Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिमा सभापति निर्विरोध

खबरडबली संवाददाता

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिका सभापति निर्विरोध भएका छन् । सभापतिको मनोनयनका लागि शनिबार दिउँसो चार बजेसम्म निर्धारित अवधिभित्र एक/एकजनाको मात्र उम्मेदवारी परेको हो । 

प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूबिच समिति सभापतिमा भागबन्डा भएपछि निर्विरोध हुने अवस्था बनेको हो । सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र अक्कलबहादुर रावलले उम्मेदवारी दर्ता गरेका छन् । उनी माओवादी संसदीय दलका उपनेता हुन् ।

सामाजिक विकास समितिको सभापतिमा नेकपा एमालेका धर्मराज पाठक र अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका नेता घनश्याम चौधरीले उम्मेदवारी दर्ता गरेका प्रदेश सभा सचिवालयले जनाएको छ । दलहरूबिच भागबन्डा मिलाउन गठन गरिएको विशेष समितिको सभापतिका लागि नेपाली कांग्रेसका तुलसी देवकोटाले उम्मेदवारी दिएकी छिन् । यसअघि सत्तारूढ कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीबिच सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षीलाई दिने र बाँकी तीन समितिको नेतृत्व तीनै दलले एक/एकवटा लिने सहमति भएको थियो ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले चारवटै समितिको सभापतिका लागि एक/एकजनाको मात्र उम्मेदवारी परेको उल्लेख गर्दै निर्विरोध भएको घोषणा सम्बन्धित समितिको बैठकले आइतबार गर्ने जानकारी दिए । उम्मेदवारविरुद्ध दाबीविरोधको प्रकृया पूरा भएपछि आइतबार मध्यान्ह्र १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

सबै समितिमा एकल उम्मेदवारी परेकाले निर्वाचनको दाबीविरोध लगायत प्रकृया पूरा भएपछि दिउँसो १ बजे बस्ने सम्बन्धित समितिका बैठकले सभापति निर्विरोध भएको घोषणा गर्ने सूचना अधिकारी जैसीले बताए । सभापति मन्त्री बनेपछि अर्थविकास समिति गत वर्ष फागुनबाट र सार्वजनिक लेखा तथा सामाजिक विकास गत जेठदेखि नेतृत्वविहीन थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending