धार गरिएको छ,’ सांसद कंसाकारले भनिन् ।सिमित हुन पुगेको उनको भनाइ छ ।
जलन जसलाई जहाँ जुन बेला पनि हुन सक्ने र यसले ठूलो मान्छे र जो पनि पीडित हुन सक्ने, ज्यान जान सक्ने र अपांगता हुन सक्ने उनले बताइन् । यही आवश्यकता महसुस गरेर आफूले संसद्मा गैरसरकारी विधेयक दर्ता गरेको पनि उनले स्मरण गरिन् ।
जलनै कारण नेपालमा बार्षिक ६० हजार देखि ६५ हजार नागरिक जल्ने गरेको तथ्याङ्क रहेको उल्लेख गर्दै उनले आफूले ल्याएको विधेयक पारित गरे क्षेति न्युनीकरण गर्नमा मद्दत पुग्ने बताइन् ।‘जलन विधेयक पारित गरौं । जलन उपचार केन्द्र स्थापना गरौं र आवश्यक स्रोत साधन, दक्ष जनशक्ति तथा आपतकालिन उद्धार प्रणालीमा नेपाल सरकारको ध्यानाकर्षण होस्’ उनले भनिन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३० गते, २०८३ - १४:१५
कोलम्बिाया। कोलम्बियामा गत सोमबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या २८७ पुग्नुका साथै करिब ४०० जना अझै बेपत्ता रहेको जनाइएको छ । कोल...
श्रावण ३० गते, २०८३ - १३:५४
बाजुरा । बाजुराका नौवटै स्थानीय तहका ९३ गाउँबस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको पाइएको छ। तीमध्ये ४९ बस्ती तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुप...
श्रावण ३० गते, २०८३ - १३:३९
काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा आजदेखि बन्दसत्र सुरु भएको छ। काठमाडौंको सुकेधारास्थित मिराकल प्यालेसमा जारी भेला...
श्रावण ३० गते, २०८३ - १३:१४
काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव बढेपछि नेपाल आयल निगमले काठमाडौंका पाँच स्थानबाट विशेष रूपमा ग्यास बिक्री वितरण सुरु गरेको छ। ग्यासको अभाव...
श्रावण ३० गते, २०८३ - १२:४३
मुस्ताङ। प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो लागेको छ । गत असार मसान्तसम्ममा मन्दिरको आम्दानी सञ्चय गरिएको मुक्तिनाथ विकास सम...
श्रावण ३० गते, २०८३ - १२:२०
काभ्रेपलाञ्चोक । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस अचानक गुडेर इभी भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ...
श्रावण ३० गते, २०८३ - १२:००
काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा सडकछेउमा रोकिएको बस आफैं गुडेर अर्को सवारीलाई ठक्कर दिँदा बस र इभी भ्यान सडकबाट करिब ३०–४० मि...
श्रावण ३० गते, २०८३ - ११:४७
तनहुँ। सङ्घ र प्रदेश सरकार मातहतका पूर्वाधार आयोजनाहरूमा रोक्का भएको बजेट समयमै फुकुवा नहुँदा जिल्लामा सञ्चालित विकास निर्माणका काम प्रभावित बनेका छन्...
श्रावण ३० गते, २०८३ - ११:३०
म्याद सकिएको लाइसेन्सदेखि नक्कली उपाधिसम्म
श्रावण ३० गते, २०८३ - ११:१३
नारायणगढ। शुक्रबार राति नारायणगढमा भएको झडपमा चार जना घाइते भएका छन्। भरतपुर महानगरपालिका–३, लायन्सचोकस्थित फायर क्लबमा राति १:२० बजे दुई समूहबिच झैझग...



प्रतिकृया लेख्नुहोस्: