जर्मनी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी उपराष्ट्रपतिसँगको भेटमा आफूले युक्रेनको ‘सुरक्षा ग्यारेन्टी’ मागेको बताएका छन् ।
मस्कोसँग युद्धविराम सम्झौताका लागि ट्रम्प प्रशासनको प्रयासबारे छलफल गर्ने क्रममा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युक्रेनको ‘सुरक्षा ग्यारेन्टी’ मागेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमलाई बताए ।
जेलेन्स्कीले अमेरिकी उपराष्ट्रपति जेडी भान्ससमेत सहभागी म्युनिख सुरक्षा सम्मेलनमा तीन वर्षे युक्रेन युद्धलाई समाप्त गर्ने वासिङ्टनको प्रयासमा किनारा नलगाइयोस् भनेर सुनिश्चित गर्ने युक्रेनी प्रयासलाई प्रस्तुत गरे ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता रुसी नेता भ्लादिमिर पुटिनसँग युद्धविराम वार्ता सुरु गर्न चाँडै नै भेट्ने घोषणा गरेपछि यसले युक्रेनका लागि अमेरिकी समर्थनको यथास्थितिलाई लिएर अमेरिकाका मित्रराष्ट्रहरूलाई स्तब्ध पारेको छ ।
म्युनिखमा पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले युद्धको अन्त्य हुनुअघि ह्वाइट हाउससँग ‘थप कुरा’ गर्नुपर्ने आवश्यकतामा जोड दिए । “हामी शान्ति चाहन्छौं तर हामीलाई वास्तविक सुरक्षा ग्यारेन्टी चाहिएको छ,” भान्ससँगको पहिलो भेटपछि उनले भने ।
जेलेन्स्कीको चिन्ता अमेरिकी सञ्चारमाध्यम एनबिसीसँगको अन्तर्वार्ताको पूर्वावलोकनमा पनि प्रदर्शित भएको थियो, जसमा भनिएको थियो, “संयुक्त राज्य अमेरिकाको समर्थन बिना युक्रेनको स्वतन्त्र अस्तित्वका साथ बाँच्नका लागि निकै कम मौका हुनेछ ।” यसबिच भान्सले जेलेन्स्कीसँग ‘राम्रो कुराकानी’ भएको बताएकाे बताएका छन् । युद्धको अन्त्य गर्ने अमेरिकी ट्रम्प प्रशासनको लक्ष्यलाई स्वीकार गरे ।
“हामी पूर्वी युरोप दुई वर्षपछि द्वन्द्वमा फस्ने खालको शान्ति नभई स्थायी तथा दिगो शान्ति हासिल गर्न चाहन्छौं,”भान्सले भने । जेलेन्स्कीले एक्समा उल्लेख गरे अनुसार युत्रविराम र शान्ति वार्ताबारे थप छलफलका लागि वासिङ्टनबाट एक जना दूतले किएभको भ्रमण गरे ।
उनले लेखेका छन्, “हामी वास्तविक र प्रत्याभूत शान्तितर्फ जतिसक्दो चाँडो अघि बढ्न तयार छौँ ।” युक्रेनी नेताले पुटिनको ९० मिनेट लामो फोन वार्तापछि यसै साता ट्रम्पसँग भएको फोन वार्ता ‘सुखद नभएको’ बताएका थिए ।
अमेरिकी अधिकारीहरूले रुसको आक्रमणसँग लडिरहेको तीन वर्षपछि युक्रेनलाई चिसोमा नछोड्ने बताएका छन् । म्यूनिख बैठकअघि भान्सले संयुक्त राज्य अमेरिका रुसलाई दबाब दिन तयार रहेको बताउँदै युरोप ‘निश्चित रूपमा’ टेबलमा रहनुपर्ने बताए ।
उनले युरोपलाई आफ्नो प्रतिरक्षालाई मजबुत बनाउन र वासिङ्टनलाई विश्वका अन्य देशहरूमा खतराहरूमा ध्यान केन्द्रित गर्न अनुमति दिन पनि आग्रह गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - २०:१४
पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...
पौष ५ गते, २०८२ - २०:०६
उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ। गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...
पौष ५ गते, २०८२ - २०:०४
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...
पौष ५ गते, २०८२ - १९:५७
काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...
पौष ५ गते, २०८२ - १९:४५
लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...
पौष ५ गते, २०८२ - १९:४२
बाँके । बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...
पौष ५ गते, २०८२ - १९:३८
अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...
पौष ५ गते, २०८२ - १९:३६
म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...
पौष ५ गते, २०८२ - १९:३३
कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...
पौष ५ गते, २०८२ - १९:३१
टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...




प्रतिकृया लेख्नुहोस्: